पुनःनिर्माणको काम प्रभावित

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, चैत्र १, २०७५
|
|
५६ पटक हेरिएको
Shares
पुनःनिर्माणको काम प्रभावित

सारांश

  • गोरखा, १ चैत , भूकम्पपछि गोरखाको पुनःनिर्माणमा खटिएका प्राविधिकहरुको आन्दोलनका कारण जिल्लाभित्र पुनःनिर्माणको काम प्रभावित भएको छ ।
  • विभिन्न आठबुँदे माग पूरा गर्न दबाब दिँदै प्राविधिकहरु आन्दोलनमा उत्रिएपछि पुनःनिर्माणका काम प्रभावित भएको हो ।
  • राष्ट्रिय पुनःनिर्माण प्राधिकरणअन्तर्गतका प्राविधिकहरुलाई यसअघि दिँदै आएको सेवासुविधा कटौटी भएपछि पुनः उपलब्ध गराउनुपर्ने भन्दै उनीहरुले कामकाज ठप्प पारेका हुन् ।

गोरखा, १ चैत , भूकम्पपछि गोरखाको पुनःनिर्माणमा खटिएका प्राविधिकहरुको आन्दोलनका कारण जिल्लाभित्र पुनःनिर्माणको काम प्रभावित भएको छ ।

विभिन्न आठबुँदे माग पूरा गर्न दबाब दिँदै प्राविधिकहरु आन्दोलनमा उत्रिएपछि पुनःनिर्माणका काम प्रभावित भएको हो ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणअन्तर्गतका प्राविधिकहरुलाई यसअघि दिँदै आएको सेवासुविधा कटौटी भएपछि पुनः उपलब्ध गराउनुपर्ने भन्दै उनीहरुले कामकाज ठप्प पारेका हुन् । आफूहरुको मागको सम्बोधन नभएसम्म काममा नफर्कने प्राविधिक हकहित संरक्षण समितिका जिल्ला संयोजक बलराम घिमिरेले बताउनुभयो ।

प्राविधिहरुले भौगोलिक, प्रोत्साहन, यातायात महँगी भत्ता साथै सञ्चार भत्ता मासिक रुपमा उपलब्ध गराउनुपर्ने माग गरेका हुन् । त्यस्तै जिल्लामा खटिएका प्राविधिकलाई परिचयपत्र, स्वास्थ्य तथा दुर्घटना बीमा, क्षमता अभिवृद्धि तालीमको पनि व्यवस्था हुनुपर्ने उनीहरुको माग छ ।

प्राविधिकहरुको आन्दोलनका कारण भूकम्प पीडितहरुको किस्ता सिफारिश, घर नापजाँच लगायतका काम रोकिएको छ । जसका कारण भूकम्प पीडितहरुलाई अनुदान रकम प्राप्त गर्न ढिलाइ भएको छ । लाभग्राही भूकम्प पीडितहरुले घर बनाउँदा प्राविधिकहरु नापजाँचका लागि नआएपछि समस्या भएको उनीहरुले बताएका छन् ।

उनीहरुले जिल्ला तथा केन्द्रीय आयोजना कार्यान्वयन इकाइ, जिल्ला समन्वय समिति तथा गोरखा जिल्लाभित्रका ११ वटै स्थानीय तहमा ज्ञापन पत्र बुझाएर कामकाज ठप्प पारेका हुन् । सङ्घर्ष समितिले प्रजिअमार्फत राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको ध्यानाकर्षणसमेत गराइसकेको संयोजक घिमिरेले बताउनुभयो ।

आफूहरुको माग सम्बोधन नभएसम्म काममा नफर्कने प्राविधिकहरुको भनाइ छ । गोरखा जिल्लामा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणअन्तर्गत १०६ इञ्जिनीयर, ७४ सबइञ्जिनीयर र ७१ असिस्टेन्ट सबइञ्जिनीयर कार्यरत छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कलेजकाे लापर्वाहिका कारण विद्यार्थीकाे भविष्य अन्याेलमा !
कलेजकाे लापर्वाहिका कारण विद्यार्थीकाे भविष्य अन्याेलमा !
मन्त्री यादवद्वारा नेपालमा लगानी गर्न आग्रह
मन्त्री यादवद्वारा नेपालमा लगानी गर्न आग्रह
मिथिलाञ्चलमा विवाह पञ्चमी सुरु, राम-जानकीको स्वयंवरमा उत्तरप्रदेशका मुख्यमन्त्री जन्त
मिथिलाञ्चलमा विवाह पञ्चमी सुरु, राम-जानकीको स्वयंवरमा उत्तरप्रदेशका मुख्यमन्त्री जन्त
पार्टी नै नरहने अवस्था बनेपछि संसद विघटन गर्नु पर्‍यो: ओली
पार्टी नै नरहने अवस्था बनेपछि संसद विघटन गर्नु पर्‍यो: ओली
फागुन ६ गतेको राशिफल थाहा पाउनुस
फागुन ६ गतेको राशिफल थाहा पाउनुस
चिनियाँ राष्ट्रपति सी र प्रचण्डबीच वान टु वान वार्ता
चिनियाँ राष्ट्रपति सी र प्रचण्डबीच वान टु वान वार्ता
माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको हकप्रद सेयरको आवेदन खुला गरिने
माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको हकप्रद सेयरको आवेदन खुला गरिने
सचिवसहित नौ जनाविरुद्ध मुद्दा दायर, कसलाई कति बिगो ?
सचिवसहित नौ जनाविरुद्ध मुद्दा दायर, कसलाई कति बिगो ?
विद्यालय भवन पुनःनिर्माणका लागि सवा करोड सहयोग
विद्यालय भवन पुनःनिर्माणका लागि सवा करोड सहयोग
हेर्नुहोस कुन नेताले के भन्छन , कहाँ राख्‍ने प्रदेश ५ को  राजधानी ? कमेन्ट बक्समा आफ्नो बिचार राख्नु होला ।
हेर्नुहोस कुन नेताले के भन्छन , कहाँ राख्‍ने प्रदेश ५ को राजधानी ? कमेन्ट बक्समा आफ्नो बिचार राख्नु होला ।

तपाईंले छुटाउनुभयो कि?