चीन, अष्ट्रेलिया र न्यूजील्याण्ड पुगेका वाइडबडी फर्किए

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, चैत्र २१, २०७६
|
|
५३ पटक हेरिएको
Shares
चीन, अष्ट्रेलिया र न्यूजील्याण्ड पुगेका वाइडबडी फर्किए

सारांश

  • काठमाडौं।
  • मेडिकल सामग्री लिन चीनको ग्वाङ्जाओ तथा अष्ट्रेलिया र न्यूजील्याण्डका नागरिक लिएर गएको नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का दुवै वाइडबडी ए–३३० जहाज स्वदेश फिर्ता भएका छन्।
  • ग्वाङ्जाओ गएको वाइडबडी त्यहाँबाट मेडिकल सामग्री लिएर आज बिहान २ः५७ बजे र अष्ट्रेलियाबाट आएको अर्को वाइडबडी जहाज गए राति ११ः१८ बजे त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अवतरण गरेको निगमका अपरेशन विभाग प्रमुख दीपु जुहार्चनले जानकारी दिए।

काठमाडौं। मेडिकल सामग्री लिन चीनको ग्वाङ्जाओ तथा अष्ट्रेलिया र न्यूजील्याण्डका नागरिक लिएर गएको नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का दुवै वाइडबडी ए–३३० जहाज स्वदेश फिर्ता भएका छन्।

ग्वाङ्जाओ गएको वाइडबडी त्यहाँबाट मेडिकल सामग्री लिएर आज बिहान २ः५७ बजे र अष्ट्रेलियाबाट आएको अर्को वाइडबडी जहाज गए राति ११ः१८ बजे त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अवतरण गरेको निगमका अपरेशन विभाग प्रमुख दीपु जुहार्चनले जानकारी दिए।

ग्वाङ्जाओबाट के–कति सामान ल्याइएको भन्ने यकिन जानकारी आएको छैन। मेडिकल सामग्री लिन निगमको कार्गो उडानको वाइडबडी जहाज बिहीबार बिहान ग्वाङ्जाओ उडेको थियो। यसअघि चैत १६ गते निगमकै वाइडबडी जहाजमार्फत ग्वाङ्जाओबाट करिब १३ हजार स्वास्थ्य सामग्री ल्याइएको छ।

त्यसैगरी बुधबार निगमको अर्को वाइडबडी जहाज चार्टर्ड उडानमार्फत अष्ट्रेलिया र न्यूजील्याण्डका नागरिक बोकेर मलेशिया हुँदै अष्ट्रेलियाको शहर ब्रिशवन पुगेको थियो । निगमले अष्ट्रेलिया गन्तव्यमा पहिलोपटक वाइडबडी जहाजले ऐतिहासिक उडान गरेको उल्लेख छ। निगमको लामो गन्तव्यको यो उडान झण्डै १३ घण्टाको थियो। हाल दुई वाइडबडी ए–३३० र दुई थान न्यारोबडी ए–३२० सिरिजको जहाजबाट निगमले अन्तर्रा्ष्ट्रिय उडान गरिरहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओरालो लाग्यो सुनको मूल्य
ओरालो लाग्यो सुनको मूल्य
पूर्वमन्त्रीलाइ हतकडि लगाउनु कम्युनिष्टदावी गर्ने सरकारका निम्ति कति शोभनीय हो : बाबुराम भट्टराई
पूर्वमन्त्रीलाइ हतकडि लगाउनु कम्युनिष्टदावी गर्ने सरकारका निम्ति कति शोभनीय हो : बाबुराम भट्टराई
‘सपना’ जस्तै एसिया कपको ‘सपना’
‘सपना’ जस्तै एसिया कपको ‘सपना’
नेपाली युवकसँग बिहे गर्दै बलिउड अभिनेत्री श्रद्धा कपूर
नेपाली युवकसँग बिहे गर्दै बलिउड अभिनेत्री श्रद्धा कपूर
नीति तथा कार्यक्रम भावी समाजवादी नेपालको मार्गचित्रः योगेश भट्टराई
नीति तथा कार्यक्रम भावी समाजवादी नेपालको मार्गचित्रः योगेश भट्टराई
पोषणसम्बन्धी समस्या समाधान गर्न तीनै तहका सरकार मिलेर अगाडि बढ्नुपर्छ : मुख्यमन्त्री यादव
पोषणसम्बन्धी समस्या समाधान गर्न तीनै तहका सरकार मिलेर अगाडि बढ्नुपर्छ : मुख्यमन्त्री यादव
शेयर बजारमा झिनो अङ्कको सुधार
शेयर बजारमा झिनो अङ्कको सुधार
राष्ट्रपतिसमक्ष उपराष्ट्रपति निर्वाचनको परिणामसहितको प्रतिवेदन पेश
राष्ट्रपतिसमक्ष उपराष्ट्रपति निर्वाचनको परिणामसहितको प्रतिवेदन पेश
राष्ट्रकवि घिमिरेलाई थप उपचारका लागि भारत लगिंदै
राष्ट्रकवि घिमिरेलाई थप उपचारका लागि भारत लगिंदै
‘सत्तासिन कामरेडहरु… ५० हजारलाई भोज खुवाउने खर्च लगानी गरेको भए’- बाबुराम भट्टराईको व्यंग्य
‘सत्तासिन कामरेडहरु… ५० हजारलाई भोज खुवाउने खर्च लगानी गरेको भए’- बाबुराम भट्टराईको व्यंग्य

तपाईंले छुटाउनुभयो कि?