संयुक्त दलित अधिकार मञ्च–नेपालद्वारा काठमाडौमा आयोजित विस्तारित बैठक सम्पन्न
सारांश
- काठमाडौं ।
- गत यहि असार ८ र ९ गते संयुक्त दलित अधिकार मञ्च–नेपालले क्रितिपुर स्थित त्रिभुवन विश्वबिद्यालय अडिटोरियम हलमा दुई दिने बिस्तारित बैठक भव्यताकासाथ सम्पन्न गरेको छ ।
- कार्यक्रमा करीव ४० जिल्लाका झण्डै तिन सय प्रतिनिधि तथा परिवेक्षकहरु सहभागि भएका थिए ।
काठमाडौं । गत यहि असार ८ र ९ गते संयुक्त दलित अधिकार मञ्च–नेपालले क्रितिपुर स्थित त्रिभुवन विश्वबिद्यालय अडिटोरियम हलमा दुई दिने बिस्तारित बैठक भव्यताकासाथ सम्पन्न गरेको छ । कार्यक्रमा करीव ४० जिल्लाका झण्डै तिन सय प्रतिनिधि तथा परिवेक्षकहरु सहभागि भएका थिए । उक्त कार्यक्रममा विबिध विषयहरुमाथि अन्तरसम्वाद तथा छलफल सञ्चालन भएको थियो । जस अन्तरगत संङगठनको राजनीतिक प्रतिवेदन, साङ्गाठानीक प्रतिवेदन र आर्थिक प्रतिवेन प्रस्तुत गरीएको थियो ।
कार्यक्रममा बोल्दै अध्यक्ष तारा बि.क. भन्छन्–संंङगठनमा एक अर्काको विचारलाई समेटेर अघि बढ्ने हो भने हामि सक्षम हुने छौ । हार र जित लाई भन्दा पनि चुनैति सम्झेर हामि एक ढिक्का भएर जानुपर्छ । राजनीतिक प्रतिवेदन प्रकाश पार्दै अबको हाम्रो राजनैतिक दिशा भनेको दलित हक अधिकारलाइ सुनिश्चित पार्नु हो । हिजो हाम्रो पुस्तालाइ दमनमा पारी राज्यसत्ताबाट पाउनु पर्ने अधिकारबाट बन्चित पारेका थिए, अब ति अधिकार खोज्ने बेला आएको छ ।
नेपालको इतिहासमा राजा महेन्द्रको पालामा मन्त्रि यात साहायक मन्त्रि भएर दलितले जनसंङख्या,महिला तथा बालबालिका एवम् भुमि सुधार मन्त्रि भएर काम गरेका थिए । तर आज यो दिनानु दिन पतनको स्थितिमा छ । हिजो जति पनि राणकालिन यात पन्चायात काल, द्वन्दकाल यी सबमा दलितलाई मात्र सत्ता प्राप्तिका लागि लडाएको ईतिहास हामिलाइ थाहा नै छ, त्यसकारण अब सम्पुर्ण दलित बस्ति एक ढिक्का भएर हाम्रो हक अधिकारको लागि लड्नु पर्ने बेला आएको छ । समाजले एउटा क्रान्तिको बाटो खोजेको हुदा समाजमा हामिले केहि क्रान्ति ल्याउनै पर्छ ।
त्यसै गरी संङगठन बिभाग प्रमुख लक्ष्मण बर्देवा संङगाठानीक प्रतिवेदन प्रस्तुत गर्दै भन्छन् – संगठनलाइ दिगो राख्र्न दुर्गा बराइलीको महत्वपुर्ण योगदान छ, हिजोका दिनमा जति पनि यस संगठनमा आए एउटा अबसर बोकेर आए जुन पाएनन् गए, यस हिसावले अब सहि विचार र संङगठनलाई हाक्ने नेतृत्व आवश्यक परेको छ । प्रतिवेदनमा दलित एकतामा देदिएको समस्या, साङगाठानीक समस्या, दलित समुदायमा देखिएको समस्या, संविधान मसौधामा देखिएको आदि समस्याबारे प्रस्तुत गर्नुभएको थियो ।
त्यसै गरी इन्चार्ज दुर्गा बराइली आर्थिक प्रतिवेदनमाथि प्रकाश पार्दै दलित मुक्तिको लागि साधारण सदस्या भएर पनि कर्तव्य पुरा गर्छु । जुन दलिथ बर्ग पछि पर्नु पर्नु भनेको आर्थिक रुपमा बिपन्न हुनु हो । यहाँ सर्वप्रथम हामिले आथिक हिसाले अघि बढ्ने आभारशीला दया गर्नुपर्छ, जस अन्तर्गत नेपाल अधिकांश जनता कृषि पेशामा आबद्ध भएका कारण कृषिमा नविनतम बिकास गर्नुपर्ने बताका छन् ।
कार्यक्रममा उपस्थित बिभिन्न जिल्लाका प्रतिनिधि भन्छन–यदि नेतृत्वले सहि नेतृत्व दिन्छ भने हामि समर्थन गर्छौ मञ्चको आगामी कार्यदिशा र सांङगाठानीक साझा लक्ष्य प्रति हामि हरदम एकिबद्ध छौँ ।
प्रतिक्रिया