एकीकरणको अभियानमा राप्रपा, सफल होलान् कमल थापा?

Abhiyanpost Abhiyanpost
|
बुधबार, कार्तिक २१, २०७५
|
|
६१ पटक हेरिएको
Shares
एकीकरणको अभियानमा राप्रपा, सफल होलान् कमल थापा?

सारांश

  • काठमाडौँ,२१ कात्तिक।
  • समान विचारधार भएका दलबीच एकता र सहकार्य गर्ने नीति लिएको राप्रपा, राप्रपा (प्रजातान्त्रि), र एकीकृति राप्रपा (राष्ट्रवादी) बीच बलियो राष्ट्रवादी शक्ति निर्माण गर्ने विषयमा छलफल सुरु भएको छ।
  • बुधबार राप्रपा अध्यक्ष कमल थापा र एकीकृत राप्रपा राष्ट्रवादीका अध्यक्ष डा.

काठमाडौँ,२१ कात्तिक। समान विचारधार भएका दलबीच एकता र सहकार्य गर्ने नीति लिएको राप्रपा, राप्रपा (प्रजातान्त्रि), र एकीकृति राप्रपा (राष्ट्रवादी) बीच बलियो राष्ट्रवादी शक्ति निर्माण गर्ने विषयमा छलफल सुरु भएको छ। बुधबार राप्रपा अध्यक्ष कमल थापा र एकीकृत राप्रपा राष्ट्रवादीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीबीच भेटवार्ता भएको छ। दुई अध्यक्षबीच भएको छलफल नयाँ राष्ट्रिय शक्ति निर्माण गर्ने दिशामा सकारात्मक भएको राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए।

विभिन्न चिरामा विभाजित भएको राप्रपाबीच एकीकरण गर्ने उद्देश्यले मंगलबार राप्रपा अध्यक्ष कमल थापा र राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणाबीच पनि छलफल भएको थियो। पहिलो दोस्रो संविधानसभा निर्वाचनमा चौथो ठूलो दल बन्न सफल राप्रपा गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा एक सिटमात्र जित्न सकेको थियो। मंगलबार थापा र राणाबीच भएको छलफलमा दुवै पार्टीलाई विघटन गरी सशक्त राष्ट्रवादी शक्ति निर्माण गर्न समझदारी भएको थियो। केन्द्रीय कार्यसम्पादन समितिको बैठकले समान विचार र सिद्धान्त भएका दलसँग एकताका लागि आवश्यक निर्णय लिने सम्पूर्ण अधिकार अध्यक्ष राणालाई दिएअनुसार महाराजगञ्जस्थित अध्यक्ष राणाको निवासमा छलफल भएको राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए।

वैचारिक दृष्टिकोणमा हिन्दू राष्ट्र कायम गर्ने, राजतन्त्र कि गणतन्त्र भन्ने विषयमा जनताको चाहनाका साथै दुवै दलका नेता तथा कार्यकर्ताको भावनालाई बुझेर निर्णय लिने सहमति भएको छ। पछिल्लो पटक मुलुकमा भइरहेको राजनीतिक घटनाक्रमका बारे समीक्षा भएको छलफलमा एकताका लागि विधि र प्रक्रियाका बारे पनि सामान्य कुरा भएको छ। राप्रपाबाट विभाजित भएर गठन भएको राप्रपा प्रजातान्त्रिक र एकीकृत राप्रपा राष्ट्रवादीबीच एकीकरण हुनुपर्ने भन्दै युवा नेताहरुले नेतृत्वलाई दवाब दिएपछि यतिबेला यी दलबीच एकताकालागि छलफल भइरहेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हेर्नुस् पूर्व मिस नेपाल मलिना जोशीका ९ हट फोटोहरु
हेर्नुस् पूर्व मिस नेपाल मलिना जोशीका ९ हट फोटोहरु
एमालेले कसलाई बनाउला राष्ट्रपतिको उम्मेदवार! आज टुंगो लाग्ने
एमालेले कसलाई बनाउला राष्ट्रपतिको उम्मेदवार! आज टुंगो लाग्ने
‘नेपालीले पाएको कष्टका विषयमा मोदीले दुःख व्यक्त गरेको भए राम्रो हुन्थ्यो’
‘नेपालीले पाएको कष्टका विषयमा मोदीले दुःख व्यक्त गरेको भए राम्रो हुन्थ्यो’
अमेरिकाले तोक्यो बिन लादेनका छोराको सूचना दिनेलाई १० लाख डलर पुरस्कार
अमेरिकाले तोक्यो बिन लादेनका छोराको सूचना दिनेलाई १० लाख डलर पुरस्कार
भोट हाल्न वृद्धवृद्धाको लाइन, मतदानस्थल जेष्ठ नागरिकमैत्री छैनन्
नेकपा संसदीय दल र पार्टीभित्रको अंकगणित, कसकाे कति?
नेकपा संसदीय दल र पार्टीभित्रको अंकगणित, कसकाे कति?
विसिजी खोप लगाएपछि एकैदिन दुई शिशुको मृत्यु
विसिजी खोप लगाएपछि एकैदिन दुई शिशुको मृत्यु
देउवा पत्नी राणाले मागिन हेलिकप्टर चढ्न सक्नेलाई भोट
देउवा पत्नी राणाले मागिन हेलिकप्टर चढ्न सक्नेलाई भोट
जनादेशको भावना बिथोल्न नहुनेमा जोड
जनादेशको भावना बिथोल्न नहुनेमा जोड
‘नेपाल राजासहितको हिन्दूराष्ट्र बन्छ’ : कमल थापा (भिडियोसहित)
‘नेपाल राजासहितको हिन्दूराष्ट्र बन्छ’ : कमल थापा (भिडियोसहित)

तपाईंले छुटाउनुभयो कि?