संयोजक विष्णु पौडेलबाहेक नेकपा कार्यदलका पाँच जना नै मन्त्री बन्ने !

Abhiyanpost Abhiyanpost
|
आइतबार, श्रावण ३२, २०७७
|
|
५७ पटक हेरिएको
Shares
संयोजक विष्णु पौडेलबाहेक नेकपा कार्यदलका पाँच जना नै मन्त्री बन्ने !

सारांश

  • सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद हल गर्नको लागि अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालको सहमतिमा ६ सदस्यीय कार्यदल गठन भएको छ ।
  • उक्त कार्यदलको संयोजकमा महासचिव विष्णु पौडेल छन् ।
  • र, अध्यक्षद्धय ओली र दाहालनजिकका दुई दुई जना र बरिष्ठ नेता माधव कुमार नेपाल समूहबाट पनि दुई जना सदस्य छन् ।

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद हल गर्नको लागि अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालको सहमतिमा ६ सदस्यीय कार्यदल गठन भएको छ । उक्त कार्यदलको संयोजकमा महासचिव विष्णु पौडेल छन् । र, अध्यक्षद्धय ओली र दाहालनजिकका दुई दुई जना र बरिष्ठ नेता माधव कुमार नेपाल समूहबाट पनि दुई जना सदस्य छन् ।

ओली समूहबाट संयोजक पौडेल र स्थायी कमिटी सदस्य शंकर पोखरेल, र दाहाल समूहबाट स्थायी कमिटी सदस्यहरु जनार्दन शर्मा र पम्फा भुषाल छन् । उता, वरिष्ठ नेता नेपाल समूहबाट स्थायी कमिटी सदस्यहरु डा. भीमबहादुर रावल र सुरेन्द्र पाण्डे छन् ।

नेकपाभित्र सहमतिको खाका बनेलगत्तै मन्त्रीमण्डल पुर्नगठन हुने, को को बन्लान् मन्त्री

कार्यदल गठन गर्नुअघि नै दुई अध्यक्षबीच मन्त्रिमण्डल पूनर्गठन गर्ने सहमति भएको थियो । नेकपा उच्च स्रोतले दिएको जानकारीअनुसार नवगठित कार्यदलका संयोजक पौडेलबाहेक सबै सदस्यहरुलाई मन्त्रिमण्डल पूनर्गठन गर्दा मन्त्री बनाईने मोटामोटी सहमति ओली र दाहालबीच भएको छ ।

ओलीले मन्त्री पदको चारो फालेपछि विरोधी समुह तितरबितर

अध्यक्षद्धय ओली र दाहालबीच मुख्यमन्त्रीहरुपनि फेरबदल गर्ने सहमति बनेको छ । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले मुख्यमन्त्री छोडेर केन्द्रमा आउन चाहेका छन् । पार्टीभित्रको आन्तरिक चुलिएसँगै अध्यक्ष ओलीले उनलाई काठमाडौं बोलाएका हुन् । उनी गत असार १० यता प्रायः यतै छन् ।

यद्धपी ओली–दाहालबीच भएको पछिल्लो सहमतिलाई लिएर वरिष्ठ नेताहरु झलनाथ खनाल र नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ असन्तुष्ट छन् । उनीहरुले तत्काल सचिवालय बैठकको माग गरेका थिए । सोहीअन्सार नेकपा सचिवालय बैठक भोलि बस्ने तय भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री, मन्त्रीलाई नटेर्ने सचिव यसरी तानिए
प्रहरी महानिरीक्षक खनाल चिली प्रस्थान
प्रहरी महानिरीक्षक खनाल चिली प्रस्थान
 कामु प्रधानन्यायाधीसको उजुरीमाथि बुधबारदेखि छलफल हुने
 कामु प्रधानन्यायाधीसको उजुरीमाथि बुधबारदेखि छलफल हुने
राजपामा समानुपातिक उम्मेदवारको नामले विवाद
राजपामा समानुपातिक उम्मेदवारको नामले विवाद
डा. केसीलाई साधारण तारिखमा छोड्न आदेश, पराजुलीबाटै अदालतको अवहेलना भएको दावी
डा. केसीलाई साधारण तारिखमा छोड्न आदेश, पराजुलीबाटै अदालतको अवहेलना भएको दावी
सात वर्षीया छोरीको घाँटी रेटेर हत्या गरेपछि बुबाले पनि गरे सुसाइट नोट लेखेर आत्महत्या
सात वर्षीया छोरीको घाँटी रेटेर हत्या गरेपछि बुबाले पनि गरे सुसाइट नोट लेखेर आत्महत्या
नवराज सिलवाललाई कारबाही गर्नु पर्ने सर्वोच्चको ठहर
नवराज सिलवाललाई कारबाही गर्नु पर्ने सर्वोच्चको ठहर
सुन तस्करी प्रकरणमा एमालेले सरकारसँग जवाफ माग्ने
सुन तस्करी प्रकरणमा एमालेले सरकारसँग जवाफ माग्ने
पियनले चलाउँछिन् कक्षा
पियनले चलाउँछिन् कक्षा
३० रुपैयाँमा आफैले बेचेको काउलोको पातको धुलो २ हजारमा किन्नुपर्ने! कौडीको भाउमा बहुमुल्य जडीबुटी
३० रुपैयाँमा आफैले बेचेको काउलोको पातको धुलो २ हजारमा किन्नुपर्ने! कौडीको भाउमा बहुमुल्य जडीबुटी

तपाईंले छुटाउनुभयो कि?