बिजुली पुगेपछि कुलमान घिसिङकाे नाममा गाउँको नाम परिवर्तन

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, श्रावण ४, २०७५
|
|
६३ पटक हेरिएको
Shares
बिजुली पुगेपछि कुलमान घिसिङकाे नाममा गाउँको नाम परिवर्तन

सारांश

  • झापा, ४ साउन।
  • झापाको दुई नगरपालिकाको बीचमा अवस्थित एक गाउँको नाम ‘कुलमान घिसिङ चोक’ नामाकरण गरिएको छ ।
  • मुलुकबाटै विद्युतभार कटौती गर्ने महाअभियानमा लागेको भन्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नाममा कनकाई–४ र शिवसताक्षी–१० को बीचमा पर्ने टेक्रा गाउँवासीले आफ्नो गाउँको नाम परिवर्तन गरी ‘कुलमान घिसिङ चोक’ राखेका हुन् ।

झापा, ४ साउन। झापाको दुई नगरपालिकाको बीचमा अवस्थित एक गाउँको नाम ‘कुलमान घिसिङ चोक’ नामाकरण गरिएको छ । मुलुकबाटै विद्युतभार कटौती गर्ने महाअभियानमा लागेको भन्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नाममा कनकाई–४ र शिवसताक्षी–१० को बीचमा पर्ने टेक्रा गाउँवासीले आफ्नो गाउँको नाम परिवर्तन गरी ‘कुलमान घिसिङ चोक’ राखेका हुन् ।

उक्त गाउँमा २ सय घरधुरी रहेका छन्। तीमध्ये एक सय घरमा बिजुली सेवा नहुँदा टुकी बाल्दै आएका थिए। ‘बिजुली भएका घरमा भोल्टेज कम हुने समस्याले गाउँवासी हैरान थिए’, चोक नामाकरण समितिका अध्यक्ष श्याम ओलीले भने, ‘कुलमानजीलाई समस्या बताउँदा अहिले विद्युतको समस्या छैन, तुरुन्तै व्यवस्था हुन्छ भने लगत्तै बत्ती पुगेपछि गाउँको नाम कुलमान घिसिङ चोक राखेका हौँ।’

बिजुली समस्याका विषयमा स्थानीयवासीले कार्यकारी निर्देशक घिसिङसमक्ष कुरा राखेको र त्यसलगत्तै सरकारको ‘उज्यालो नेपाल कार्यक्रम’ अन्तर्गत रु २२ लाखको लागतमा १०० केभिए क्षमताको ट्रान्समिटर, बिजुलीका पोल र तार जडान गरिएको नेपाल विद्युत प्राधिकरण अनारमनीका प्रमुख जितेन्द्रकुमार झाले बताए।

अहिले उक्त गाउँमा भोल्टेजको समस्या समाधान हुनाका साथै टुकी बाल्नुपर्ने बाध्यता अन्त्य भएको स्थानीय युवा कुमार साँवा बताउँछन्। पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुरुङ्गाबाट छ किलोमिटर दक्षिण रहेको यो गाउँमा कुलमान घिसिङकै फोटो अंकित बोर्डसमेत राखिएको छ । पर्याप्त भोल्टेज भएको बिजुली आउन थालेपछि किसानले सिँचाइका लागि मोटरसमेत राख्न थालेको साँवाले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल–भारत सीमा ४८ घन्टाका लागि बन्द हुने
नेपाल–भारत सीमा ४८ घन्टाका लागि बन्द हुने
एक दर्जन बैंकको नाफा ३३ अर्ब ६७ करोडभन्दा बढी, कुन बैंकले कति कमाए ?
एक दर्जन बैंकको नाफा ३३ अर्ब ६७ करोडभन्दा बढी, कुन बैंकले कति कमाए ?
आज ‘क्रिसमस डे’ मनाइँदै, राष्ट्रपति र प्रधानमन्त्रीद्धारा शुभकामना व्यक्त
आज ‘क्रिसमस डे’ मनाइँदै, राष्ट्रपति र प्रधानमन्त्रीद्धारा शुभकामना व्यक्त
संसदीय समितिमा सदस्य हेरफेर, प्रचण्ड र लामिछाने राज्य व्यवस्थामा
संसदीय समितिमा सदस्य हेरफेर, प्रचण्ड र लामिछाने राज्य व्यवस्थामा
‘रैथाने मधेशी जुनसुकै पदमा पुग्न सक्छन, तर अंगीकृतलाई प्रमुख पद दिदैनौ’-एमाले महासचिव
‘रैथाने मधेशी जुनसुकै पदमा पुग्न सक्छन, तर अंगीकृतलाई प्रमुख पद दिदैनौ’-एमाले महासचिव
शीर्ष नेताहरु छलफलमा
शीर्ष नेताहरु छलफलमा
झापा ५ मा केपी ओलीविरुद्ध विश्वप्रकाशलाई उठाउने तयारी
झापा ५ मा केपी ओलीविरुद्ध विश्वप्रकाशलाई उठाउने तयारी
चलचित्र ‘तारेभीर’ को प्रचार–प्रसार व्यापक !
चलचित्र ‘तारेभीर’ को प्रचार–प्रसार व्यापक !
अस्पताल पुर्‍याउनुअघिकै प्रकाशको निधन
अस्पताल पुर्‍याउनुअघिकै प्रकाशको निधन
गगन थापाको श्रीस्वस्थानी पात्रहरु : केपी ओली, विष्णु पौडेल र गोकुल बास्कोटा
गगन थापाको श्रीस्वस्थानी पात्रहरु : केपी ओली, विष्णु पौडेल र गोकुल बास्कोटा

तपाईंले छुटाउनुभयो कि?