चिनियाँ बिदेशमन्त्री नेपालमा

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, चैत्र ११, २०७८
|
|
४८ पटक हेरिएको
Shares
चिनियाँ बिदेशमन्त्री नेपालमा

सारांश

  • चिनियाँ विदेश मन्त्री वाङ यी काठमाण्डौ आइपुग्नुभएको छ ।
  • तीन दिने भ्रमणका लागि उहाँ आज शुक्रवार दिउँसो काठमाण्डौ आइपुग्नुभएको हो ।
  • भारतको नयाँ दिल्लीबाट काठमाण्डौ आइपुगेको उच्चस्तरीय भ्रमण टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव भरतराज पौड्याल, नेपालका लागि चिनियाँ राजदूत हाेउ यान्छीलगायतले स्वागत गर्नुभयाे ।

चिनियाँ विदेश मन्त्री वाङ यी काठमाण्डौ आइपुग्नुभएको छ । तीन दिने भ्रमणका लागि उहाँ आज शुक्रवार दिउँसो काठमाण्डौ आइपुग्नुभएको हो ।

भारतको नयाँ दिल्लीबाट काठमाण्डौ आइपुगेको उच्चस्तरीय भ्रमण टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव भरतराज पौड्याल, नेपालका लागि चिनियाँ राजदूत हाेउ यान्छीलगायतले स्वागत गर्नुभयाे ।

विमानस्थलबाट विदेश मन्त्री वाङ यी सोझै होटल द्वारिकाज पुग्नुहुनेछ । भ्रमणको दोस्रो दिन भोलि शनिवार बिहान विदेश मन्त्री यी शिवपुरी हाइकिङ जाने कार्यक्रम रहेको छ । त्यसपछि परराष्ट्र मन्त्री नारायण खड्कासँग सिंहदरबारमा भेट हुनेछ । भेटमा नेपाल र चीनबीच विभिन्न विषयमा द्विपक्षीय सहमतिपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्यसपछि वाङ यीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्नुहुनेछ । त्यस्तै पर्सि आइतवार बिहान वाङ यीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई शीतल निवासमा भेट्ने तालिका छ ।

तीन दिने भ्रमणका क्रममा उहाँले राजनीतिक दलका शीर्ष नेताहरूसँग पनि भेट्नुहुनेछ । उहाँकाे भ्रमणलाई मध्यनजर गरेर काठमाण्डौको सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपाल प्रहरीको विशेष टोली खटिएको छ ।

अमेरिकी सहायता परियोजना एमसीसी पारित गर्ने क्रममा चीनले पनि विभिन्न प्रतिक्रिया दिएको थियो । एमसीसी पारित भएपछि हुन लागेको चीनका विदेश मन्त्रीको नेपाल भ्रमणलाई निकै महत्त्वका साथ हेरिएको छ ।

चिनियाँ विदेश मन्त्रीको भ्रमणका क्रममा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि लिइएको ऋणको ब्याज घटाउन, चीनमा मेडिकल शिक्षा पढिरहेका तर कोरोनाका कारण नेपाल आएका विद्यार्थीलाई फेरि चीन लैजान, बीआरआई अन्तर्गतका आयोजना कार्यान्वयनमा चीनले अनुदान दिनुपर्ने लगायतका विषय उठाउने नेपालको तयारी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज यी प्रदेशमा वर्षाको सम्भावना
राष्ट्रपतिलाई गाडी किन्न खोज्दा मिडियाले देखि सहेनन् : रक्षामन्त्री
राष्ट्रपतिलाई गाडी किन्न खोज्दा मिडियाले देखि सहेनन् : रक्षामन्त्री
नेपालको सुखद सुरुवात, सिंगापुरमाथि ८ विकेटको जित
नेपालको सुखद सुरुवात, सिंगापुरमाथि ८ विकेटको जित
क्याम्पसका लागि एक करोड २९ लाख सङ्कलन
क्याम्पसका लागि एक करोड २९ लाख सङ्कलन
हुबेई प्रान्तबाट ल्याइएका नेपालीलाई खरिपाटी लगियो
हुबेई प्रान्तबाट ल्याइएका नेपालीलाई खरिपाटी लगियो
बयानका लागि रविलाई आज काठमाडौं ल्याइँदै
बयानका लागि रविलाई आज काठमाडौं ल्याइँदै
इन्धनमा खुलेआम कालोबजारी, ५० लिटर तेल हाल्ने ७० लिटरकाे पैसा असुल्ने !
इन्धनमा खुलेआम कालोबजारी, ५० लिटर तेल हाल्ने ७० लिटरकाे पैसा असुल्ने !
मिन्स भएको कति दिनपछी सेक्स गर्न उचित हुन्छ र कुन समयमा बच्चा बस्छ हरेक बिबाहित जोडीले थाहा पाइराख्नुहोस
मिन्स भएको कति दिनपछी सेक्स गर्न उचित हुन्छ र कुन समयमा बच्चा बस्छ हरेक बिबाहित जोडीले थाहा पाइराख्नुहोस
सभामुखमा निर्विरोध निर्वाचित अग्नि सापकोटा विरुद्धको निवेदन सुनुवाइ आज
सभामुखमा निर्विरोध निर्वाचित अग्नि सापकोटा विरुद्धको निवेदन सुनुवाइ आज
वाग्मतीमा सभामुख चयनका लागि आज मतदान हुँदै
वाग्मतीमा सभामुख चयनका लागि आज मतदान हुँदै

तपाईंले छुटाउनुभयो कि?