पहिरोले लार्चाको पुल बगायो, भोटेकोशी थुनिने जोखिम

Abhiyanpost Abhiyanpost
|
सोमबार, श्रावण ९, २०७४
|
|
६० पटक हेरिएको
Shares
पहिरोले लार्चाको पुल बगायो, भोटेकोशी थुनिने जोखिम

सारांश

  • श्रावण ९, २०७४- अविरल वर्षाको कारण दुगुनामा गएको पहिरोले भोटेकोसी गाउँपालिकाको तातोपानी र फुल्पिङकट्टी जोड्ने लार्चा पुल पुर्ण रुपमा भत्काएको छ ।
  • पहिरोका कारण दुगुनाको डाँडा भास्सिएको छ र त्यसतलको लार्चाको पुल पनि पूरै भास्सिएको छ ।
  • चीन सरकारले २०३८ सालमा बनाएको पुल भाँचिएपछि तातोपानी नाका जोड्ने राजमार्ग पूर्ण रूपमा विच्छेद भएको छ।

श्रावण ९, २०७४- अविरल वर्षाको कारण दुगुनामा गएको पहिरोले भोटेकोसी गाउँपालिकाको तातोपानी र फुल्पिङकट्टी जोड्ने लार्चा पुल पुर्ण रुपमा भत्काएको छ । पहिरोका कारण दुगुनाको डाँडा भास्सिएको छ र त्यसतलको लार्चाको पुल पनि पूरै भास्सिएको छ ।

चीन सरकारले २०३८ सालमा बनाएको पुल भाँचिएपछि तातोपानी नाका जोड्ने राजमार्ग पूर्ण रूपमा विच्छेद भएको छ।

प्रत्यक्षदर्शी डुपछिपछिरिङ शेर्पाका अनुसार साँझ साढे ८ बजे गाउँ नै थर्काउने गरी पहरो फुटेको आवाज आएको थियो। ‘पहरो खस्दा चट्याङ परेजस्तो चारैतिर उज्यालो भयो,’ उनले भने, ‘पुलको बीचको भाग र पहिरोले केही समय भोटेकोसी थुनियो।’ २०५३ साउन ७ गते पनि सोही ठाउँको भैरवकुण्ड खोलामा बाढीसँग पहिरो खस्दा लार्चा पुल बगाएको थियो।

तातोपानीका पूर्वअध्यक्ष अमृतकुमार खड्काका अनुसार उक्त पहिरोमा ५४ जनाको मृत्यु भएको थियो। उक्त घटनाको २१ वर्ष पुगेकै दिन अर्को पहिरो गएको हो। पुल भोटेकोसीमा खसेपछि सीमा जोड्ने करिब ५ किमि क्षेत्रमा यातायात पूरै रोकिएको छ। भूकम्पले चर्केपछि चीन सरकारले पुलको तल्लो भागमा फलामको संरचना बनाएर अड्याएको थियो।

भूकम्प र भोटेकोसी बाढीले दुई वर्षदेखि सुनसान हुँदै गएको तातोपानी नाका पुल भत्किएपछि थप संकटमा परेको छ। सीमा सुरक्षा बल तातोपानीका सशस्त्र प्रहरी नायब उपरीक्षक विमल डाँगीका अनुसार पहिरोका कारण स्थानीय त्रस्त छन्। ‘रातको समय भएकाले स्थानीयलाई सकभर सुरक्षित भएर रहन आग्रह गरेका छौं,’ उनले भने।
इकान्तिपुर बाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

न सेनिटाइजर, न दूरी कायम सार्वजनिक यातायातमा भाडामात्रै महंगो
न सेनिटाइजर, न दूरी कायम सार्वजनिक यातायातमा भाडामात्रै महंगो
काष्ठमण्डप पुनःनिर्माण : पहिलो तला निर्माणको काम सकियो
काष्ठमण्डप पुनःनिर्माण : पहिलो तला निर्माणको काम सकियो
२० वर्षसम्म शल्यक्रिया गरिरहेका थिए ९ कक्षा पास ‘डाक्टर’, एउटा गल्तीले खुल्यो पोल
२० वर्षसम्म शल्यक्रिया गरिरहेका थिए ९ कक्षा पास ‘डाक्टर’, एउटा गल्तीले खुल्यो पोल
संसद अधिवेशन बोलाएर ओलीलाई प्रधानमन्त्रीबाट हटाउन बाबुरामको प्रस्ताव
संसद अधिवेशन बोलाएर ओलीलाई प्रधानमन्त्रीबाट हटाउन बाबुरामको प्रस्ताव
बाँकी चार कम्युनिष्ट पार्टी पनि पार्टी एकताको प्रक्रियातिर
बाँकी चार कम्युनिष्ट पार्टी पनि पार्टी एकताको प्रक्रियातिर
त कांग्रेस म एमाले,कुरो कहाँ मिल्छ:प्रतिक
त कांग्रेस म एमाले,कुरो कहाँ मिल्छ:प्रतिक
टिपर दुर्घटना हुँदा १ जनाको मृत्यु
टिपर दुर्घटना हुँदा १ जनाको मृत्यु
राष्ट्रपति भण्डारी विरुद्द परेको रिटमा सर्वोच्चले दियो यस्तो आदेश
राष्ट्रपति भण्डारी विरुद्द परेको रिटमा सर्वोच्चले दियो यस्तो आदेश
हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउने चाहना पूरा हुन दिन्न : केपी ओली
हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउने चाहना पूरा हुन दिन्न : केपी ओली
बम फाल्ने प्रहरीबारे आइजीपी अर्यालले बल्ल मुख खोले यसो भन्छन् आइजीपी….
बम फाल्ने प्रहरीबारे आइजीपी अर्यालले बल्ल मुख खोले यसो भन्छन् आइजीपी….

तपाईंले छुटाउनुभयो कि?