सप्तरीमा गोली चल्यो, स्थानीय र प्रहरीबीच झडप

Abhiyanpost Abhiyanpost
|
मंगलबार, भाद्र ७, २०७९
|
|
३१ पटक हेरिएको
Shares
सप्तरीमा गोली चल्यो, स्थानीय र प्रहरीबीच  झडप

सारांश

  • सप्तरी  ।
  • सप्तरीमा स्थानीय र प्रहरीबीच झडप भएको छ ।
  • झडपमा क्रममा प्रहरी ३ राउण्ड गोली समेत चलाएको छ ।

सप्तरी  । सप्तरीमा स्थानीय र प्रहरीबीच झडप भएको छ । झडपमा क्रममा प्रहरी ३ राउण्ड गोली समेत चलाएको छ । सप्तरीको बलान विहुल गाउँपालिका–४ बेल्हीमा मंगलबार अपराह्न स्थानीय र सुरक्षाकर्मीबीच झडप हुँदा प्रहरीले ३ राउन्ड गोली चलाएको हो।

तस्करी गरेर ल्याइएको समान बरामद गर्ने क्रममा स्थानीय र प्रहरीबीच झडप भएको हुँदा स्थितिलाई नियन्त्रणमा लिन हवाइ फायर गरेको सप्तरीका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिएका छन्। उनका अनुसार कुनै अप्रिय घटना हुन नदिन प्रहरीले ३ राउण्ड हवाइ फायर गरेको हो ।

घर खानतलासी गर्न पुगेका प्रहरीलाई अवरोध पुर्‍याएपछि विवाद सुरु भएको थियो । विवाद बढ्दै जाँदा प्रहरी र स्थानीयबीच दोहोरो झडप भएको थियो ।

झडपमा परेर केही प्रहरी र स्थानीय घाइते भएका प्रहरी प्रवक्ता काफ्लेले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?