एक वडामा एक स्वास्थ्य केन्द्र

Abhiyanpost Abhiyanpost
|
सोमबार, माघ १५, २०७४
|
|
५७ पटक हेरिएको
Shares
एक वडामा एक स्वास्थ्य केन्द्र

सारांश

  • दाङ, १५ माघ , घोराही उपमहानगरपालिकाभित्रका नगरवासीले अब आफ्नै वडाबाटै स्वास्थ्य सेवा पाउने भएका छन् ।
  • नगरवासीलाई स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउने उद्देश्यले प्रथम नगरसभाबाट पारित ‘एक वडा, एक स्वास्थ्य केन्द्र’ नीतिअनुसार अब प्रत्येक वडामा नगर स्वास्थ्य केन्द्र रहने भएको हो ।
  • उपमहानगरभित्र रहेका १९ वटै वडामा नगर स्वास्थ्य केन्द्र सञ्चालन गरी स्थानीयवासीलाई आफ्नै वडामा सहज रुपमा स्वास्थ्य सेवा पु¥याउने योजनाअनुरुप बाँकी रहेका ठाउँमा नयाँ स्वास्थ्य केन्द्र स्थापना गरिने भएको छ ।

दाङ, १५ माघ , घोराही उपमहानगरपालिकाभित्रका नगरवासीले अब आफ्नै वडाबाटै स्वास्थ्य सेवा पाउने भएका छन् ।

नगरवासीलाई स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउने उद्देश्यले प्रथम नगरसभाबाट पारित ‘एक वडा, एक स्वास्थ्य केन्द्र’ नीतिअनुसार अब प्रत्येक वडामा नगर स्वास्थ्य केन्द्र रहने भएको हो ।

उपमहानगरभित्र रहेका १९ वटै वडामा नगर स्वास्थ्य केन्द्र सञ्चालन गरी स्थानीयवासीलाई आफ्नै वडामा सहज रुपमा स्वास्थ्य सेवा पु¥याउने योजनाअनुरुप बाँकी रहेका ठाउँमा नयाँ स्वास्थ्य केन्द्र स्थापना गरिने भएको छ । सो बमोजिम वडा नं १ मा काडाखुटी नगर स्वास्थ्य केन्द्र, वडा नं १७ मा हरिद्वार नगर स्वास्थ्य केन्द्र, वडा नं ६ मा फचकपुर नगर स्वास्थ्य केन्द्र, वडा नं ३ मा झिंगनी नगर स्वास्थ्य केन्द्र, वडा नं १५ मा नेपाल परिवार नियोजन संघ नगर स्वास्थ्य केन्द्र रहने भएको घोराही उपमहानगरपालिकाले जनाएको छ ।

त्यस्तै नगर स्वास्थ्य केन्द्रका लागि नयाँ भवन निर्माण गर्न छ वटा नगर स्वास्थ्य केन्द्रका लागि रु ६० लाख बजेट विनियोजन गरिएकाले वडा नं १८ स्थित हत्तीखर्क नगर स्वास्थ्य केन्द्र, हरिद्वार नगर स्वास्थ्य केन्द्र, फचकपुर स्वास्थ्य केन्द्र र आन्द्राभरैया नगर स्वास्थ्य केन्द्र, शिवपुर नगरस्वास्थ्य केन्द्रका लागि रु ११ लाखका दरले तथा घोरदौरा नगर स्वास्थ्य केन्द्रका लागि रु पाँच लाख बजेट छुट्याइएको छ ।

यसैगरी प्रथम नगरसभाबाटै पारित वडा नं १ मा हर्नोक बाह्य खोपकेन्द्र, वडा नं १९मा पाँचपोखरी बाह्य खोप केन्द्र र दक्षिण तेघरा बाह्य खोपकेन्द्र रहने भएको छ । घोराही उपमहानगरपालिकाले यिनै खोप केन्द्र निर्माणका लागि प्रत्येक खोप केन्द्रमा रु तीन लाख बजेट छुट्याइएको नगर प्रमुख नरुलाल चौधरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाहिर जति हल्ला छ त्यस्तो बिवाद युवासंघमा छैन ,अमित लामा  केन्द्रीय सचिवालय सदस्य …
बाहिर जति हल्ला छ त्यस्तो बिवाद युवासंघमा छैन ,अमित लामा केन्द्रीय सचिवालय सदस्य …
छक्का पञ्जा ३ः ‘पछि उमेर ढल्किन्छ’ भन्दै यसरी फकाए दिपकले दिपिकालाई !(भिडियो सहित)
छक्का पञ्जा ३ः ‘पछि उमेर ढल्किन्छ’ भन्दै यसरी फकाए दिपकले दिपिकालाई !(भिडियो सहित)
संसदीय समितिमा सभापतिका पनि सभापति !
संसदीय समितिमा सभापतिका पनि सभापति !
एमालेले आयोगमा दल दर्ताको निवेदन दिने
एमालेले आयोगमा दल दर्ताको निवेदन दिने
यी हुन् माओवादी केन्द्रबाट प्रतिनिधिसभामा समानुपातिक १७ सांसद
यी हुन् माओवादी केन्द्रबाट प्रतिनिधिसभामा समानुपातिक १७ सांसद
कांग्रेसमा आत्मसमीक्षा होइन, आरोप–प्रत्यारोप, बैठकमा कसले के भने ?
दीपेन्द्रको १ हजार रन पूरा
दीपेन्द्रको १ हजार रन पूरा
चुरोट र मदिरामा मात्र होइन, पेट्रोलियम, खाद्यपदार्थ तथा सिमेन्ट र रडको पनि मूल्यवृद्धि
चुरोट र मदिरामा मात्र होइन, पेट्रोलियम, खाद्यपदार्थ तथा सिमेन्ट र रडको पनि मूल्यवृद्धि
यस्ता छन् ‘सन्जु’ ले बनाएका रेकर्डहरु, पा¥यो दुई खानलाई पछि
यस्ता छन् ‘सन्जु’ ले बनाएका रेकर्डहरु, पा¥यो दुई खानलाई पछि
पीपीएल क्रिकेटः पारसका सामु दिपेन्द्र निरिह, चितवनको पहिलो जित दर्ता
पीपीएल क्रिकेटः पारसका सामु दिपेन्द्र निरिह, चितवनको पहिलो जित दर्ता

तपाईंले छुटाउनुभयो कि?