‘मुलुकमा ठूलो फेरबदल ल्याउन राप्रपा एकता’

Abhiyanpost Abhiyanpost
|
बिहिबार, फाल्गुन २९, २०७६
|
|
५३ पटक हेरिएको
Shares
‘मुलुकमा ठूलो फेरबदल ल्याउन राप्रपा एकता’

सारांश

  • काठमाडौं ।
  • राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्शेर जबराले देशको आवश्यकताका कारण टुक्रिएर रहेको राप्रपा एक ढिक्का भएको बताएका छन् ।
  • यहाँ आज आयोजित राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्र्टी (संयुक्त) को एकता घोषणा सभामा उनले देशभरका कार्यकर्ताले एक हुन आह्वान गरेका कारण पार्टी एक भएको उल्लेख गरे ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्शेर जबराले देशको आवश्यकताका कारण टुक्रिएर रहेको राप्रपा एक ढिक्का भएको बताएका छन् । यहाँ आज आयोजित राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्र्टी (संयुक्त) को एकता घोषणा सभामा उनले देशभरका कार्यकर्ताले एक हुन आह्वान गरेका कारण पार्टी एक भएको उल्लेख गरे ।

जनताले कम्युनिष्ट र काँग्रेसको विकल्प खोजेको छ भन्दै अध्यक्ष राणाले दुवै पार्टीले गर्न नसकेका काम राप्रपाले गरेर देखाउने बताए । “राप्रपा एक हुनुपर्छ भन्ने आग्रह, सुझाव र माग थियो”, उनले भने, “जनताको माग सम्बोधन गर्न हामी एक हुन बाध्य भयौँ ।”

पार्टी एक भएर मात्र नपुग्ने र यसका लागि जनताको भावनालाई समेटेर अघि बढ्नुपर्ने उनको भनाइ थियो । सम्पूर्ण प्रजातन्त्रवादी शक्तिलाई एक भएर अघि बढ्न अध्यक्ष राणाले आग्रह गरे । “चानचुने उद्देश्यले एक भएका होइनौँ, मुलुकमा ठूलो फेरबदल ल्याउन एकता गरेका हौँ”, उनले भने । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सानोतिनो झगडा र भागबण्डामा अल्झेको र भूमिकाविहीन अवस्थामा रहेको अध्यक्ष राणाले आरोप लगाए ।

राप्रपाका अर्का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले कार्यकर्ताको प्रेरणाका कारण पार्टी एकता भएको बताए । “संवैधानिक राजतन्त्र र हिन्दू राष्ट्र हाम्रो मूल मन्त्र हो”, उनले भने, “पाँच हजार वर्ष पुरानो सभ्यता रहेकाले त्यसको जगेर्ना गर्नुपर्छ ।” विश्वभरिका हिन्दूको आस्थाको केन्द्र नेपाललाई बनाउनसके मुलुक आर्थिकरूपमा बलियो हुने उनको भनाइ थियो । प्रमुख प्रतिपक्षी दलको भूमिका निर्वाह गर्न नसकेकामा उनले काँग्रेसको आलोचना गरे ।

अर्का अध्यक्ष कमल थापाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र काँग्रेसपछिको तेस्रो शक्तिका रूपमा राप्रपाको एकीकरण भएको उल्लेख गरे । । “एकताबाट देशले बलियो राष्ट्रवादी र प्रजातन्त्रवादी शक्ति प्राप्त गरेको छ, जनताले विकल्प खोजेकाले एक हुनुप¥यो”, उनले भने । विसं २००७ यता वामपन्थी र काँग्रेस हावी हुँदै आएको र अब उक्त स्थान राप्रपाले लिने उहाँको भनाइ थियो । कार्यकर्ताको व्यापक दबाबपछि अध्यक्षत्रय राणा, लोहनी र थापाले हातमा गीता लिएर ‘अब कहिल्यै पार्टी फुटाउँदैनौँ’ भनेर शपथ खाएका थिए ।”

पार्टी एकता घोषणासभामा पूर्वप्रधानमन्त्री एवं राप्रपा नेता लोकेन्द्रबहादुर चन्दले आफ्नो वर्षौंदेखिको चाहना पार्टी एकता भएको भन्दै खुशी व्यक्त गरेका थिए । मुलुकको अवस्था सन्तोषजनक नभएको उनको भनाइ थियो । मुलुक बलियो बनाउने उद्देश्यका साथ पार्टी हाँक्न उनले नेतृत्व पङ्क्तिलाई सुझावसमेत दिए । काँगेसको भूमिका नदेखिएकाले जनताले त्यसको विकल्पमा राप्रपालाई हेरेको आफूले पाएको पूर्वप्रधानमन्त्री चन्दको भनाइ थियो ।

कार्यक्रममा नेता दीपक बोहरा, राजेन्द्र लिङ्देन, विक्रम पाण्डे, रीना गुरुङलगायतले सम्बोधन गरेका थिए । राप्रपा एकता घोषणासभामा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा एवं राप्रपा संयुक्तका नेता सुनीलबहादुर थापाको भने उपस्थिति थिएन ।  

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुनको भाउ घटयो, मंगलबार कतिमा हुदै छ कारोबार ?
सुनको भाउ घटयो, मंगलबार कतिमा हुदै छ कारोबार ?
प्रधानमन्त्रीको गृहजिल्लामा एमालेको प्यानलै विजयी
प्रधानमन्त्रीको गृहजिल्लामा एमालेको प्यानलै विजयी
वडाध्यक्ष धामीको हत्या प्रकरणः अनुसन्धानका लागि सात जना प्रहरी नियन्त्रणमा
वडाध्यक्ष धामीको हत्या प्रकरणः अनुसन्धानका लागि सात जना प्रहरी नियन्त्रणमा
डा.केसीले दिए गगनलाई जितको शुभकामना
डा.केसीले दिए गगनलाई जितको शुभकामना
एक्सनमा उत्रियो कास्की प्रहरी, स्वीप अप्रेशनमा एकैदिन ९१ व्यक्ति नियन्त्रणमा
एक्सनमा उत्रियो कास्की प्रहरी, स्वीप अप्रेशनमा एकैदिन ९१ व्यक्ति नियन्त्रणमा
मन्त्रिपरिषद पुनर्गठन अन्यौलमा
मन्त्रिपरिषद पुनर्गठन अन्यौलमा
एमाले पोलिट ब्युरो र केन्द्रीय समिति बैठक स्थगित, विवादित विषयमा दुर्इ अध्यक्षबीच छलफल
एमाले पोलिट ब्युरो र केन्द्रीय समिति बैठक स्थगित, विवादित विषयमा दुर्इ अध्यक्षबीच छलफल
नक्कली फेसबुक आईडी बनाएर महिलाको चरित्र हत्या गरेको आरोपमा एक युवक पक्राउ, अनुसन्धान गर्न ७ दिनको म्याद थप
नक्कली फेसबुक आईडी बनाएर महिलाको चरित्र हत्या गरेको आरोपमा एक युवक पक्राउ, अनुसन्धान गर्न ७ दिनको म्याद थप
उपत्यकामा एकै दिन १०१ फार्मेसीको अनुगमन, १० फार्मेसी सिल
उपत्यकामा एकै दिन १०१ फार्मेसीको अनुगमन, १० फार्मेसी सिल
राजविराज घटना देशलाई बन्धक बनाउने सुनियोजित षडयन्त्र होः एमाले
राजविराज घटना देशलाई बन्धक बनाउने सुनियोजित षडयन्त्र होः एमाले

तपाईंले छुटाउनुभयो कि?