नवलपरासी बौदीकाली गाउँपालिका अध्यक्षमा एमालेका प्रकाश ओझा विजयी

Abhiyanpost Abhiyanpost
|
आइतबार, जेठ १, २०७९
|
|
३७ पटक हेरिएको
Shares
नवलपरासी बौदीकाली गाउँपालिका अध्यक्षमा एमालेका प्रकाश ओझा विजयी

सारांश

  • नवलपरासीको बर्दघाट सुस्ता पूर्वमा रहेको बौदीकाली गाउँपालिकामा एमाले विजयी भएको छ ।
  • गाउँपालिका अध्यक्षमा एमाले प्रकाश ओझा ३ हजार ९ सय ७६ मत पाएर विजयी भएका छन् ।
  • उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका खडक बहादुर रानाले ३ हजार ५ सय ४१ मत पाएका छन् ।

नवलपरासीको बर्दघाट सुस्ता पूर्वमा रहेको बौदीकाली गाउँपालिकामा एमाले विजयी भएको छ । गाउँपालिका अध्यक्षमा एमाले प्रकाश ओझा ३ हजार ९ सय ७६ मत पाएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका खडक बहादुर रानाले ३ हजार ५ सय ४१ मत पाएका छन् ।

यस्तै उपमेयरमा पनि एमाले उम्मेदवार विजयी भएका छन् । एमाले उम्मेदवार डिल कुमारी केसी सारुले ३ हजार ९ सय ६२ मत पाएर विजयी भएकी हुन् । उनका प्रतिस्पर्धी काँग्रेसकी धन कान्ती घिमिरेले ३ हजार ५ सय ६ मत ल्याएकी छिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?