घोषणा भयो चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार

Abhiyanpost Abhiyanpost
|
बुधबार, जेठ १, २०७६
|
|
५४ पटक हेरिएको
Shares
घोषणा भयो चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार

सारांश

  • चलचित्र पत्रकार संघ, नेपालको जेठ १ गते बुधबार बसेको कार्यसमिति बैठकले ‘चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार – २०७६’ को घोषणा गरेको छ ।
  • चलचित्र पत्रकार संघ नेपालका सदस्य तथा इमेज एफएम र हिमालय टेलिभिजनमा कार्यरत नरेश भट्टराई र संघका सदस्य तथा भिजनसंसार डटकमका सम्पादक श्याम स्मृतलाई चलचित्र पत्रकारिता सम्मान प्रदान गरिने भएको छ ।
  • भट्टराई र स्मृतलाई चलचित्र पत्रकारितामा र्पुयाएको योगदानको कदर गर्दै संघले सम्मान गर्न लागेको हो ।

चलचित्र पत्रकार संघ, नेपालको जेठ १ गते बुधबार बसेको कार्यसमिति बैठकले ‘चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार – २०७६’ को घोषणा गरेको छ । चलचित्र पत्रकार संघ नेपालका सदस्य तथा इमेज एफएम र हिमालय टेलिभिजनमा कार्यरत नरेश भट्टराई र संघका सदस्य तथा भिजनसंसार डटकमका सम्पादक श्याम स्मृतलाई चलचित्र पत्रकारिता सम्मान प्रदान गरिने भएको छ । भट्टराई र स्मृतलाई चलचित्र पत्रकारितामा र्पुयाएको योगदानको कदर गर्दै संघले सम्मान गर्न लागेको हो ।

त्यस्तै, संघले संघका पूर्व कार्यसमिती सदस्य तथा रातोपाटी डटकममा कार्यरत कुवेर गिरी र संघकी पूर्व कार्यसमिती सदस्य तथा एबिसी टेलिभिजनमा कार्यरत शारदा थापालाई चलचित्र पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । चलचित्र पत्रकारितामा देखिएको सक्रियता र योगदानको कदर गर्दै गिरी र थापालाई पुरस्कृत गर्न लागिएको हो । पुरस्कार स्वरुप नगद २१ हजार रुपैयाँ, ताम्रपत्र तथा ट्रफी प्रदान गरिनेछ ।

साथै, संघका सदस्य तथा मेरोफिल्म डटकममा कार्यरत फोटो पत्रकार विनोद पोखरेललाई चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार प्रदान गरिने भएको छ । पत्रकारितामा आवद्द भएको छोटो समयमा नै फोटो पत्रकारका रुपमा स्थापित पौडेललाई प्रोत्साहन स्वरुप पुरस्कार दिन लागिएको हो । प्रोत्साहन पुरस्कारमा १ थान ल्यापटप, ताम्रपत्र र ट्रफी रहनेछ ।

आगामी जेठ ७ मा हुन गईरहेको २० औं स्थापना दिवसको अवसरमा सम्मान तथा पुरस्कार प्रदान गरिने संघका अध्यक्ष सन्दीप सापकोटाले जानकारी दिए । गत वर्ष संघले दयाराम पाण्डे र ध्रुव लम्साललाई चलचित्र पत्रकारिता सम्मान प्रदान गरेको थियो । भने, लक्ष्मण सुवेदी र सन्ध्या थापालाई चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो । चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार मनिष दाहाल (अन्जान) ले प्राप्त गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुख्यमन्त्री शाहीले दिए प्रधानमन्त्रीलाई निम्तो, रारा आउछु : प्रधानमन्त्री
मुख्यमन्त्री शाहीले दिए प्रधानमन्त्रीलाई निम्तो, रारा आउछु : प्रधानमन्त्री
कर्णालीमा लगानी गर्नेलाई १० वर्षसम्मका लागि आयो यस्तो अवसर
कर्णालीमा लगानी गर्नेलाई १० वर्षसम्मका लागि आयो यस्तो अवसर
Play for fun Slots Online
रित्तिँदै राष्ट्रिय ढुकुटीः कर बक्यौता नै करिब ७९ अर्ब !
रित्तिँदै राष्ट्रिय ढुकुटीः कर बक्यौता नै करिब ७९ अर्ब !
गृहमन्त्रालयको निर्देशनपछि १९४ सुरक्षाकर्मी फिर्ता
गृहमन्त्रालयको निर्देशनपछि १९४ सुरक्षाकर्मी फिर्ता
एमसीसी पारित गर्न तात्तिए देउवा, प्रचण्डले साथ नदिए गठबन्धन तोडिने
लीलादेवी गड्तौला बनिन् पहिलो महिला मुख्यसचिव
लीलादेवी गड्तौला बनिन् पहिलो महिला मुख्यसचिव
मोटरसाइकल चढेका दुईजनाको करेन्ट लागेर मृत्यु, एक घाइते
मोटरसाइकल चढेका दुईजनाको करेन्ट लागेर मृत्यु, एक घाइते
नेताहरुले भाषण मात्रै गर्ने र कर्मचारीले तलव मात्रै पकाउने प्रवृत्तिको अन्त गरिनुपर्छ:  मुख्यमन्त्री शाही
नेताहरुले भाषण मात्रै गर्ने र कर्मचारीले तलव मात्रै पकाउने प्रवृत्तिको अन्त गरिनुपर्छ: मुख्यमन्त्री शाही
माछापुच्छ्रे बैङ्कद्वारा कात्तिक १ गतेदेखि लागु हुनेगरी नयाँ ब्याजदर तालिका प्रकाशन
माछापुच्छ्रे बैङ्कद्वारा कात्तिक १ गतेदेखि लागु हुनेगरी नयाँ ब्याजदर तालिका प्रकाशन

तपाईंले छुटाउनुभयो कि?