तालिबानको आक्रमणमा नौ प्रहरी मारिए

Abhiyanpost Abhiyanpost
|
मंगलबार, माघ १४, २०७६
|
|
५० पटक हेरिएको
Shares
तालिबानको आक्रमणमा नौ प्रहरी मारिए

सारांश

  • १४ माघ स् अफगननिस्तानको उत्तरी प्रान्त बाघलानमा रहेको एक प्रहरी चौकीमा तालिबान लडाकू समूहले गरेको एक आक्रमणमा परी कम्तीमा नौ प्रहरीको मृत्यु भएको छ ।
  • सो आक्रमणमा परी अन्य तीन जना बेपत्ता भएका स्थानीय अधिकारीहरुले मङ्गबार जानकारी दिएका छन् ।
  • प्रान्तीय राजधानी पुल ए खुम्रीको बाहिरी इलाकामा पर्ने बाघलानको समानगान राजमार्गको छेउमा पर्ने खज्जा अल्वानमा सुरक्षा चौकीमा तालिबान लडाकू समूहले सोमबार अबेर राती आक्रमण गरेका थिए ।

१४ माघ स् अफगननिस्तानको उत्तरी प्रान्त बाघलानमा रहेको एक प्रहरी चौकीमा तालिबान लडाकू समूहले गरेको एक आक्रमणमा परी कम्तीमा नौ प्रहरीको मृत्यु भएको छ । सो आक्रमणमा परी अन्य तीन जना बेपत्ता भएका स्थानीय अधिकारीहरुले मङ्गबार जानकारी दिएका छन् ।

प्रान्तीय राजधानी पुल ए खुम्रीको बाहिरी इलाकामा पर्ने बाघलानको समानगान राजमार्गको छेउमा पर्ने खज्जा अल्वानमा सुरक्षा चौकीमा तालिबान लडाकू समूहले सोमबार अबेर राती आक्रमण गरेका थिए ।

यो घटना तालिबान आतंककारीहरूको समूहले गराएका थिए । त्यसमा परी नौ जना प्रहरीको मृत्यु भएको र तीन अन्य बेपत्ता भएका प्रान्तीय अधिकारीले नाम नबताउने शर्तमा सिन्ह्वा समाचार समितिलाई बताएका छन् । झडपमा लडाकू समूहका पनि केही सदस्य हताहत भएको स्रोतले बताएको छ ।

प्रान्तीय प्रहरीका प्रवक्ता जाविद बेशरतले राति भएको झडपको पुष्टि गर्नु भएको छ । तर पीडितको सही संख्या कति हो भन्ने बारेमा भने केही बताएका छैनन । उनले सो घटनाको अनुसन्धान भइरहेको र थप विवरण पछि मात्र आउने बताएका छन् ।

सन् २००१ को अन्त्यतिर शासनबाट हटेका तालिबान लडाकूहरुले अफगानिस्तानमा सुरक्षा अधिकारी र सर्वसाधारण नागरिकमाथि बारम्बार आक्रमण गर्दै आएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गाउँपालिकाको नाम र केन्द्र फेर्दा रोल्पा र दाङमा भद्रगोल
गाउँपालिकाको नाम र केन्द्र फेर्दा रोल्पा र दाङमा भद्रगोल
कांग्रेसले भन्यो : ‘रवि लामिछानेलाई समर्थन छैन, निश्पक्ष र स्वतन्त्र छानबिन हुनुपर्छ’
कांग्रेसले भन्यो : ‘रवि लामिछानेलाई समर्थन छैन, निश्पक्ष र स्वतन्त्र छानबिन हुनुपर्छ’
पाथिभरा दर्शन गरी फर्किएका दुई तीर्थयात्रीको जिप दुर्घटनामा  मृत्यु
पाथिभरा दर्शन गरी फर्किएका दुई तीर्थयात्रीको जिप दुर्घटनामा मृत्यु
निजी क्षेत्रलाई अर्थमन्त्रीको ढाडस, मनोबल उकास्ने प्रतिबद्धता
निजी क्षेत्रलाई अर्थमन्त्रीको ढाडस, मनोबल उकास्ने प्रतिबद्धता
अग्नीपीडित परिवारलाई राहत वितरण
अग्नीपीडित परिवारलाई राहत वितरण
देवघाट स्नानमा साउनको दोश्रो सोमबार पनि भक्तजनको भीड
देवघाट स्नानमा साउनको दोश्रो सोमबार पनि भक्तजनको भीड
एक सय ३९ अपाङ्गता भएका बालबालिका विद्यालय बाहिर
एक सय ३९ अपाङ्गता भएका बालबालिका विद्यालय बाहिर
भारतीय नागरिकद्वारा शरीरमा आगो लगाएर आत्महत्या
भारतीय नागरिकद्वारा शरीरमा आगो लगाएर आत्महत्या
मामा घर अनाथ बाल आश्रमको संरक्षणका लागि महाँयज्ञ संचालनमा
ह्वाइट हाउसका कर्मचारीलाई  ट्रम्पकाे निर्देशन
ह्वाइट हाउसका कर्मचारीलाई ट्रम्पकाे निर्देशन

तपाईंले छुटाउनुभयो कि?