ओली र प्रचण्डमध्ये कस्को जीत ?

Abhiyanpost Abhiyanpost
|
आइतबार, पौष ५, २०७७
|
|
५७ पटक हेरिएको
Shares
ओली र प्रचण्डमध्ये कस्को जीत ?

सारांश

  • नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको सत्ता संघर्षले यो प्रतिनिधिसभालाई मृत्युको मुखमा पुर्याएको छ ।
  • प्रधानमन्त्री ओलीले संसद बिघटनको सिफारिश गरेका छन् ।
  • अब राष्ट्रपति विद्यादेवी भण्डारीले यसलाई अनुमोदन गरेमा देश नयाँ कोर्समा जानसक्छ ।

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको सत्ता संघर्षले यो प्रतिनिधिसभालाई मृत्युको मुखमा पुर्याएको छ । प्रधानमन्त्री ओलीले संसद बिघटनको सिफारिश गरेका छन् । अब राष्ट्रपति विद्यादेवी भण्डारीले यसलाई अनुमोदन गरेमा देश नयाँ कोर्समा जानसक्छ । मध्यावधि चुनावको घोषणासँगै अदालती लडाईँ पनि चल्न सक्छ ।

आखिर प्रधानमन्त्री ओलीले बहुमत प्राप्त सरकार हुँदाहुँदै किन कठोर कदम चाले ? उनले पार्टीभित्रको निरन्तरको घेराबन्दी तोड्न नसकेपछि संसद नै बिघटन गर्ने कदम चाल्ने निर्णयमा पुगे । कुनै हालतमा राजीनामा नदिने बरु कठोर कदम चाल्ने ओलीले बारम्बार चेतावनी दिदै आएका थिए । जस्तोसुकै जोखिम मोल्न तयार हुने ओलीका लागि यो स्वाभाविक जस्तै लाग्न थालिसकेको थियो ।

नेपालको इतिहासमै पहिलोपटक दुई अध्यक्ष रहेको दल बनाएर ओली र प्रचण्डले धेरैलाई आश्चर्यमा पारेका थिए । कम्युनिस्ट नाममा यी दुईको एकीकरणमा कुनै आन्तरिक या बाह्य स्वार्थले भूमिका खेलेको खुल्दै पनि गएको थियो । वास्तवमा ओली प्रचण्डका कटु आलोचक थिए । उनी प्रचण्डले नेतृत्व लिएको दश वर्ष लामो सशस्त्र जनयुद्धको सबैभन्दा बढी आलोचना गर्थे ।

ओलीले प्रचण्डलाई नेकपा दल बनाएर एकतामा त ल्याए तर उनको राजनीतिक इतिहास नै समाप्त पार्न लागे । प्रचण्डलाई सत्ताबाट टाढा बनाउँदै लाने र सरकारमा उनको प्रभाव निकै कमजोर पार्ने गर्न थालेका छन् । प्रचण्ड आफ्नो मुख्य भुमिका रहेको गणतन्त्रमा ओली हर्ताकर्ता भएको रुचाइरहेका थिएनन् । यसले यी दुईबीच चरम द्वन्द्व चल्यो ।

ओलीले प्रचण्डमाथि एकपछि अर्को प्रहार गर्दै कमजोर बनाए । प्रचण्ड ओलीको सत्ता ढाल्न सक्रिय भइरहे । पूर्व एमालेभित्र विभाजन ल्याउन सके । तर, ओलीले पनि पूर्व माओवादीभित्र विभाजन ल्याए । यसरी एकले अर्कामाथि निरन्तर प्रहार गरिरहे ।

ओलीले संसद बिघटनको सिफारिश गरेका छन् तर राष्ट्रपति विद्यादेवी भण्डारीले यसलाई अनुमोदन गर्न बाँकी छ । बिघटन भएमा अदालतमा यो विषय प्रवेश हुनसक्छ । तर, संसद बिघटनको बाटोमा देश बढेमा ओली सत्तामा रहन्छन् । त्यसपछि उनले विरोधीलाई ठेगान लगाउन सक्छन् । विशेषगरी प्रचण्डमाथि उनको प्रहार केन्द्रित हुनसक्छ ।

ओली संसद बिघटनको निर्णयबाट पछि हट्न वाध्य भएमा अवस्था फरक हुनसक्छ । उनी सत्ता छाड्ने नैतिक संकटमा पर्न सक्छन् । यसकारण पनि अहिले ओली र प्रचण्डबीचको द्वन्द्वमा कस्को जीत ? भन्ने अवस्था बनिसकेको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज देशभर छ जनाको संक्रमणबाट मृत्यु, कुल मृत्यु हुनेको संख्या एक सय २०
उपनिर्वाचनको पर्यवेक्षण गर्न छ संस्थालाई अनुमति
उपनिर्वाचनको पर्यवेक्षण गर्न छ संस्थालाई अनुमति
कहिले हुन्छ बेपत्ता भएकाहरुकाे ‘श्वास\लाश’ सार्वजनिक ?
गोरखाको सामागाउँ जङ्गलमा आगलागी
गोरखाको सामागाउँ जङ्गलमा आगलागी
मानसिक स्वास्थ्यको संवेदनशीलताबीच रौतहटमा अप्रिय घटना, घाइते युवकको कीर्तिपुरमा उपचार हुँदै
मानसिक स्वास्थ्यको संवेदनशीलताबीच रौतहटमा अप्रिय घटना, घाइते युवकको कीर्तिपुरमा उपचार हुँदै
पाकिस्तानमा रेलमा आगो लाग्दा ४६ जनाको मृत्यु
पाकिस्तानमा रेलमा आगो लाग्दा ४६ जनाको मृत्यु
संघीयतामा सुरक्षाकर्मीको भूमिका- केन्द्रीय फौजले नियन्त्रण गर्न सक्ने
संघीयतामा सुरक्षाकर्मीको भूमिका- केन्द्रीय फौजले नियन्त्रण गर्न सक्ने
एमालेका पूर्वकेन्द्रीय सदस्य चन्द्र माओवादी प्रवेश
एमालेका पूर्वकेन्द्रीय सदस्य चन्द्र माओवादी प्रवेश
पुल सीमित समय खुल्दा राजस्व सङ्कलनमा असर
पुल सीमित समय खुल्दा राजस्व सङ्कलनमा असर
भूकम्पबाट एक हजार भन्दा बढीको मृत्यु , राष्ट्रपतीबाट अन्तर्राष्ट्रिय सहयोगको आह्वान
भूकम्पबाट एक हजार भन्दा बढीको मृत्यु , राष्ट्रपतीबाट अन्तर्राष्ट्रिय सहयोगको आह्वान

तपाईंले छुटाउनुभयो कि?