सरकारले ल्यायो १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट

Abhiyanpost Abhiyanpost
|
शनिबार, जेठ १५, २०७८
|
|
५१ पटक हेरिएको
Shares
सरकारले ल्यायो १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट

सारांश

  • सरकारले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ ।
  • अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको वार्षिक आयव्यय विवरण प्रस्तुत गर्दै यस्तो जानकारी गराएका हुन् ।
  • सरकारले चालु आर्थिक वर्षको तुलनामा १ खर्ब ७२ अर्ब ९३ करोड रुपैयाँ बढी आकारको बजेट ल्याएको छ ।

सरकारले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको वार्षिक आयव्यय विवरण प्रस्तुत गर्दै यस्तो जानकारी गराएका हुन् । सरकारले चालु आर्थिक वर्षको तुलनामा १ खर्ब ७२ अर्ब ९३ करोड रुपैयाँ बढी आकारको बजेट ल्याएको छ । सरकारले चालु आवमा १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको छ ।

चालु खर्चबाट अनुदानको रकम अलग

विगतमा संघबाट स्थानीय तथा प्रदेशमा जाने रकमलाई सरकारले यो वर्ष भने बठ्याइपूर्वक छुट्याएको छ । जसले गर्दा चालु तर्फको बजेट कम भएको देखिएको छ ।

आगामी आवमा सरकारले चालुतर्फ ६ खर्ब ७८ अर्ब ६१ करोड रुपैयाँ विनियोजन गरेको छ । चालु खर्चको रकम कम देखिनुमा तल्लो सरकारलाई जाने रकम यसमा नजोड्नु हो ।

आगामी आर्थिक वर्षमा पुँजीगत खर्चका लागि ३ खर्ब ४७ अर्ब २६ करोड रुपैयाँ विनियोजन गरिएको छ । वित्तीय व्यवस्थातर्फ २ खर्ब ७ अर्ब ९७ करोड रुपैयाँ विनियोजन भएको छ । तल्लो तहमा जाने अनुदान भने ३ खर्ब ८६ अर्ब ७१ करोड रहेको छ ।

राजस्वको लक्ष्य वृद्धि
सरकारले आगामी आवमा राजस्व संकलनको लक्ष्यमा समेत वृद्धि गरेको छ । आगामी आवमा राजस्वबाट १० खर्ब २४ अर्ब राजस्व संकलन हुने लक्ष्य सरकारले राखेको छ । यो वर्ष वैदेशिक अनुदानबाट ६३ अर्ब प्राप्त हुने लक्ष्य राखिएको छ । विदेशी विकास साझेदारबाट ३ खर्ब ९ अर्ब २९ करोड रुपैयाँ ऋण लिइने भएको छ ।

त्यसबाट पनि अपुग हुने रकम २ खर्ब ५० अर्ब आन्तरिक ऋण लिइने अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए । सरकारले चालु आवमा राजस्वबाट ८ खर्ब ८९ अर्ब ६२ करोड संकलन हुने लक्ष्य राखेको छ ।

नयाँ संविधान बनिसकेपछि सरकारले पहिलो पटक अध्यादेशमार्फत बजेट ल्याएको छ । संसद विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेको सरकारले बजेटलाई लोकप्रिय बनाउने अधिकतम प्रयास गरेको छ ।

जसमा वृद्धभत्ता वृद्धिदेखि कर्मचारीको तलव वृद्धिसम्म समावेश भएको छ । कोरोना महामारीबाट अर्थतन्त्रमा परेको प्रभाव न्यूनिकरण गर्दै स्वास्थ्य क्षेत्रमा उल्लेख्य बजेट विनियोजन गरेको सरकारले सबैभन्दा ठूलो रकम भने शिक्षा क्षेत्रमा विनियोजन गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कानुनी जटिलताले प्रधानन्यायाधीश नियुक्ति अन्योल
कानुनी जटिलताले प्रधानन्यायाधीश नियुक्ति अन्योल
गुणस्तरहीन काम भएको भन्दै अस्पतालको निर्माणाधीन भवन भत्काउन निर्देशन
गुणस्तरहीन काम भएको भन्दै अस्पतालको निर्माणाधीन भवन भत्काउन निर्देशन
अबको २० महिनाभित्र पुनर्निर्माण भैसक्छन् : प्रधानमन्त्री
अबको २० महिनाभित्र पुनर्निर्माण भैसक्छन् : प्रधानमन्त्री
सांसद पौडेलको प्रश्न : उत्तरगङ्गा जलाशययुक्त परियोजना कता हरायो ?
सांसद पौडेलको प्रश्न : उत्तरगङ्गा जलाशययुक्त परियोजना कता हरायो ?
कर्णालीका चार मन्त्रीद्वारा शपथ ग्रहण
कर्णालीका चार मन्त्रीद्वारा शपथ ग्रहण
प्रधानमन्त्री देउवा अबुधाबीमा
प्रधानमन्त्री देउवा अबुधाबीमा
देउवाको सम्पत्ति किन गोप्य ?
देउवाको सम्पत्ति किन गोप्य ?
प्रधानमन्त्री ओली सोमबार बिहान ११ बजे बेइजिङ प्रस्थान गर्ने, को-को छन् भ्रमण दलमा ?
प्रधानमन्त्री ओली सोमबार बिहान ११ बजे बेइजिङ प्रस्थान गर्ने, को-को छन् भ्रमण दलमा ?
वीरगन्ज राजधानी बनाउनेबारे राजेन्द्र महत्तोले खोले यस्तो रहस्य ?
वीरगन्ज राजधानी बनाउनेबारे राजेन्द्र महत्तोले खोले यस्तो रहस्य ?
बाबुरामको गृहनगरमै जसपाको गठबन्धन पराजित, माओवादीले जित्यो मेयर र उपमेयर
बाबुरामको गृहनगरमै जसपाको गठबन्धन पराजित, माओवादीले जित्यो मेयर र उपमेयर

तपाईंले छुटाउनुभयो कि?