पशु विज्ञानमा विद्यार्थीको आकर्षण

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, भाद्र २७, २०७६
|
|
५४ पटक हेरिएको
Shares
पशु विज्ञानमा विद्यार्थीको आकर्षण

सारांश

  • आफ्नै गाउँमा पशु विज्ञान जस्तो व्यवहारिक विषय पढ्न पाउँदा कक्षा–९ का विद्यार्थी रोशन परियार खुसी हुनुहुन्छ ।
  • उहाँलाई घर छेउकै विद्यालयमा प्राविधिक विषयको पढाइ शुरु भएपछि ‘एसइई’ दिइसकेका रोशन पुनः कक्षा ९ मा भर्ना हुनुभएको छ ।
  • ताराखोला गाउँपालिका–४ स्थित नेपाल माध्यमिक विद्यालयले प्राविधिक धारतर्फ पुश विज्ञान विषयको पढाइ शुरु गरेपछि विद्यार्थी आकर्षित भएका हुन् ।

आफ्नै गाउँमा पशु विज्ञान जस्तो व्यवहारिक विषय पढ्न पाउँदा कक्षा–९ का विद्यार्थी रोशन परियार खुसी हुनुहुन्छ । उहाँलाई घर छेउकै विद्यालयमा प्राविधिक विषयको पढाइ शुरु भएपछि ‘एसइई’ दिइसकेका रोशन पुनः कक्षा ९ मा भर्ना हुनुभएको छ ।ताराखोला गाउँपालिका–४ स्थित नेपाल माध्यमिक विद्यालयले प्राविधिक धारतर्फ पुश विज्ञान विषयको पढाइ शुरु गरेपछि विद्यार्थी आकर्षित भएका हुन् । प्राविधिक विषयमा भविष्य देखेका अभिभावकले पनि सोही विषय अध्ययनका लागि आफ्ना छोराछोरीलाई प्रेरित गर्न थालेका छन् ।

चालू शैक्षिकसत्रबाट शुरु भएको पशु विज्ञान विषयमा अहिले ३८ विद्यार्थी अध्ययनरत छन् । पचास जनाले आवेदन दिएकामा भर्नाका लागि जम्मा ४२ विद्यार्थी छनोट भएका थिए । कक्षा ९ देखि १२ सम्म पशु विज्ञान विषयको पढाइ हुने विद्यालयका प्रधानाध्यापक थमप्रसाद रोकाले बताउनुभयो ।

अनिवार्यतर्फ नेपाली, अङ्ग्रेजी, गणित र विज्ञानसँगै पशु स्वास्थ्य, पशु पोषण, कृषि प्रसार, कम्प्युटरलगायत विषयको पढाइ हुन्छ । कक्षा ९ र १० मा पशु रोग, उपचार र औषधिसम्बन्धी आधारभूत ज्ञान सिकाइन्छ । कक्षा ११ र १२ मा व्यावसायिक पशुपालन, विस्तार र व्यवस्थापनबारे पढाइ हुने गरेको छ ।

“शिक्षा मन्त्रालयमार्फत दुई शिक्षकको दरबन्दी स्वीकृत भइसकेको छ, पशु क्लिनिक र ल्याब सञ्चालनका लागि रु २६ लाख बजेट आएको छ”, प्रअ रोकाले भन्नुभयो । उहाँका अनुसार अभ्यासका लागि ल्याब, फिल्ड र पशु फार्म निर्माणको काम तत्काल अघि बढाइनेछ । प्राविधिक धारतर्फको पढाइ व्यवस्थापन र सिकाइमैत्री वातावरणका लागि शिक्षक पनि क्रियाशील छन् ।

पशु विज्ञान विषयमा छात्रभन्दा छात्राको सङ्ख्या बढी रहेको शिक्षक आभास श्रेष्ठले बताउनुभयो । “विद्यार्थी पनि पढाइमा उत्साहित र जिज्ञासु छन्”, उहाँले भन्नुभयो । प्राविधिक विषय पढ्न अन्यत्र धाउनुपर्ने बाध्यता हटेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम खत्रीले बताउनुभयो । “विद्यार्थीेले आत्मनिर्भर र स्वरोजगारमूलक शिक्षाको अवसर पाएका छन्”, उहाँले भन्नुभयो, “अब गाउँमै दक्ष पशु स्वास्थ्यकर्मी र प्राविधिक जनशक्ति तयार हुनेछ ।”

सो विषय अध्ययनका लागि पश्चिम ढोरपाटनदेखिसमेत विद्यार्थी आएका विद्यालयले जनाएको छ । विद्यार्थीले निःशुल्क पढ्न पाएका र पाठ्यपुस्तकसमेत विद्यालयले उपलब्ध गराएको अध्यक्ष खत्रीको भनाइ छ । ताराखोला गाउँपालिका कृषि र पशुपालनमा निर्भर भएकाले सम्बन्धित विषय पढाउँदा उपयोगी हुने देखेर विद्यालयले पशु विज्ञान विषयको पढाइ सञ्चालनका लागि गत वर्षदेखि नै पहल गर्दै आएको थियो ।

गत फागुनमा भएको विद्यालयको स्वर्ण जयन्ती उद्घाटनका क्रममा ताराखोला आउनुभएका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि पशु विज्ञान विषयको पढाइ सञ्चालनका लागि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । नेपाल माविसँगै निसीखोला गाउँपालिका–५ स्थित ज्ञानेन्द्र माविमा पनि यसै शैक्षिकसत्रदेखि पशु विज्ञान विषयको पढाइ शुरु भएको छ ।

सरकारले विसं २०७० देखि सामुदायिक विद्यालयमा कक्षा ९ देखि १२ सम्म प्राविधिक शिक्षा लागू गरेको थियो । हाल देशका ४३३ विद्यालयमा प्राविधिक धारतर्फ पशु विज्ञान, सिभिल इञ्जिनीयरिङ, इलेक्ट्रिक इञ्जिनीयरिङ, कम्प्युटर इञ्जिनीयरिङलगायतका विषयको पढाइ हुँदै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बुद्धिमान र हरिकाजीलाई जर्मनी बस्ने नेपालीले गरे सहयोग
बुद्धिमान र हरिकाजीलाई जर्मनी बस्ने नेपालीले गरे सहयोग
मुख्यसचिवमा कसले मार्ला बाजी ?
मुख्यसचिवमा कसले मार्ला बाजी ?
राजनीतिक अस्थिरताले देशको विकास हुन नसकेको मुख्य मन्त्री गुरुको भनाइ
राजनीतिक अस्थिरताले देशको विकास हुन नसकेको मुख्य मन्त्री गुरुको भनाइ
लुम्बिनी पिस हाफ म्याराथनको उपाधि दीपक र राजपुरालाई
लुम्बिनी पिस हाफ म्याराथनको उपाधि दीपक र राजपुरालाई
प्रधानन्यायाधीशमा अस्वीकृत जोशीलाई विप्लव नेताको मुद्दा
प्रधानन्यायाधीशमा अस्वीकृत जोशीलाई विप्लव नेताको मुद्दा
भित्तेपात्रो स्वीकृति लिन पञ्चाङ्ग निर्णायक समितिमा भिड
भित्तेपात्रो स्वीकृति लिन पञ्चाङ्ग निर्णायक समितिमा भिड
६क्का पञ्जा २ को गीत ‘ए दाजु नसमाउ’ सार्वजनिक (भिडियोसहित)
६क्का पञ्जा २ को गीत ‘ए दाजु नसमाउ’ सार्वजनिक (भिडियोसहित)
चीनले   भारतलाई युद्धका लागि तयार रहन भनेपछि  भारत ससंकित ,बढ्दै युद्दको खतरा.
चीनले भारतलाई युद्धका लागि तयार रहन भनेपछि भारत ससंकित ,बढ्दै युद्दको खतरा.
प्रधानमन्त्री चैतको दोस्रो हप्ता छिमेकी मित्र राष्ट्र चीनको भ्रमणमा जादैं
महिला स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क यातायात दिन यातायात व्यवसायी सहमत
महिला स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क यातायात दिन यातायात व्यवसायी सहमत

तपाईंले छुटाउनुभयो कि?