एकीकृत घुम्ती शिविर

Abhiyanpost Abhiyanpost
|
शनिबार, फाल्गुन ४, २०७५
|
|
४९ पटक हेरिएको
Shares
एकीकृत घुम्ती शिविर

सारांश

  • भक्तपुर, ४ फागुन, सरकारले घरदैलोमै सरकारी सेवा पु¥याउन शुरु गरेको अभियानअन्तर्गत सूर्यविनायक नगरपालिका–७ गुण्डुमा बृहत घुम्ती सेवा सम्पन्न भएको छ ।
  • जिल्लाका सबै सरकारी कार्यालयबाट जनतालाई दिने सबै सेवा एकै पटक एउटै थलोबाट प्रवाह गर्ने गरी भएको घुम्ती शिविरको सांसद महेश बस्नेत र सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले स्वास्थ्य परीक्षण गरी उद्घाटन गर्नुभयो ।
  • सांसद बस्नेतले सरकार गठन भएको एक वर्षमा भक्तपुरको विकास तीव्रगतिमा अगाडि बढेको चर्चा गर्दै उहाँले घुम्ती शिविरलाई अब चार वटै नगरपालिकामा पु¥याउने बताउनुभयो ।

भक्तपुर, ४ फागुन, सरकारले घरदैलोमै सरकारी सेवा पु¥याउन शुरु गरेको अभियानअन्तर्गत सूर्यविनायक नगरपालिका–७ गुण्डुमा बृहत घुम्ती सेवा सम्पन्न भएको छ ।
जिल्लाका सबै सरकारी कार्यालयबाट जनतालाई दिने सबै सेवा एकै पटक एउटै थलोबाट प्रवाह गर्ने गरी भएको घुम्ती शिविरको सांसद महेश बस्नेत र सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले स्वास्थ्य परीक्षण गरी उद्घाटन गर्नुभयो ।

सांसद बस्नेतले सरकार गठन भएको एक वर्षमा भक्तपुरको विकास तीव्रगतिमा अगाडि बढेको चर्चा गर्दै उहाँले घुम्ती शिविरलाई अब चार वटै नगरपालिकामा पु¥याउने बताउनुभयो ।

सूर्यविनायक नगरपालिका प्रमुख वासुदेव थापाले गाउँगाउँमा सिंहदरबार भन्ने सरकारको अभियान भक्तपुरमा शुरु भएको बताउनुहुँदै यो अभियानलाई नगरपालिकाको प्रत्येक वडामा पु¥याइने बताउनुभयो । शिविरमा निःशुल्क स्वास्थ्य शिविर, स्वास्थ्यका विशेषज्ञ सेवा, निःशुल्क औषधि वितरण, जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने नागरिकता, राहदानी, नाबालक परिचयपत्र, आदिवासी जनजाति प्रमाणपत्रको वितरणलगायतका सेवाप्रदान गरिएको थियो ।

घुम्ती शिविरमा बिरुवा वितरण, जनचेतनामूलक कार्यक्रम, खानेपानीको शुद्धता परीक्षण, फोटोसहितको मतदाता नामावली सङ्कलन, उद्योग दर्ता, अपाङगता भएका व्यक्ति, एकल महिला, विद्यार्थी, भूकम्पपीडितलाई निःशुल्क सिमकार्ड वितरण, भूकम्पपीडितको गुनासो व्यवस्थापनलगायतका सेवा प्रदान गरिएको सूर्यविनायक नगरपालिका–७ गुण्डुका वडाध्यक्ष रविन्द्र सापकोटाले बताउनुभयो ।

त्यस्तै सामाजिक सुरक्षाभत्ता वितरण, ज्येष्ठ नागरिक परिचयपत्र वितरण, अपाङ्गता परिचयपत्र, नक्सापास, भवन निर्माण सम्पन्न प्रमाणपत्र, अभिलेखीकरण, पशुको गोवर परीक्षण, नाम्लेको औषधि वितरण व्यवसाय दर्ता, कृषि बीउबिजन वितरण प्राविधिक सल्लाहलगायतका सेवा प्रदान गरिएको थियो ।

त्यसैगरी जिल्ला समन्वय समितिले सञ्चालन गर्दै आएको एम्बुलेन्स शुक्रबार सूर्यविनायक नगरपालिका–७ गुण्डुलाई हस्तान्तरण गरिएको छ । प्रमुख जिल्ला अधिकारी नारायण भट्ट र जिसस प्रमुख नवराज गेलालले जिससले सञ्चालन गर्दै आएको एम्बुलेन्स अबदेखि गुण्डु वडा कार्यालयले सञ्चालन गर्ने गरी हस्तान्तरण गर्नुभएको हो । एम्बुलेन्स हस्तान्तरणसँगै गुण्डु र आसपासका बासिन्दालाई सहज सेवा पुग्ने भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालको विदेश नीति र  अन्तर्राष्ट्रिय सम्बन्धको को मुख्य आधार राष्ट्रिय हित : प्रदीपकुमार ज्ञवाली
नेपालको विदेश नीति र अन्तर्राष्ट्रिय सम्बन्धको को मुख्य आधार राष्ट्रिय हित : प्रदीपकुमार ज्ञवाली
यो घरमा सुन तस्करलाई यसरी दिइन्थ्यो तस्करी तालिम !
यो घरमा सुन तस्करलाई यसरी दिइन्थ्यो तस्करी तालिम !
काठमाडौमा यसरी चल्ने भो मेट्रो रेल
काठमाडौमा यसरी चल्ने भो मेट्रो रेल
टोपबहादुर रायमाझीका छोरा सन्दीप बुटवलबाट पक्राउ
टोपबहादुर रायमाझीका छोरा सन्दीप बुटवलबाट पक्राउ
परीक्षामा दिएको उत्तरका कारण स्कुलबाटै निकालिइन यि  १४ वर्षकी छात्रा
परीक्षामा दिएको उत्तरका कारण स्कुलबाटै निकालिइन यि १४ वर्षकी छात्रा
New York terror attack: Eight killed by man driving truck
New York terror attack: Eight killed by man driving truck
सङ्घीय निजामती ऐन सरकारको प्राथमिकतामा : सञ्चारमन्त्री शर्मा
सङ्घीय निजामती ऐन सरकारको प्राथमिकतामा : सञ्चारमन्त्री शर्मा
अख्तियारले गच्छेदारलाई हान्दा देउवाको पुनः पार्टी सभापति बन्ने योजनामा धक्का
अख्तियारले गच्छेदारलाई हान्दा देउवाको पुनः पार्टी सभापति बन्ने योजनामा धक्का
मुलुकको आर्थिक वृद्धिदर ५.३ प्रतिशतमा खुम्चने प्रक्षेपण
मुलुकको आर्थिक वृद्धिदर ५.३ प्रतिशतमा खुम्चने प्रक्षेपण
दक्षिण अफ्रिकी चर्चमा आक्रमणः पाँचको मृत्यु, दर्जनौँ हतियार बरामद
दक्षिण अफ्रिकी चर्चमा आक्रमणः पाँचको मृत्यु, दर्जनौँ हतियार बरामद

तपाईंले छुटाउनुभयो कि?