मेडिकल कलेजमा लिइएको बढी शुल्क फिर्ता हुने

Abhiyanpost Abhiyanpost
|
बिहिबार, चैत्र ७, २०७५
|
|
९१ पटक हेरिएको
Shares
मेडिकल कलेजमा लिइएको बढी शुल्क फिर्ता हुने

सारांश

  • काठमाडौँ।
  • विभिन्न मेडिकल कलेजमा जथाभावी शुल्क लिइएको तथा विद्यार्थी परीक्षा फारम भर्नबाट वञ्चित गराइएको विषयमा बिहीबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, विश्वविद्यालयका पदाधिकारी र विद्यार्थी सङ्गठनका पदाधिकारीबीच सहमति भएको छ।
  •   जबर्जस्ती लिइएको शुल्क फिर्ता गर्ने, आवेदनमा छुट भएका विद्यार्थीलाई यही चैत ८ गतेसम्मको अवधिमा फारम भर्न लगाउने र विद्यार्थी सङ्गठनले गरेको तालाबन्दी खुलाउने सहमति भएको अनेरास्ववियुका सचिव आरसी लामिछाने जानकारी दिए।
काठमाडौँ। विभिन्न मेडिकल कलेजमा जथाभावी शुल्क लिइएको तथा विद्यार्थी परीक्षा फारम भर्नबाट वञ्चित गराइएको विषयमा बिहीबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, विश्वविद्यालयका पदाधिकारी र विद्यार्थी सङ्गठनका पदाधिकारीबीच सहमति भएको छ। 
जबर्जस्ती लिइएको शुल्क फिर्ता गर्ने, आवेदनमा छुट भएका विद्यार्थीलाई यही चैत ८ गतेसम्मको अवधिमा फारम भर्न लगाउने र विद्यार्थी सङ्गठनले गरेको तालाबन्दी खुलाउने सहमति भएको अनेरास्ववियुका सचिव आरसी लामिछाने जानकारी दिए। 
शिक्षामन्त्री गिरिराजमणि पोखरेल, सचिव खगराज बराल, त्रिविका उपकुलपति डा तीर्थराज खनियाँ, निजी कलेज सञ्जालकका प्रतिनिधि, अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी) र नेपाल विद्यार्थी सङ्घका प्रतिनिधिबीच आज सिंहदरबारमा वार्ता भएको थियो। 
सो विषयमा कारवाही नभएको भन्दै सत्तारुढ नेकपा निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) ले मङ्गलबार त्रिभुवन विश्वविद्यालयका उपकुलपति र चिकित्साशास्त्र अध्ययन संस्थानको डीनको कार्यालयमा तालाबन्दी गरेका थिए। 
गण्डकी र किष्ट मेडिकल कलेजमा आफूखुशी शुल्क असूल भएको र परीक्षा फाराम भर्न नपाएका विद्यार्थीलाई मनोवैज्ञानिक त्रास दिई मुद्दा फिर्ता लिन दबाब दिएको विषय कानूनी कारवाहीको सवाल भएकाले तालाबन्दी खुलेपनि पीडित विद्यार्थीले मुद्दा फिर्ता नलिने जनाए। 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एनसेल बम काण्ड : विप्लव समूहका नेता पक्राउ
एनसेल बम काण्ड : विप्लव समूहका नेता पक्राउ
साना जलविद्युत् आयोजनाको रोकिएको पीपीए खोल्ने तयारी
साना जलविद्युत् आयोजनाको रोकिएको पीपीए खोल्ने तयारी
‘डिपार्टेड डन’ लाई भारतको तीन अवार्ड
‘डिपार्टेड डन’ लाई भारतको तीन अवार्ड
२ दशक संगीत क्षेत्रमा आफ्नो जीवन अर्पेका संगीतकार तथा गायक कमल सौरागको एकल साँझ भब्य रुपमा सम्पन्न हुदै
२ दशक संगीत क्षेत्रमा आफ्नो जीवन अर्पेका संगीतकार तथा गायक कमल सौरागको एकल साँझ भब्य रुपमा सम्पन्न हुदै
प्रधानमन्त्रीका कारण क्रिकेट प्रमुखले दिए राजिनामा
राष्ट्रियसभा बैठकः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण !
राष्ट्रियसभा बैठकः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण !
हराएको झण्डै पाँच महिनापछि कङ्काल फेला
हराएको झण्डै पाँच महिनापछि कङ्काल फेला
मसूद अजहर राष्ट्रसंघबाट आतंकवादी घोषित
मसूद अजहर राष्ट्रसंघबाट आतंकवादी घोषित
विष्णु पौडेलले शक्तिको दुरुपयोग गरेर बालुवाटारको जग्गा किनेको होइनः प्रधानमन्त्री
विष्णु पौडेलले शक्तिको दुरुपयोग गरेर बालुवाटारको जग्गा किनेको होइनः प्रधानमन्त्री
कोटेश्वरको जामबाट मुक्ति पाइने, जाम खोल्ने कार्य सुरु
कोटेश्वरको जामबाट मुक्ति पाइने, जाम खोल्ने कार्य सुरु

तपाईंले छुटाउनुभयो कि?