उपेन्द्र यादवले तत्काल सरकार नछोड्ने

Abhiyanpost Abhiyanpost
|
आइतबार, मंसिर १, २०७६
|
|
५९ पटक हेरिएको
Shares
उपेन्द्र यादवले तत्काल सरकार नछोड्ने

सारांश

  • सत्तारुढ दल समाजवादी पार्टीको काठमाडौंमा संघीय परिषद बैठकलगत्तै केन्द्रीय कार्यसमिति बैठक बसेको छ ।
  • बैठकको मुख्य एजेण्डा सरकारबाट पार्टी बाहिरिनुपर्नेमा केन्द्रित रहेको थियो ।
  • तर, केन्द्रिय कार्यसमिति बैठकले तत्काल सरकार नछाड्ने निष्कर्ष निकालेको एक नेताले जानकारी दिए ।

सत्तारुढ दल समाजवादी पार्टीको काठमाडौंमा संघीय परिषद बैठकलगत्तै केन्द्रीय कार्यसमिति बैठक बसेको छ । बैठकको मुख्य एजेण्डा सरकारबाट पार्टी बाहिरिनुपर्नेमा केन्द्रित रहेको थियो । तर, केन्द्रिय कार्यसमिति बैठकले तत्काल सरकार नछाड्ने निष्कर्ष निकालेको एक नेताले जानकारी दिए ।

बिहीबार बसेको संघीय परिषद् बैठकमा संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टी सरकारबाट बाहिरिनुपर्ने प्रस्ताव राखेका थिए । उनको प्रस्तावमा अधिकांश नेताहरुको सहमति थियो । तर, शुक्रबार र शनिबार बसेको केन्द्रीय समिति बैठकले सरकारबाट तत्काल बाहिरिन नहुने निश्कर्ष निकालेको छ ।

यद्धपी बैठकमा सहभागी अधिकांश केन्द्रिय सदस्यहरुले संविधान संशोधनप्रति सरकारको नेतृत्वकर्ता नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सकारात्मक नभएकाले तत्काल सरकार छाड्नुपर्ने धारणा राखेका थिए । बहुमत सदस्यहरु संघीय परिषद अध्यक्ष भट्टराईकै लाईनमा थिए । उनीहरुले सरकारबाट बाहिरिएर संविधान संशोधनका लागि सडक आन्दोलनमा जानुपर्ने मत राखेका थिए ।

तर, केन्द्रिय अध्यक्ष तथा वर्तमान उपप्रधानमन्त्री उपेन्द्र यादव भने कुनैपनि हालतमा सरकारबाट बाहिरिने पक्षमा देखिएनन् । उनले सरकारमै बसेर संविधान संशोधनलगायत अन्य महत्वपूर्ण मागहरु पूरा गराउन लागिपर्नुपर्ने अडान लिएका थिए ।

बाबुरामनिकट नेताले दिएको जानकारी अनुसार पार्टी सरकारमा बसिरहे ठूलो क्षति पुग्ने निश्कर्ष अध्यक्ष भट्टराईले निकालेको र सोहीअनुसार अघि बढ्ने अडान लिएका जानकारी दिएका थिए । पार्टीलाई सरकारबाट बाहिर ल्याउनको लागि आफूले जस्तोसुकै कठोर कदम पनि चाल्ने बाबुरामको तयारी थियो । तर, बाबुराम केन्द्रिय अध्यक्ष उपेन्द्रसँग हारेका छन् ।

(https://ausoma.org)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बजारमा आयो यसपालि तीजमा तहल्का मच्चाउने यस्तो गीत (भिडियोसहित)
बजारमा आयो यसपालि तीजमा तहल्का मच्चाउने यस्तो गीत (भिडियोसहित)
निर्मला प्रकरणमा नयाँ खुलासा, प्रदीप पनि नक्कली हत्यारा !
निर्मला प्रकरणमा नयाँ खुलासा, प्रदीप पनि नक्कली हत्यारा !
शरणार्थीहरुलाई चाँडै स्वदेश फर्किने वातावरण बनाउन बङ्गलादेशका प्रधानमन्त्री आ ग्रह
शरणार्थीहरुलाई चाँडै स्वदेश फर्किने वातावरण बनाउन बङ्गलादेशका प्रधानमन्त्री आ ग्रह
काठमाडौंमा आज यस वर्षकै सबैभन्दा चिसो
काठमाडौंमा आज यस वर्षकै सबैभन्दा चिसो
यस्ताे छ चिनियाँ सपनामा हिडेका देशहरुको अवस्था
अकुत सम्पत्ति कमाएको आरोपमा पूर्वमुख्यसचिव क्षेत्री र तीन पूर्व आइजिपी अख्तियार तानिए
अकुत सम्पत्ति कमाएको आरोपमा पूर्वमुख्यसचिव क्षेत्री र तीन पूर्व आइजिपी अख्तियार तानिए
प्रचण्डको निवास जाने बाटोमा बम फेला, नेपाली सेनाद्वारा डिस्पोज
प्रचण्डको निवास जाने बाटोमा बम फेला, नेपाली सेनाद्वारा डिस्पोज
मिस वल्र्डको सेमिफाइनलमा श्रृंखला
मिस वल्र्डको सेमिफाइनलमा श्रृंखला
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने
युद्धविराम वार्ताका लागि हमास प्रमुख इजिप्ट जाने
युद्धविराम वार्ताका लागि हमास प्रमुख इजिप्ट जाने

तपाईंले छुटाउनुभयो कि?