श्रम मन्त्रालयको छ महिनामा ७० प्रतिशत प्रगति

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, माघ २४, २०७६
|
|
५७ पटक हेरिएको
Shares
श्रम मन्त्रालयको छ महिनामा ७० प्रतिशत प्रगति

सारांश

  • काठमाडाैं।
  • श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालयले चालू आर्थिक वर्षको छ महिनामा  वजेट कार्यान्वयनमा ७०.
  • ५ प्रतिशत प्रगति हासिल गरेको छ।

काठमाडाैं। श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालयले चालू आर्थिक वर्षको छ महिनामा  वजेट कार्यान्वयनमा ७०.५ प्रतिशत प्रगति हासिल गरेको छ। मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले अर्धवार्षिक प्रगति समीक्षा बैठकमा वार्षिक, नीति, कार्यक्रम र बजेट कार्यान्वयन, कार्ययोजना, चरणबद्ध उपलब्धि र मुख्य उपलब्धि सूचकको आधारमा सो प्रगति हासिल गरिएको जानकारी दिए।
बिहीबार मन्त्रालयमा आयोजित बैठककमा श्रम, रोजगार तथा सामाजिक विकास  मन्त्री रामेश्वरराय यावदले  आन्तरिक रोजगारी प्रवद्र्धन हुने गरी रोजगारीका क्षेत्र खोजी गर्नुपर्ने बताए। उनले सीपमूलक तालीमलाई थप प्रभावकारी बनाउनु, आन्तरिक रोजगारी, स्वरोजगारी र वैदेशिक रोजगारीलाई उपलब्धिमूलक निर्देशन दिए।  
सचिव विनोद केसीले कार्यक्रम कार्यान्वयनमा प्रभावकारिता देखाउन बाँकी खरीदको सूचना चाँडै नै प्रकाशन गर्न मन्त्रालय मातहतका निकायलाई निर्देशन दिए। उनले  श्रम सम्बन्ध असल राख्न, वैदेशिक रोजगारीमा ठगी र  अनियमितता  अन्त्य गर्न, आन्तरिक रोजगारीलाई प्रोत्साहन दिन र सामाजिक सुरक्षा कोषमा आबद्धता बढाउन मन्त्रालयले जोड दिएको जानकारी दिए। बैठकमा विनियोजित कार्यक्रमको हरेक शीर्षकको भएको कार्यप्रगतिको अवस्था, कार्यान्वयन हुन नसकेको कारण र लक्ष्यअनुसार प्रगति हासिल गर्न चाल्नुपर्ने कदमका बारेमा छलफल भएको थियो। 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चितवनमा तरबार  प्रहार गर्ने एक युवा पक्राउ
चितवनमा तरबार प्रहार गर्ने एक युवा पक्राउ
दाङमा एकैपटक नौ पुल निर्माण
दाङमा एकैपटक नौ पुल निर्माण
भर्ना भएकामध्ये ६० प्रतिशतभन्दा बढी विद्यार्थी परीक्षा दिनुभन्दाअघि नै हराए
भर्ना भएकामध्ये ६० प्रतिशतभन्दा बढी विद्यार्थी परीक्षा दिनुभन्दाअघि नै हराए
एमालेको संगठन देखेर कांग्रेस र माओवादी आत्तिएः ओली
एमालेको संगठन देखेर कांग्रेस र माओवादी आत्तिएः ओली
देउवा सरकारका सबै निर्णय खारेज गर्दा हुन्छः नेता रिजाल
वुद्ध जयन्तीमा कुश्मामा वृक्षारोपण, १०८ पिपलको विरुवाको ॐ आकारमा पार्क तयार गरिने
वुद्ध जयन्तीमा कुश्मामा वृक्षारोपण, १०८ पिपलको विरुवाको ॐ आकारमा पार्क तयार गरिने
सुन तस्करि प्रकरण: अभियुक्तले विमानस्थलभित्रै भवन ठड्याउदै !
सुन तस्करि प्रकरण: अभियुक्तले विमानस्थलभित्रै भवन ठड्याउदै !
स्थानीय तहको दोस्रो चरणको निर्वाचनलाई ध्यानमा राखेरभारतसँग जोडिएको सीमानाका ३ दिन बन्द हुने,,,
स्थानीय तहको दोस्रो चरणको निर्वाचनलाई ध्यानमा राखेरभारतसँग जोडिएको सीमानाका ३ दिन बन्द हुने,,,
एमालेको जनमत घटेको छैन, केपी ओलीको राजीनामा मेजर प्रश्न होइनः मणि थापा
एमालेको जनमत घटेको छैन, केपी ओलीको राजीनामा मेजर प्रश्न होइनः मणि थापा
मनसुनपछि ८५ को मृत्यु, ४६ बेपत्ता
मनसुनपछि ८५ को मृत्यु, ४६ बेपत्ता

तपाईंले छुटाउनुभयो कि?