जर्मनीमा दुईवटा गोलीकाण्डमा कम्तीमा ‘आठ व्यक्तिको मृत्यु’

Abhiyanpost Abhiyanpost
|
बिहिबार, फाल्गुन ८, २०७६
|
|
५५ पटक हेरिएको
Shares
जर्मनीमा दुईवटा गोलीकाण्डमा कम्तीमा ‘आठ व्यक्तिको मृत्यु’

सारांश

  • बीबीसी।
  • जर्मनीको हानाउ शहरमा भएका दुईवटा गोलीकाण्डमा कम्तीमा आठजना व्यक्ति मारिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
  • प्रहरीले मृतकको यकिन सङ्ख्या पुष्टि नगरे पनि घाइते हुनेहरूको सङ्ख्या कम्तीमा छ रहेको जनाएको छ।

बीबीसी। जर्मनीको हानाउ शहरमा भएका दुईवटा गोलीकाण्डमा कम्तीमा आठजना व्यक्ति मारिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

प्रहरीले मृतकको यकिन सङ्ख्या पुष्टि नगरे पनि घाइते हुनेहरूको सङ्ख्या कम्तीमा छ रहेको जनाएको छ। प्रहरीले बीबीसीलाई बताए अनुसार राति करिब १० बजेतिरका घटना हुन्।

घटनापछि सन्दिग्धहरू फरार भएको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। गोलीकाण्ड भएको हानाउ शहर फ्र्याङ्कफर्टदेखि २५ किलोमिटर पूर्वमा पर्छ।

स्थानीय सञ्चारमाध्यमहरूका अनुसार पहिलो गोलीकाण्ड मध्य हानाउस्थित एउटा बारमा भएको थियो भने दोस्रो घटना हनाउकै केसेल्सटाटस्थित अर्को बारमा भएको थियो।

दुवै घटनास्थललाई प्रहरीले घेरा हालेका छन् र हवाई गस्ती पनि गरिँदैछ।  अज्ञात सङ्ख्यामा रहेका बन्दुकधारीहरूले पहिलो शीशाबारमा आक्रमण गर्दा तीनजना र दोस्रोमा पाँचजना मारिएको एउटा स्थानीय टेलिभिजनले जनाएको छ।

अहिलेसम्म आक्रमणको उद्देश्य थाहा हुन नसकेको प्रहरीद्वारा जारी एउटा वक्तव्यमा भनिएको छ। सन्दिग्धबारे सूचना पाउने प्रयासस्वरूप सर्वसाधारणका लागि टेलिफोन हटलाइन स्थापना गरिएको छ।

बन्दुक राख्ने पाउने विषयमा कडा कानुन भएको जर्मनीमा गोलीकाण्डका घटना विरलै हुन्छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इलाम समानुपातिकमा एमाले पहिलो
सुदन गुरुङको पत्रकार सम्मेलनमा हुलहुज्जत गर्ने एमाले कार्यकर्ता प्रेम लामा पक्राउ
सुदन गुरुङको पत्रकार सम्मेलनमा हुलहुज्जत गर्ने एमाले कार्यकर्ता प्रेम लामा पक्राउ
राष्ट्रिय सभा निर्वाचन : मंगलबारदेखि आचारसंहिता लागू, के-के गर्न हुँदैन ?
राष्ट्रिय सभा निर्वाचन : मंगलबारदेखि आचारसंहिता लागू, के-के गर्न हुँदैन ?
एक हजार ६६८ कर्मचारीलाई कारवाहीका लागि सिफारिस, यस्तो छ कारण
एक हजार ६६८ कर्मचारीलाई कारवाहीका लागि सिफारिस, यस्तो छ कारण
काठमाडौँमा गठबन्धनकी उम्मेद्वार सिर्जना सिंहविरुद्ध सुरज वैद्य उठाउने एमालेको तयारी
काठमाडौँमा गठबन्धनकी उम्मेद्वार सिर्जना सिंहविरुद्ध सुरज वैद्य उठाउने एमालेको तयारी
ललितपुरको नख्खुमा एनसेल अफिस अगाडि बम विष्फोट
ललितपुरको नख्खुमा एनसेल अफिस अगाडि बम विष्फोट
भारत नेपालको विकास भएको हेर्न चाहन्छ, हामी सहयोग गर्छौं : भाजपा बरिष्ठ नेता आड्वाणी
भारत नेपालको विकास भएको हेर्न चाहन्छ, हामी सहयोग गर्छौं : भाजपा बरिष्ठ नेता आड्वाणी
रौतहटको गरुडा घटना छानबिनका लागि टोलीले काम सुरु गर्‍यो
रौतहटको गरुडा घटना छानबिनका लागि टोलीले काम सुरु गर्‍यो
पम्फा र मदनका प्रतिस्पर्धी भन्छन्, ‘निस्वार्थ भावनाले देश र जनताको सेवा गर्छु’
पम्फा र मदनका प्रतिस्पर्धी भन्छन्, ‘निस्वार्थ भावनाले देश र जनताको सेवा गर्छु’
आइपीएल: लखनउको पहिलो जित, चेन्नईको लगातार दोस्रो हार
आइपीएल: लखनउको पहिलो जित, चेन्नईको लगातार दोस्रो हार

तपाईंले छुटाउनुभयो कि?