लकडाउनकै समय खरबुजा फलाएर झापाको यो टोलले कमायो रु ५० लाख

Abhiyanpost Abhiyanpost
|
आइतबार, जेठ ३२, २०७७
|
|
४२ पटक हेरिएको
Shares
लकडाउनकै समय खरबुजा फलाएर झापाको यो टोलले कमायो रु ५० लाख

सारांश

  • झापाको मेचीनगर नगरपालिका–९ खुट्टेडाँगीको एउटै टोलका किसानले बन्दाबन्दीको अवधिमा खरबुजा फलाएर रु ५० लाख आर्जन गरेका छन् ।
  • विगतमा प्रायः खोलाको बालुवामा खरबुजा खेती हुने गरेको थियो तर खुट्टेडाँगीका अगुवा किसान डिल्लीप्रसाद उप्रेतीले गत वर्ष धान र मकैखेती हुने जग्गामा समेत खरबुजा फल्छ भनेर प्रमाणित गरिदिएपछि टोलवासी खरबुजा खेतीमा उत्साहपूर्वक लागे ।
  • यस वर्ष घरैपिच्छे गरिएको यो खेतीले स्थानीयवासीको आम्दानीस्तर ह्वात्तै उकासेको छ ।

झापाको मेचीनगर नगरपालिका–९ खुट्टेडाँगीको एउटै टोलका किसानले बन्दाबन्दीको अवधिमा खरबुजा फलाएर रु ५० लाख आर्जन गरेका छन् । विगतमा प्रायः खोलाको बालुवामा खरबुजा खेती हुने गरेको थियो तर खुट्टेडाँगीका अगुवा किसान डिल्लीप्रसाद उप्रेतीले गत वर्ष धान र मकैखेती हुने जग्गामा समेत खरबुजा फल्छ भनेर प्रमाणित गरिदिएपछि टोलवासी खरबुजा खेतीमा उत्साहपूर्वक लागे ।

यस वर्ष घरैपिच्छे गरिएको यो खेतीले स्थानीयवासीको आम्दानीस्तर ह्वात्तै उकासेको छ । उप्रेती आफैँले पनि रु १५ लाखको खरबुजा बिक्री गरेको बताए । हरेक घरले कम्तीमा रु एक लाख र बढीमा रु १० लाखसम्म नाफा आर्जन गरेको किसानको नेतृत्व गरेका उप्रेतीले भने ।

डिएण्डडी वायो प्लानटेक नामक संस्थामार्फत उप्रेतीले एक्लै खुरबुजा खेतीबाट लाखौँ आर्जन गरेको देखेर सिको गर्दै उहाँका छिमेकीहरुले यस वर्ष खरबुजा खेती गरेका हुन् । उप्रेतीका अनुसार टोलका एक दर्जन किसानले गरेको खरबुजा खेतीबाट रु ५० लाख आम्दानी भएको छ ।

डिएण्डडी वायो प्लानटेक नामक संस्थाबाटै टोलवासीले खरबुजाको बिरुवा लगेर आफ्ना बारीमा रोपेका थिए । विगतमा मकैखेती हुने गरेको जग्गामा यसपालि खरबुजा लहराएको थियो । किसानलाई प्राविधिक सहयोगसमेत उप्रेतीले नै प्रदान गरेका थिए ।

रोपेको ९० दिनमै खरबुजा फल्छ । गत वर्ष प्रतिकेजी रु ५० मा बिक्री भएको खरबुजा यसपालि बन्दाबन्दीका कारण प्रतिकेजी रु ३० मा बिक्री गर्नुपरेको थियो । तैपनि किसान नाफामै रहे । बन्दाबन्दी नभइदिएको भए खरबुजाबाट दोब्बर आम्दानी हुने किसानको भनाइ छ । उनीहरुले उत्पादन गरेको खरबुजा झापाबाहिर इटहरी, धरान र विराटनगरमा बिक्री भएको थियो ।

उप्रेतीले यस वर्ष ६० हजार खरबुजाको बिरुवा बिक्री गर्नुभएको थियो । उहाँको नर्सरीमा उत्पादित खरबुजाको बिरुवा चितवन, बारा, सिरहा, नवलपरासीलगायतका जिल्लाका किसानले खरिद गरेर लगेका थिए । रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपति निर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदै
राष्ट्रपति निर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदै
सन्दीप आबद्ध दिल्ली डेयरडेभिल्समा कस्ता छन् खेलाडी ?
सन्दीप आबद्ध दिल्ली डेयरडेभिल्समा कस्ता छन् खेलाडी ?
क्यान्सर सेन्टर स्थापना गर्न जुटे युवा चिकित्सक
क्यान्सर सेन्टर स्थापना गर्न जुटे युवा चिकित्सक
भारतीय विदेशमन्त्री जयशंकर अगष्टमा नेपाल आउँदै
भारतीय विदेशमन्त्री जयशंकर अगष्टमा नेपाल आउँदै
प्रेमशाला”मा आए  पुष्पल अनि शिल्पा
प्रेमशाला”मा आए पुष्पल अनि शिल्पा
चेपुवामा नेपालः अमेरिकी नीतिमा नेपालको प्रवेश रहर कि बाध्यता ?
चेपुवामा नेपालः अमेरिकी नीतिमा नेपालको प्रवेश रहर कि बाध्यता ?
साइबर क्राइममा पक्राउ परेका पूर्वसचिव उपाध्यायलाई ३ दिन थुनामा राख्न अनुमति
साइबर क्राइममा पक्राउ परेका पूर्वसचिव उपाध्यायलाई ३ दिन थुनामा राख्न अनुमति
निर्माणाधीन विराटनगर–धरान सडक खण्डमा दुर्घटना बढे
निर्माणाधीन विराटनगर–धरान सडक खण्डमा दुर्घटना बढे
एसईईको नतिजा सार्वजनिक : कुन जीपीए ल्याएर कति विद्यार्थी उत्तीर्ण ? (विवरणसहित)
एसईईको नतिजा सार्वजनिक : कुन जीपीए ल्याएर कति विद्यार्थी उत्तीर्ण ? (विवरणसहित)
काङ्ग्रेस हिन्दूराष्ट्रको पक्षमा छैनः उपसभापति निधि
काङ्ग्रेस हिन्दूराष्ट्रको पक्षमा छैनः उपसभापति निधि

तपाईंले छुटाउनुभयो कि?