मनसुनी न्यूनचापीय रेखा पुनः भारी वर्षाको सम्भावना

Abhiyanpost Abhiyanpost
|
सोमबार, श्रावण ६, २०७६
|
|
८१ पटक हेरिएको
Shares
मनसुनी न्यूनचापीय रेखा पुनः भारी वर्षाको सम्भावना

सारांश

  • काठमाडौँ।
  • मनसुनी न्यून चापीय रेखा नेपालको दक्षिण भू–भागमा अवस्थित रहेकाले आगामी तीन दिन देशभर मध्यमदेखि भारी वर्षा हुनसक्ने जनाइएको छ।
  • जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङले यो समयमा मनसुनी ‘ट्रफ’ कहीले तल कहिले माथि भइरहने जानकारी दिँदै न्यून चापीय रेखा जहाँ रहन्छ त्यहाँ भारी वर्षा हुने बताए।

काठमाडौँ। मनसुनी न्यून चापीय रेखा नेपालको दक्षिण भू–भागमा अवस्थित रहेकाले आगामी तीन दिन देशभर मध्यमदेखि भारी वर्षा हुनसक्ने जनाइएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङले यो समयमा मनसुनी ‘ट्रफ’ कहीले तल कहिले माथि भइरहने जानकारी दिँदै न्यून चापीय रेखा जहाँ रहन्छ त्यहाँ भारी वर्षा हुने बताए।केही दिनअघि दक्षिण सरेको न्यूनचापीय रेखा सोमबार पुनः नेपाल प्रवेश गरेको र बुधबारसरम्म देशको अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान मशाहाखाले जनाएको छ।वर्षाका कारण पहाडी भू–भागमा पहिरो जानसक्ने र चुरे अन्य पहाडबाट बहने खोलामा जल सतह बढ्नाका साथै हवाई र सडक यातायातसमेत सञ्चालनमा बाधा पर्ने भएकाले सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।

पचासदेखि १०० मिलिमिटर सम्मको वर्षालाई भारी र १०० देखि माथिलाई अतिभारी वर्षा भनेर मापन गर्ने गरिएको छ। यसवर्ष काठमाडौं उपत्यकामा सबैभन्दा धेरै जुलाई १३ ९ असार २८० मा १०४ मिलिमिटर वर्षा भएको थियो। यो मनसुन शुरु भएपछिको सबैभन्दा बढी वर्षा हो।बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन कन्काई, कमला र बामतीमा पानीको प्रवाह बढी हुने र केही शाखा नदीमा पानीको प्रवाह बढ्ने भएकाले मङ्गलबार र बुधबार प्रदेश १, २ र ३ का तराई र पहाडका केही साना नदीमा आकस्मिक बाढीको सम्भावना हुने हुँदा तटीय क्षेत्रमा पूर्वतयारी र प्रतिकार्यका लागि समेत सचेत रहन आग्रह गरिएको छ।

राति देशको पूर्वी र मध्य भागमा सामान्यदेखि पूर्ण बदली रही पश्चिमी भू–भागमा आंशिक बदली भई पूर्व तथा मध्यका अधिकांश भागका साथै पश्चिमका केही भागमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बिजुली पुगेपछि कुलमान घिसिङकाे नाममा गाउँको नाम परिवर्तन
बिजुली पुगेपछि कुलमान घिसिङकाे नाममा गाउँको नाम परिवर्तन
वनभोज खाएर फर्किंदा ३ जनाको मृत्यु, ३४ घाइते
पुस १७ गते विहिबारको राशिफल यस्तो छ
पुस १७ गते विहिबारको राशिफल यस्तो छ
अस्पतालबाट निस्कँदा भावुक भएर डा. केसीले भने, जहाँ गए नि सत्याग्र्रह जारी रहन्छ
अस्पतालबाट निस्कँदा भावुक भएर डा. केसीले भने, जहाँ गए नि सत्याग्र्रह जारी रहन्छ
अख्तियार आयोग प्रमुख स्वतन्त्र व्यक्ति नियुक्ति गरिनुपर्छ
अख्तियार आयोग प्रमुख स्वतन्त्र व्यक्ति नियुक्ति गरिनुपर्छ
नेपाल-भारत सिमामा आउत जावत गर्न  परिचयपत्र देखाउनु पर्ने
नेपाल-भारत सिमामा आउत जावत गर्न परिचयपत्र देखाउनु पर्ने
एथ्लेटिक्समा नेपाललाई ऐतिहासिक स्वर्ण पदक
एथ्लेटिक्समा नेपाललाई ऐतिहासिक स्वर्ण पदक
विद्युत् रोयल्टीबापत सरकरले उठायो तीन अर्ब १५ करोड ५१ लाख
दाङमा पूर्वराजा ज्ञानेन्द्र आएपछि समर्थकले भने-‘राजा आउ देश बचाऊ’
दाङमा पूर्वराजा ज्ञानेन्द्र आएपछि समर्थकले भने-‘राजा आउ देश बचाऊ’
३३ किलो सुन काण्डका मुख्य अभियुक्त गोरेलाई प्रहरीले किन भेटाएन!
३३ किलो सुन काण्डका मुख्य अभियुक्त गोरेलाई प्रहरीले किन भेटाएन!

तपाईंले छुटाउनुभयो कि?