राष्ट्रियस्तरको दोहोरीगीतमा काठमाडौँ कलाकार समाज प्रथम

Abhiyanpost Abhiyanpost
|
मंगलबार, फाल्गुन १४, २०७५
|
|
५८ पटक हेरिएको
Shares
राष्ट्रियस्तरको दोहोरीगीतमा काठमाडौँ कलाकार समाज प्रथम

सारांश

  • रोल्पा, १४ फागुन, फागुन १० देखि रोल्पा सदरमुकाम लिवाङमा शुरु भएको राष्ट्रियस्तरको दोहोरीगीत प्रतियोगितामा रोल्पा कलाकार समाज काठमाडौँले प्रथम स्थान हासिल गरेको छ ।
  • प्रतियोगितामा राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान दाङ द्वितीय भएको छ ।
  • यसैगरी राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान रोल्पा र उपत्यका समन्वय समितिले प्रतियोगिताको तृतीय स्थान हासिल गरेका छन् ।

रोल्पा, १४ फागुन, फागुन १० देखि रोल्पा सदरमुकाम लिवाङमा शुरु भएको राष्ट्रियस्तरको दोहोरीगीत प्रतियोगितामा रोल्पा कलाकार समाज काठमाडौँले प्रथम स्थान हासिल गरेको छ ।

प्रतियोगितामा राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान दाङ द्वितीय भएको छ । यसैगरी राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान रोल्पा र उपत्यका समन्वय समितिले प्रतियोगिताको तृतीय स्थान हासिल गरेका छन् । केटीतर्फ बजार समूह रोल्पाका एलिना बुढा र केटातर्फ प्यूठानका टेकेन्द्र जिएम उत्कृष्ट भएका छन् ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने समूहलाई क्रमशः नगद रु एक लाख, ५० हजार, ३० हजार र २० पुरस्कार मेडल र प्रतियोगिताको उत्कृष्ट एक पुरुष र एक महिला कलाकारलाई जनही रु पाँच हजार नगदको व्यवस्था गरिएको राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान जिल्ला शाखा रोल्पाका अध्यक्ष मिलन रोकामगरले जानकारी दिनुभयो ।

प्रतियोगितामा जिल्लाभित्र र बाहिर गरी १३ समूहले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा काठमाडौँका चार समूह, प्यूठान र दाङको एक÷एक समूह र रोल्पाका विभिन्न स्थानीय तहका सात समूहले सहभागिता जनाएको आयोजकले बताएका छ ।

बाह्य संस्कृतिको प्रभावले हराउन थालेका लोक संस्कृतिको संरक्षण गर्ने भन्दै रोल्पाका संस्कृतिप्रेमी युवाले राष्ट्रियस्तरको लोकदोहोरी प्रतियोगिता आयोजना गरेका थिए । कला संस्कृतिमा अब्बल रोल्पालाई मूल प्रवाहमा समावेश गर्दै नयाँ प्रतिभाको खोजी गर्नसमेत प्रतियोगिताले सहयोग गर्ने आयोजकको अपेक्षा रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अम्रिसोको मूल्य बढ्दा किसान उत्साही
अम्रिसोको मूल्य बढ्दा किसान उत्साही
बस दुर्घटनाका मृतकको सनाखत, घाइतेको उपचार हुँदै
बस दुर्घटनाका मृतकको सनाखत, घाइतेको उपचार हुँदै
पार्टी विवादबारे बोले वामदेव गौतम – ‘चाहेमा अब हामीले समस्या समाधान गर्न सक्छौँ’
पार्टी विवादबारे बोले वामदेव गौतम – ‘चाहेमा अब हामीले समस्या समाधान गर्न सक्छौँ’
श्रीनिवासले आफुलाई आफै गोली हान्नुकाे रहस्य यस्ताे पाे ! पूर्वराजाको नाम पनि जाेडियाे
श्रीनिवासले आफुलाई आफै गोली हान्नुकाे रहस्य यस्ताे पाे ! पूर्वराजाको नाम पनि जाेडियाे
सेनाको सुक्ष्म अन्वेषण रणनीतिअनुसार जनसरोकारका बिषयमा स्थापित गण, गुल्म र पोस्टको सक्रियता बढाइँदै
सेनाको सुक्ष्म अन्वेषण रणनीतिअनुसार जनसरोकारका बिषयमा स्थापित गण, गुल्म र पोस्टको सक्रियता बढाइँदै
व्यवसायीद्वारा मालबाहक ढुवानी रोक्ने चेतावनी
व्यवसायीद्वारा मालबाहक ढुवानी रोक्ने चेतावनी
प्रशसंकले ’एभेन्जर्स’का सुपरहिरोसँग तुलना गरेपछि रसेलको यस्तो प्रतिक्रिया
प्रशसंकले ’एभेन्जर्स’का सुपरहिरोसँग तुलना गरेपछि रसेलको यस्तो प्रतिक्रिया
उसले कसम खाएर ‘कुट्दिनँ’ भन्यो अनि म भागेर आएँ !
मौद्रिक नीति सार्वजनिक, बैंकदर यथावत्, नीतिगत दर घट्यो (पूर्णपाठसहित)
मौद्रिक नीति सार्वजनिक, बैंकदर यथावत्, नीतिगत दर घट्यो (पूर्णपाठसहित)
सडकमा तारको पासो, छैन सरकारलाई चासो
सडकमा तारको पासो, छैन सरकारलाई चासो

तपाईंले छुटाउनुभयो कि?