भैँसी चोरेको आरोपमा पक्राउ

Abhiyanpost Abhiyanpost
|
बुधबार, फाल्गुन ७, २०७६
|
|
५८ पटक हेरिएको
Shares
भैँसी चोरेको आरोपमा पक्राउ

सारांश

  • भैँसी चोरी गरेको आरोपमा प्रहरीले भिरकोट नगरपालिका–२ का २४ वर्षीय अजमत अलि र सोही ठाउँका २७ वर्षीय महमद अलिलाई पक्राउ गरेको छ ।
  • उनीहरुले ग१ज ५८४१ नंको जिपमा भैँसी र पाडी लिएर बयरघारीतर्फ जाँदैगर्दा सोधपुछका क्रममा भैँसी किनेको ठाउँ खुलाउन नसकेपछि मंगलबार पक्राउ गरिएको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ ।
  • भिरकोट नगरपालिका– का तेजबहादुर केसीको दुई वर्षको पाडी र भिरकोट–२ की जमुना केसीको सात वर्षको लैनोभैँसी गोठबाटै हालै चोरी भएको थियो ।

भैँसी चोरी गरेको आरोपमा प्रहरीले भिरकोट नगरपालिका–२ का २४ वर्षीय अजमत अलि र सोही ठाउँका २७ वर्षीय महमद अलिलाई पक्राउ गरेको छ ।
उनीहरुले ग१ज ५८४१ नंको जिपमा भैँसी र पाडी लिएर बयरघारीतर्फ जाँदैगर्दा सोधपुछका क्रममा भैँसी किनेको ठाउँ खुलाउन नसकेपछि मंगलबार पक्राउ गरिएको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ ।
भिरकोट नगरपालिका– का तेजबहादुर केसीको दुई वर्षको पाडी र भिरकोट–२ की जमुना केसीको सात वर्षको लैनोभैँसी गोठबाटै हालै चोरी भएको थियो । पीडित किसानले गोठबाटै भैँसी हराएको उजुरी दिएपछि प्रहरीले खोजतलास थालेको थियो । यस क्रममा अलि द्वयलाई जिपसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
तेजबहादुर केसी र जमुना केसीलाई भैँसी र पाडी देखाउँदा आफूहरुको भएको बताएको कार्यालयका प्रमुख प्रहरी निरीक्षक निरञ्जन घिमिरेले जानकारी दिनुभयो । चोरी कार्यमा संलग्नलाई जिल्ला अदालतमा म्याद थपी अनुसन्धान थालिएको जनाएको छ ।
चोरी गर्ने व्यक्तिलाई कडाभन्दा कडा कारवाही गर्नुपर्ने भन्दै सो नगरपालिकाका स्थानीय बासिन्दा वडा प्रहरी कार्यालय वालिङमा पुगेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आप्रबासी छिर्न रोक नलगाए मेक्सिकोसँगको सीमा बन्द गर्ने ट्रम्पको चेतावनी
आप्रबासी छिर्न रोक नलगाए मेक्सिकोसँगको सीमा बन्द गर्ने ट्रम्पको चेतावनी
सुनकाण्ड- सनमको शव लुकाउनेमा २ करोडको बार्गेनिङ
सुनकाण्ड- सनमको शव लुकाउनेमा २ करोडको बार्गेनिङ
विष्फाेट गरेकाे अाराेपमा लतिलपुर जिल्ला सेक्रेटरी सहित ५ जना पक्राउ
इलाम-१ मा पुनः निर्वाचन गर्न झलनाथले दायर गरेको रिट खारेज
इलाम-१ मा पुनः निर्वाचन गर्न झलनाथले दायर गरेको रिट खारेज
राष्ट्रिय बिदाको ठाउँमा स्थानीय बिदा थप्ने गापाको तयारी
राष्ट्रिय बिदाको ठाउँमा स्थानीय बिदा थप्ने गापाको तयारी
यी हुन् गठबन्धनका प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार (सूचीसहित)
यी हुन् गठबन्धनका प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार (सूचीसहित)
झण्डै २३ लाखको लागतमा घोराही उपमहानगरको १३ र १९ का जनता जोडिए
झण्डै २३ लाखको लागतमा घोराही उपमहानगरको १३ र १९ का जनता जोडिए
मुग्लिन–पोखरा सडक : तनहुँ खण्डमा डेढ किमी कालोपत्र
मुग्लिन–पोखरा सडक : तनहुँ खण्डमा डेढ किमी कालोपत्र
सामुदायिक विद्यालयमा मोबाइल फोन निषेध
सामुदायिक विद्यालयमा मोबाइल फोन निषेध
यी हुन सुन तस्करीका मुख्य नाइके ‘गोरे’की प्रेमिका रक्षा भण्डारी
यी हुन सुन तस्करीका मुख्य नाइके ‘गोरे’की प्रेमिका रक्षा भण्डारी

तपाईंले छुटाउनुभयो कि?