अत्याधुनिक सुविधासम्पन्न अस्पताल बनाउँदै नर्भिक

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, कार्तिक ८, २०७६
|
|
५४ पटक हेरिएको
Shares
अत्याधुनिक सुविधासम्पन्न अस्पताल बनाउँदै नर्भिक

सारांश

  • नर्भिक इन्टरनेशनल अस्पतालले अत्याधुनिक सुविधासम्पन्न थप नयाँ हस्पिटल भवन निर्माण गर्ने भएको छ ।
  • नयाँ अस्पताल निर्माणका लागि शुक्रबार थापाथलीमा “भूमिपूजन” तथा भवन निर्माणको शिलान्यास गरिएको छ ।
  • नयाँ भवनको निर्माण पश्चात् २०० शैया सहितको नभिर्बक यस क्षेत्रकै अत्याधुनिक सुविधासम्पन्न र पूर्वाधारयुक्त अस्पतालका रुपमा परिणत हुने बताइएको छ ।

नर्भिक इन्टरनेशनल अस्पतालले अत्याधुनिक सुविधासम्पन्न थप नयाँ हस्पिटल भवन निर्माण गर्ने भएको छ । नयाँ अस्पताल निर्माणका लागि शुक्रबार थापाथलीमा “भूमिपूजन” तथा भवन निर्माणको शिलान्यास गरिएको छ । नयाँ भवनको निर्माण पश्चात् २०० शैया सहितको नभिर्बक यस क्षेत्रकै अत्याधुनिक सुविधासम्पन्न र पूर्वाधारयुक्त अस्पतालका रुपमा परिणत हुने बताइएको छ ।

अस्पतालको प्रस्तावित नयाँ भवन चिकित्सा फाँटका तेस्रो पुस्ताको अति विशिष्ट प्रविधि र साधन–सुविधाले सुसज्जित हुने र विश्वस्तरीय स्वास्थ्य सेवा पु¥याउन आवश्यक पर्ने सवै आधुनिक साधन–सुविधाहरु जडित अस्पताल श्रोतको दावी छ ।

अस्पताल भवन निर्माणार्थ भूमिपूजन तथा भवनको शिलान्यास अस्पतालका अध्यक्ष वसन्त कुमार चौधरीले गरेका थिए । नयाँ भवनको प्रस्तावित निर्माण क्षेत्र १,५४,७७०.१ वर्गफिट हुने र भूमि÷जग्गा वाहेक परियोजनाको जम्मा लागत करिव दुई अर्ब रुपैया लाग्ने बताइएको छ । अत्याधुनिक नयाँ भवन निर्माण परियोजना आगामी तीन वर्षभित्र सम्पन्न भइसक्नेछ ।

नेपाली चिकित्सा फाँटमै नवीनतम् यस परियोजनाको डिजाइन नेपाली आर्किटेक्चर र परियोजना व्यवस्थापन कम्पनीहरु मध्येको अग्रणी कम्पनी–केज कन्सल्टले गरेको छ भने निर्माण हुने नवीनतम् भवनको आन्तरिक साज–सज्जाका सम्पूर्ण कार्यहरु सिङ्गापुरको एक ख्यातिप्राप्त कम्पनीले गर्ने भनिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्याङ्जा क्षेत्र नम्बर २ मा मतगणना सुरुः नेकपा एमालेकी अर्यालको सुरुवाती अग्रता
स्याङ्जा क्षेत्र नम्बर २ मा मतगणना सुरुः नेकपा एमालेकी अर्यालको सुरुवाती अग्रता
बसको ठक्करबाट वृद्वाको मृत्यु
बसको ठक्करबाट वृद्वाको मृत्यु
सार्कको प्रभावकारिताका लागि सदस्य राष्ट्रबीच सहकार्य आवश्यक छ: उपराष्ट्रपति यादव
सार्कको प्रभावकारिताका लागि सदस्य राष्ट्रबीच सहकार्य आवश्यक छ: उपराष्ट्रपति यादव
बलात्कारका अभियुक्त रिहा गर्न थापाको दवाव !
बलात्कारका अभियुक्त रिहा गर्न थापाको दवाव !
डेभलपमेण्ट बैङ्कर्स एशोसिएसन नेपालको अध्यक्षमा श्रेष्ठ
डेभलपमेण्ट बैङ्कर्स एशोसिएसन नेपालको अध्यक्षमा श्रेष्ठ
नवराज सिलवाललाई पक्रन प्रहरीलाई पत्र : काठमाडौं छाडिसके सिलवाल
नवराज सिलवाललाई पक्रन प्रहरीलाई पत्र : काठमाडौं छाडिसके सिलवाल
ईस्पानियोलमाथि जित निकाल्दै रियल मड्रिड शीर्ष स्थानमा उक्लियो, बार्सिलोना दबाबमा
ईस्पानियोलमाथि जित निकाल्दै रियल मड्रिड शीर्ष स्थानमा उक्लियो, बार्सिलोना दबाबमा
विद्यालयमा देखियो अज्ञात रोग, एक जनाको मृत्यु
विद्यालयमा देखियो अज्ञात रोग, एक जनाको मृत्यु
प्रधानमन्त्रीको प्रश्न : माइतीघर मण्डला आमसभा, जुलुसका लागि उपयुक्त ठाउँ हो ?
प्रधानमन्त्रीको प्रश्न : माइतीघर मण्डला आमसभा, जुलुसका लागि उपयुक्त ठाउँ हो ?
मुस्ताङमा मतगणना शुरु, राति ११ बजेसम्म परिणाम आइसक्ने
मुस्ताङमा मतगणना शुरु, राति ११ बजेसम्म परिणाम आइसक्ने

तपाईंले छुटाउनुभयो कि?