सहमति कार्यान्वयनमा ओली गम्भिर नभएको भन्दै दाहाल-नेपाल गठबन्धन सक्रिय

Abhiyanpost Abhiyanpost
|
मंगलबार, बैशाख २३, २०७७
|
|
५७ पटक हेरिएको
Shares
सहमति कार्यान्वयनमा ओली गम्भिर नभएको भन्दै दाहाल-नेपाल गठबन्धन सक्रिय

सारांश

  • शनिबारको सचिवालय बैठकपछि विवाद साम्य भएको भनिएपनि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुबीच आ आफ्नो गठबन्धनको भेला भैरहेका छन् ।
  • शनिबारको सचिवालय बैठकपछि उत्कर्षमा पुगेको विवाद एकाएक हल भएको र प्रधानमन्त्री केपी शर्मा ओलीको सत्ता संकट समाधान भएको नेकपाका शीर्ष नेताहरुले निश्कर्ष निकालिरहेको अवस्थामा ओली विरोधी गठबन्धन फेरि सक्रिय भएको छ ।
  • शनिबारको सचिवालय बैठक अघिसम्म प्रधानमन्त्री ओलीको राजीनामा माग गरेका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, बरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ स्थायी कमिटी बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे रणनीति बनाउन सोमबार भेला भएका छन् ।

शनिबारको सचिवालय बैठकपछि विवाद साम्य भएको भनिएपनि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुबीच आ आफ्नो गठबन्धनको भेला भैरहेका छन् । शनिबारको सचिवालय बैठकपछि उत्कर्षमा पुगेको विवाद एकाएक हल भएको र प्रधानमन्त्री केपी शर्मा ओलीको सत्ता संकट समाधान भएको नेकपाका शीर्ष नेताहरुले निश्कर्ष निकालिरहेको अवस्थामा ओली विरोधी गठबन्धन फेरि सक्रिय भएको छ ।

शनिबारको सचिवालय बैठक अघिसम्म प्रधानमन्त्री ओलीको राजीनामा माग गरेका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, बरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ स्थायी कमिटी बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे रणनीति बनाउन सोमबार भेला भएका छन् ।

प्रवक्ता श्रेष्ठको हात्तिबनस्थित् निवासमा चार नेताहरु भेला भएको स्रोतको दाबी छ । अध्यक्ष दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेपछि चार नेताहरु भेला हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । सोमबार अपरान्ह दाहाल प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार गएका थिए । उक्त भेटवार्तामा ओली सहमति कार्यान्वयन गर्न गम्भिर नभएको निश्कर्ष दाहालले निकालेको र सोहीअनुसार चार नेता भेला भएको बुझिएको छ ।

श्रेष्ठ निवासमा भएको हिजोको भेटवार्ताले यही बैशाख २५ गते बस्ने स्थायी कमिटी बैठकमा एक व्यक्ति, एक पदमा पार्टीलाई लैजानेबारे सहमति गरेको एक नेताले जानकारी दिए । भेलामा सहभागी ती नेताले भने, स्थायी कमिटीको बैठकमा गम्भिर रुपमा कुरा उठ्छ । हामीले एक व्यक्ति, एक पदमा पार्टीलाई लैजानुपर्छ भनेका छौं । उनले प्रधानमन्त्री ओलीको राजीनामाको च्याप्टर क्लोज नभएको पनि जिकिर गरे ।

सोमबारमात्रै पनि बरिष्ठ नेता नेपालले आफू र दाहाल पक्षका स्थायी कमिटी सदस्यहरुसँग छुट्टै छलफल गरेका थिए । उता, पूर्व माओवादी केन्द्रका स्थायी कमिटी सदस्यहरु भने जनार्दन शर्माको ललितपुरस्थित् निवासमा भेला भएर रणनीति तयार पारेका थिए । बैशाख २५ गते बस्ने स्थायी कमिटीको छलफलको एजेण्डा तयार पार्ने जिम्मा पनि कार्यकारी अध्यक्ष दाहालले पाएका छन् । उनलाई महासचिव विष्णु पौडेलले सघाउने बुझिएको छ । दाहालमाथि स्थायी कमिटीको बैठकमा एक व्यक्ति, एक पदको अवधारणा अघि सार्न दबाब परेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाकिस्तानमा भएको हत्याप्रति  राष्ट्रसंघकाे ध्यानाकर्षण
पाकिस्तानमा भएको हत्याप्रति राष्ट्रसंघकाे ध्यानाकर्षण
संविधानविद्ले भने रेशम चौधरीले शपथ लिन मिल्दैन
संविधानविद्ले भने रेशम चौधरीले शपथ लिन मिल्दैन
पूर्वराजपरिवारका तीन गाडी प्रदर्शनमा राखियो
पूर्वराजपरिवारका तीन गाडी प्रदर्शनमा राखियो
आफू बसेको होटेलको कोठामा खिचिएको भिडिओप्रति कोहलीको आपत्ति, कसले खिच्यो भिडियो ?
आफू बसेको होटेलको कोठामा खिचिएको भिडिओप्रति कोहलीको आपत्ति, कसले खिच्यो भिडियो ?
भदाै एक गतेदेखि खेलाडी दर्ता अनलाइनबाटै
भदाै एक गतेदेखि खेलाडी दर्ता अनलाइनबाटै
एमाले र माओवादी केन्द्रको तालमेल सकारात्मक ः मसाल
एमाले र माओवादी केन्द्रको तालमेल सकारात्मक ः मसाल
गेटा मेडिकल कलेजः सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको प्रारुपमा सञ्चालन हुने
गेटा मेडिकल कलेजः सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको प्रारुपमा सञ्चालन हुने
कोरोना संक्रमणबाट आज १७ जनाको मृत्यु, कुल मृत्यु हुनेको संख्या ४ सय ५३
नेपाललाई आँखा उपचारको गन्तव्य बनाउन सकिन्छ : सभामुख घिमिरे
नेपाललाई आँखा उपचारको गन्तव्य बनाउन सकिन्छ : सभामुख घिमिरे
ड्युक ३९० सीसीको इन्जिनमा बजाज डोमिनार ४००
ड्युक ३९० सीसीको इन्जिनमा बजाज डोमिनार ४००

तपाईंले छुटाउनुभयो कि?