कोरोना संक्रमित संख्या ७ लाख नाघ्यो, ३४ हजार बराबरको मृत्यु

Abhiyanpost Abhiyanpost
|
सोमबार, चैत्र १७, २०७६
|
|
६७ पटक हेरिएको
Shares
कोरोना संक्रमित संख्या ७ लाख नाघ्यो, ३४ हजार बराबरको मृत्यु

सारांश

  • विश्व महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ७ लाख २१ हजार ५८४ पुगेको छ।
  • गत २४ घण्टाभित्र करिब ६० हजार नयाँ संक्रमित थपिएका छन्।
  • यसैगरी भाइरस संक्रमणबाट ३३ हजार ९५८ ले ज्यान गुमाइसकेका छन्।

विश्व महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ७ लाख २१ हजार ५८४ पुगेको छ। गत २४ घण्टाभित्र करिब ६० हजार नयाँ संक्रमित थपिएका छन्।

यसैगरी भाइरस संक्रमणबाट ३३ हजार ९५८ ले ज्यान गुमाइसकेका छन्। ज्यान गुमाउने संख्या इटालीमा सबभन्दा बढी छ। इटालीमा सोमबार बिहानसम्ममा १० हजार ७७९ ले ज्यान गुमाइसकेका छन्। यस्तै सपेनमा ६ हजार ८०३ को मृत्यु भएको छ।

अमेरिकामा संक्रमण तीव्र रूपमा फैलिरहेको छ। हालसम्म त्यहाँ १ लाख ४२ हजार १०६ जनामा संक्रमण पुष्टि भइसकेको छ भने २ हजार ४७९ ले ज्यान गुमाइसकेका छन्।

सुरुवातमा इपिसेन्टर रहेको चीनमा आइतबार ३१ नयाँ संक्रमित थपिएको चिनियाँ सञ्चार माध्यम सीजीटीएनले जनाएको छ। तीमध्ये ३० जना अन्य देशबाट आएका यात्रुमा देखिएको राष्ट्रिय स्वास्थ्य आयोग चीनले बताएको छ। त्यस्तै ३ हजार ३०४ जनाको ज्यान गइसकेको छ।

कुन देशमा कति (आँकडा)

अमेरिका
संक्रमित: १,४२,१०६
मृत्यु: २,४७९
निको: २,६८६

इटाली
संक्रमित: ९७,६८९
मृत्यु: १०,७७९
निको: १३,०३०

चीन
संक्रमित: ८२,१२२
मृत्यु: ३,३०४
निको: ७५,५८२

स्पेन
संक्रमित: ८०,११०
मृत्यु: ६,८०३
निको: १४,७०९

जर्मनी
संक्रमित: ६२,०९५
मृत्यु: ५४१
निको: ९,२११

फ्रान्स
संक्रमित: ४०,७२३
मृत्यु: २,६११
निको: ७,२२६

इरान
संक्रमित: ३८,३०९
मृत्यु: २,६४०
निको: १२,३९१

बेलायत
संक्रमित: १९,७८४
मृत्यु: १,२३१
निको: १५१

स्वीजरल्यान्ड
संक्रमित: १४,८२९
मृत्यु: ३००
निको: १,५९५

नेदरल्यान्ड
संक्रमित: १०,९३०
मृत्यु: ७७२
निको: २५३

दक्षिण कोरिया
संक्रमित: ९,५८३
मृत्यु: १५२
निको: ५,०३३

भारत
संक्रमित: १,०२४
मृत्यु: २७
निको: ९५

नेपाल
संक्रमित: ५
मृत्यु: ०
निको: १
(स्रोत: जोन्स हप्किन्स विश्वविद्यालय)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हरेक दिनको कार्यप्रगति अनुगमन गर्न प्रधानमन्त्री कार्यालयले सफ्टवेयर बनाउदै
हरेक दिनको कार्यप्रगति अनुगमन गर्न प्रधानमन्त्री कार्यालयले सफ्टवेयर बनाउदै
सोभियत रुसका युवतीद्वारा भगवान् रामको भजन कीर्तन !
सोभियत रुसका युवतीद्वारा भगवान् रामको भजन कीर्तन !
१२ वर्षदेखि फरार अभियुक्त जेल चलान
१२ वर्षदेखि फरार अभियुक्त जेल चलान
प्रदेश नम्बर ३ को राजधानी यथावत हुन्छ : मुख्यमन्त्री पौडेल
प्रदेश नम्बर ३ को राजधानी यथावत हुन्छ : मुख्यमन्त्री पौडेल
बाबुराम भट्टराईलाई छोडेकी करिष्माले अब ओली वा प्रचण्ड रोज्ने !
बाबुराम भट्टराईलाई छोडेकी करिष्माले अब ओली वा प्रचण्ड रोज्ने !
प्रधानमन्त्रीलाई पत्र लेख्दै मुस्कानले एसिड आक्रमणकारीलाई फाँसी दिन माग गरिन्
प्रधानमन्त्रीलाई पत्र लेख्दै मुस्कानले एसिड आक्रमणकारीलाई फाँसी दिन माग गरिन्
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी
निर्मला पन्त हत्या प्रकरण: ‘यस्ता छन् हत्याकाण्डपछिका ६० दिनका घटनाक्रम’
निर्मला पन्त हत्या प्रकरण: ‘यस्ता छन् हत्याकाण्डपछिका ६० दिनका घटनाक्रम’
यस्ता छन् डोल्पाली उम्मेदवारका विकासे एजेण्डा
यस्ता छन् डोल्पाली उम्मेदवारका विकासे एजेण्डा
एक दिवसीय क्रिकेटः नेपालको सानदार जित
एक दिवसीय क्रिकेटः नेपालको सानदार जित

तपाईंले छुटाउनुभयो कि?