उपप्रधानमन्त्री यादवद्वारा अङ्ग दानको घोषणा

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, चैत्र १, २०७५
|
|
६१ पटक हेरिएको
Shares
उपप्रधानमन्त्री यादवद्वारा अङ्ग दानको घोषणा

सारांश

  • उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले विहिबार मरणोपरान्त अङ्ग दान गर्ने घोषणा गर्नुभएको छ ।
  • विश्व मिर्गौला दिवसका अवसरमा ‘मिर्गौला स्वास्थ्य : जहाँसुकै जोसुकैको लागि’ भन्ने नाराका साथ शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर र आरोग्य प्रतिष्ठान पुुल्चोक ललितपुरको संयुक्त आयोजनामा भक्तपुरमा भएको दशाँै नेपाल प्रत्यारोपण खेलकूद प्रतियोगितामा उपप्रधानमन्त्री यादवले अङ्ग दान गर्ने घोषणा गर्नुभएको हो ।
  • यस्तै सोही कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्रकुमार यादव र नेपालका लागि कोरियाली राजदूत पार्क योङले विहिबार मरणोपरान्त अङ्ग दान गर्ने घोषणा गर्नुभएको छ ।

उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले विहिबार मरणोपरान्त अङ्ग दान गर्ने घोषणा गर्नुभएको छ ।

विश्व मिर्गौला दिवसका अवसरमा ‘मिर्गौला स्वास्थ्य : जहाँसुकै जोसुकैको लागि’ भन्ने नाराका साथ शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर र आरोग्य प्रतिष्ठान पुुल्चोक ललितपुरको संयुक्त आयोजनामा भक्तपुरमा भएको दशाँै नेपाल प्रत्यारोपण खेलकूद प्रतियोगितामा उपप्रधानमन्त्री यादवले अङ्ग दान गर्ने घोषणा गर्नुभएको हो ।

यस्तै सोही कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्रकुमार यादव र नेपालका लागि कोरियाली राजदूत पार्क योङले विहिबार मरणोपरान्त अङ्ग दान गर्ने घोषणा गर्नुभएको छ । उहाँहरुलाई मरणोपरान्त काम लाग्ने सबै अङ्ग दान गरेको कार्ड कलाकारद्वय हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठले प्रदान गर्नुभयो ।

उपप्रधानमन्त्री यादवले सरकारले देशभरका विभिन्न भागमा जनशक्ति र प्रविधिसहितको मानव अङ्ग प्रत्यारोपण केन्द्रको पहुँच पु¥याउने तयारी गरेको बताउनुभयो । मिर्गौला रोगीका लागि डायलायसिसभन्दा प्रत्यारोपण प्रभावकारी हुने उहाँको भनाइ थियो । वर्तमान विश्वमा नसर्ने रोग मृत्युको मुख्य कारण बनेकाले उहाँले नसर्ने रोग र अङ्ग फेल हुने रोगबाट बच्न बचाउन जनचेतनामूलक कार्यक्रम आवश्यक रहेको बताउनुभयो ।

स्वास्थ्य राज्यमन्त्री डा यादवले मिर्गाैला प्रत्यारोपीहरु अरू स्वस्थ्य व्यक्तिसरह स्वस्थ्य र सक्षम जीवन बिताउन सकेको बताउनुभयो । उहाँले दुर्घटनालगायत विभिन्न कारणले मृत्यु हुने बिरामीका अङ्ग दान गर्न सके धेरै बिरामीले नयाँ जीवन पाउन सक्ने भएकाले त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

कलाकारद्वय श्रेष्ठ र आचार्य, नेपालका लागि कोरियाली राजदूत योङ, अष्ट्रेलियाका राजदूत पिटर वर्ड, केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठ, डा राकेशकुमार वर्मालगायतले मानव अङ्ग दान गर्नेबारे आम नागरिकलाई जानकारी दिनुपर्नेमा जोड दिएका थिए । ‘बाचुञ्जेल रक्तदान र मरेपछि अङ्ग दान’ गर्नेबारे जनचेतना फैलाउनुपर्ने उहाँहरुले बताउनुभयो ।

विश्व मिर्गौला दिवसका अवसरमा साताव्यापी रुपमा आयोजना गरेको ब्याडमिन्टन, दौड, मिर्गौला दान गरेका र प्रत्यारोपण गरेका बिरामी तथा केन्द्रका चिकित्सकबीच मैत्रीपूर्ण फुटबल प्रतियोगितासमेत आयोजना गरिएको थियो । प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो । गायक दीपक बज्राचार्यले साङ्गीतिक प्रस्तुती प्रस्तुत गर्नुभएको थियो । रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संसदीय दलको नेता चुन्न कांग्रेसले चुनाव गर्ने, जित्लान् त देउवाले!
संसदीय दलको नेता चुन्न कांग्रेसले चुनाव गर्ने, जित्लान् त देउवाले!
मिस शेर्पा २०१८ लाई क्रोयसियामा हुने Miss Tourism World मा अवसर
मिस शेर्पा २०१८ लाई क्रोयसियामा हुने Miss Tourism World मा अवसर
नेपालको संसदले रोक्न सक्ला र ब्रिटिस गोर्खामा महिला भर्ति ?
नेपालको संसदले रोक्न सक्ला र ब्रिटिस गोर्खामा महिला भर्ति ?
संदिग्ध व्यक्ति झुण्डिएको अवस्थामा भेटिए
संदिग्ध व्यक्ति झुण्डिएको अवस्थामा भेटिए
चिनियाँ आरोहीले गरे सगरमाथामा प्याराग्लाइडिङ
चिनियाँ आरोहीले गरे सगरमाथामा प्याराग्लाइडिङ
डिजेल र पेट्रोलको मूल्यबृद्धि, केमा कति बढ्यो ? हेर्नुहोस् विस्तारमा
डिजेल र पेट्रोलको मूल्यबृद्धि, केमा कति बढ्यो ? हेर्नुहोस् विस्तारमा
लालबाबुको सम्पत्ति थोत्रो साइकल अनि पत्नीसँग ५५ लाख बैंक ब्यालेन्स
लालबाबुको सम्पत्ति थोत्रो साइकल अनि पत्नीसँग ५५ लाख बैंक ब्यालेन्स
काठमाडौं ७ पनि बामगठबन्धनका रामवीरको अग्रता
काठमाडौं ७ पनि बामगठबन्धनका रामवीरको अग्रता
विप्लवलाई पार्टीमा भित्र्याउने प्रचण्डको घोषणा
विप्लवलाई पार्टीमा भित्र्याउने प्रचण्डको घोषणा
ओलीले डोटीमा भने, ‘प्रचण्ड माकुने षडयन्त्र हुँदा पनि पार्टी सिद्धिएन्’
ओलीले डोटीमा भने, ‘प्रचण्ड माकुने षडयन्त्र हुँदा पनि पार्टी सिद्धिएन्’

तपाईंले छुटाउनुभयो कि?