एसियाली सुरक्षा र विकासमा सहकार्य गर्न चिनिया राष्ट्रपतिको आग्रह

Abhiyanpost Abhiyanpost
|
शनिबार, जेठ ३२, २०७६
|
|
५५ पटक हेरिएको
Shares
एसियाली सुरक्षा र विकासमा सहकार्य गर्न चिनिया राष्ट्रपतिको आग्रह

सारांश

  • चीनका राष्ट्रपति सी चिन फिङले एशियाली सुरक्षा र विकासका लागि आपसी सम्मान र विश्वासका साथ अघि बढ्न एशियाली मुलुकहरूबीच सहकार्यका लागि आग्रह गर्नुभएको छ ।
  •  शनिबार ताजिकिस्तानको राजधानी दुशान्बेमा आयोजित एशियाली मुलुकबीच विश्वास निर्माणका लागि भएको एक सम्मेलनमा उहाँले यस क्षेत्रको सुरक्षा, विकास, स्थिरता तथा समृद्धिका लागि आवश्यक सहकार्य गर्न र सिर्जनात्मकरूपमा एशियाको निर्माण गर्न चीन सधैँ प्रतिवद्ध रहने पनि बताउनुभयो ।
  • उहाँले ‘बेल्ट एण्ड रोड कोअपरेसन’ मार्फत बजारलाई थप विश्वशनीय बनाउनका चीनको विशेष पहल भइरहेको पनि उहाँले बताउनुभयो ।

चीनका राष्ट्रपति सी चिन फिङले एशियाली सुरक्षा र विकासका लागि आपसी सम्मान र विश्वासका साथ अघि बढ्न एशियाली मुलुकहरूबीच सहकार्यका लागि आग्रह गर्नुभएको छ । शनिबार ताजिकिस्तानको राजधानी दुशान्बेमा आयोजित एशियाली मुलुकबीच विश्वास निर्माणका लागि भएको एक सम्मेलनमा उहाँले यस क्षेत्रको सुरक्षा, विकास, स्थिरता तथा समृद्धिका लागि आवश्यक सहकार्य गर्न र सिर्जनात्मकरूपमा एशियाको निर्माण गर्न चीन सधैँ प्रतिवद्ध रहने पनि बताउनुभयो । उहाँले ‘बेल्ट एण्ड रोड कोअपरेसन’ मार्फत बजारलाई थप विश्वशनीय बनाउनका चीनको विशेष पहल भइरहेको पनि उहाँले बताउनुभयो । “एशिया वर्तमान विश्वको सबैभन्दा ठूलो विकासशील जीवनशैली र निश्चित शक्ति रहेको क्षेत्रहरुमध्ये एक हो तर यसले असामान्य आर्थिक विकास, सुरक्षा र प्रशासनका मुद्दाहरू जस्तै चुनौतिहरूको सामना पनि गरिरहेको छ,” राष्ट्रपति सीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सन् २०१५देखि एशियाली मुलुकले सहयोगको विचार र सहयोग अनुभव आदानप्रदान गरिरहेको तर सम्बन्धित पक्षहरुसँग एशिया पारस्परिक सहयोग तथा विश्वासको प्रक्रियालाई अझ अघि बढाउन पहल गरिनुपर्ने देखिएको छ ।”

एशियाली मुलुकले संयुक्त, मैत्रीपूर्ण,सहयोगात्मक र दीगो भन्ने नयाँ सुरक्षा अवधारणालाई व्यवहारमा उतार्नुपर्ने पनि सीले उक्त अवसरमा बताउनुभयो ।

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले चीनले शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तको आधारमा विभिन्न मुलुकसँगको मैत्रीपूर्ण सहयोग बढाएर सम्बद्ध मुलुकसँगको भौगोलिक सार्वभौतिकता र समुद्री अधिकार विवादको शान्तिपूर्ण रूपमा समाधान गर्ने र वार्ता तथा सल्लाह गरी क्षेत्रीय मुद्दामा समाधान खोज्ने बताउनुभयो । एजेन्सी

यो पनि पढ्नुस्
चिनमा पाण्डाले यो वर्षकै पहिलो जन्मायो
चीनको सिचुआन प्रान्तको राजधानी चेङ्दुमा संरक्षित पान्डाले यस वर्षकै पहिलो बच्चा जन्माएको छ । स्थानीय अधिकारीहरुले सन् २०१९ मै संरक्षित पान्डाले बच्चा जन्माएको यो विश्वमै पहिलो घटना भएको बताएका छन् ।

चेङ्दुस्थित जाइन्ट पान्डा ब्रिडिङ अनुसन्धान केन्द्रमा बुधबार १६६।८ ग्रामको पोथी पान्डाको जन्म भएको हो । जी ली नाम दिइएको आमा पान्डाले बच्चालाई राम्रोसँग हेरचाह गरेको पनि अधिकारीहरुले बताएका छन् । जी लीको यो दोस्रो सन्तान हो । जी ली सन् २००७ मा जन्मिएकी थिई ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?