उखुको पैसा नपाएका किसान भन्छन्अब सिंह दरबार घेर्छौँ

Abhiyanpost Abhiyanpost
|
मंगलबार, कार्तिक २५, २०७७
|
|
४४ पटक हेरिएको
Shares
उखुको पैसा नपाएका किसान भन्छन्अब  सिंह दरबार घेर्छौँ

सारांश

  • गत वर्ष पुस १८ गते उद्योगीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा गरेको प्रतिबद्धताअनुसार माघ ७ गतेसम्म सबै बक्यौता रकम उखु किसानलाई तिर्नुपर्ने थियो ।
  • उद्योगीको प्रतिबद्धतालाई टेकेर मन्त्रालयले पुस १८ गते आफैं ग्यारेन्टी बसेर तोकिएकै मितिमा रकम भुक्तानी गर्ने गरी किसानसँग समझदारी गरेको थियो ।
  • तर सम्झौता पालना भएन, जसले किसानहरु मर्कामा परेका छन् ।

गत वर्ष पुस १८ गते उद्योगीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा गरेको प्रतिबद्धताअनुसार माघ ७ गतेसम्म सबै बक्यौता रकम उखु किसानलाई तिर्नुपर्ने थियो । उद्योगीको प्रतिबद्धतालाई टेकेर मन्त्रालयले पुस १८ गते आफैं ग्यारेन्टी बसेर तोकिएकै मितिमा रकम भुक्तानी गर्ने गरी किसानसँग समझदारी गरेको थियो । तर सम्झौता पालना भएन, जसले किसानहरु मर्कामा परेका छन् । करिब २० दिनमा सबै उधारो रकम पाउने आसमा गत वर्ष पुष १८ गते उद्योगमन्त्री भट्टसँगै समझदारी गरेर सिंहदरबारबाट निस्किएका किसान भण्डै ११ महिनापछि मागका लागि फरी काठमाडौं आएका छन् ।

सरकारसँग गरेको समझदारीबाट आफुहरु ठगिएको महसुश किसानहरुले गरेका छन् । अब छठभन्दा अघि सबै उधारो रकम नउठे सिंहदरबार घेर्ने चेतावनी उखु किसानहरुले दिएका छन् । अब केही दिनभित्र बाँकी सबै बक्यौता रकम उपलब्ध नगराएर सिंहदरबार घेर्ने चेतावनी किसानहरुले उद्योग मन्त्रीलाई स्मरण गराएका छन् ।

उखु बेचेको पैसा नपाएका किसान राम पुकार अहिले काठमाणडैमा छन् । उनले मन्त्रालयले यथेष्ट पहल नगरे मंसिर २७ गतेदेखि आन्दोलन थाल्ने चेतावनी दिए । पुकारले कोरोनाले मर्नु र भोक तथा ऋणले मर्नुको नतिजा एउटै भएकाले अब निर्णायक आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

मन्त्री भट्टसँग भएको छलफलबाट रकम उठ्ने प्रतिबद्धता आएको भएपनि कार्यन्वनयन अझै शंकाको घेरामा रहेको उनी बताउँछन् । अर्का किसान भुजेन्द्र राउत पनि काठमाण्डौ आएका छन् । उखु किसानहरुले सरकाले माग पुरा नगरे तिहार र छठ पछि आन्दोलनमा जाने तयारी भइरहेको राउतले बताए । उखु मिलहरुले गत वर्ष आफूहरुसँग किनेको उखुको बक्यौता भुक्तानीमा ढिलाइ गरेको भन्दै आन्दोलन सुरु गर्ने घोषणा गरेको उनी बताउँछन् ।

किसानमाथि चरम अन्याय हुँदा पनि सरकार मुकदर्शक भएको भन्दै आन्दोलनमा जानुको विकल्प नभएको उनले बताए ।

उखु किसानकोको पैसा नतिर्ने उद्योगी सम्पर्कमा ल्याई दिन मन्त्रालयले गृह मन्त्रालयलाई पत्राचार गरेको र कानुनी उपचार गरेरै भएपनि किसानको बक्यौता दिलाई दिने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयमार्फत सम्पर्क बाहिर रहेका उद्योगीहरुको खोजी भइरहेको मन्त्रालयकी सहप्रवक्ता उर्मिला केसीले जानकारी दिइन् ।

मन्त्रालयले किसानसँग गरेको समझदारीअनुसार माघ ६ गतेसम्म महालक्ष्मी सुगर मिलले ११ करोड ५० लाख, अन्नपूर्णले ३ करोड ९० लाख र इन्दिरा सुगर मिलले ७४ लाख रुपैयाँ भुक्तानी गरेको विवरण मन्त्रालयसँग छ । इन्दिरा र अन्नपूर्ण सुगर मिलका सञ्चालक राकेश अग्रवाल हुन् भने महालक्ष्मी सुगर मिलका सञ्चालक वीरेन्द्र कनोडिया हुन् ।

उक्त भुक्तानीपछि इन्दिरा र अन्नपूर्णले किसानलाई २१ करोड ३८ लाख तथा महालक्ष्मी सुगर मिलले १० करोड ९० लाख रुपैयाँ र गोल्छा समूहले सञ्चालन गरेको श्रीराम सुगर मिलले २७ करोड रुपैयाँ किसानलाई भुक्तानी दिन बाँकीे छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

झुलाघाटमा मोटरेबल पुल निर्माणका लागि भारतीय टोलीद्वारा निरीक्षण
झुलाघाटमा मोटरेबल पुल निर्माणका लागि भारतीय टोलीद्वारा निरीक्षण
भारतको हस्तक्षेपकारी भूमिका सन्तुलनमा राख्न चीन र पाकिस्तानसँग सम्बन्ध : मसाल
भारतको हस्तक्षेपकारी भूमिका सन्तुलनमा राख्न चीन र पाकिस्तानसँग सम्बन्ध : मसाल
नेकपा (माओवादी केन्द्र) ले गर्यो यस्तो निर्णय
नेकपा (माओवादी केन्द्र) ले गर्यो यस्तो निर्णय
विश्व रङ्गमञ्च दिवस मनाइयो
विश्व रङ्गमञ्च दिवस मनाइयो
जब ७० वर्षीय अवकाशप्राप्त शिक्षकले १९ वर्षीय छात्रालाई भगाए!
जब ७० वर्षीय अवकाशप्राप्त शिक्षकले १९ वर्षीय छात्रालाई भगाए!
आज विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड
आज विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड
प्रादेशिक संरचना सुदृढ भए सङ्घीयता बलियो हुन्छ : मुख्यमन्त्री जम्कट्टेल
प्रादेशिक संरचना सुदृढ भए सङ्घीयता बलियो हुन्छ : मुख्यमन्त्री जम्कट्टेल
इरानमा प्रदर्शन चर्किँदै, सर्वोच्च नेताविरुद्ध पनि नाराबाजी
इरानमा प्रदर्शन चर्किँदै, सर्वोच्च नेताविरुद्ध पनि नाराबाजी
नवलपरासीको सुनवल नगरपालिकाको मेयर मा काँग्रेस विजयी
नवलपरासीको सुनवल नगरपालिकाको मेयर मा काँग्रेस विजयी
प्रदेश नम्बर २ मा सय तहमा विजयी हुन कांग्रेसले सबै संयन्त्रको प्रयोग गर्ने`,
प्रदेश नम्बर २ मा सय तहमा विजयी हुन कांग्रेसले सबै संयन्त्रको प्रयोग गर्ने`,

तपाईंले छुटाउनुभयो कि?