नागढुंगा सुरुङमार्गः अर्को साउनदेखि गुड्नेछन् गाडी

Abhiyanpost Abhiyanpost
|
सोमबार, आषाढ २७, २०७९
|
|
५७ पटक हेरिएको
Shares
नागढुंगा सुरुङमार्गः अर्को साउनदेखि गुड्नेछन् गाडी

सारांश

  • काठमाडौं ।
  • काठमाडौं उपत्यकाबाट बाहिरिने र भित्रने मुख्य नाका नागढुंगा–नौबिसे सुरुङमार्गमा अर्को साउनदेखि गाडी कुदाउन सकिने भएको छ ।
  • निर्माण आयोजनाका अनुसार आगामी वर्षसम्म सुरुङमार्गको काम सकेर गाडी कुदाउन मिल्नेगरी काम भइरहेको छ ।

काठमाडौं । काठमाडौं उपत्यकाबाट बाहिरिने र भित्रने मुख्य नाका नागढुंगा–नौबिसे सुरुङमार्गमा अर्को साउनदेखि गाडी कुदाउन सकिने भएको छ ।

निर्माण आयोजनाका अनुसार आगामी वर्षसम्म सुरुङमार्गको काम सकेर गाडी कुदाउन मिल्नेगरी काम भइरहेको छ । नागढुंगा–नौबिसे सुरुङमार्ग आयोजनाका निर्देशक नरेशमान शाक्यले लक्ष्य पूरा गर्न अहिले दुई सिफ्टमा फुल फ्लेजमा काम भइरहेको बताएका छन् ।

शाक्यले हाल दैनिक १० देखि १२ मिटरसम्म सुरुङमार्ग खन्ने काम पूरा भइरहेको जानकारी दिएका छन् । कोभिडलगायतका कारण सुरुवाती चरणमा निर्माण आयोजना केही ढिला हुन गए पनि अहिले फुल फ्लेजमा काम सञ्चालन भइरहेको उनको भनाइ छ ।

सुरुङमार्गसँगै लाइनिङलगायत फिनिसिङको काम पनि सँगसँगै भइरहेको आयोजनाले जनाएको छ । अहिले दुवैतिरको पोर्टलमा गरी दैनिक ५ सय ४० जनाले काम गरिरहेका आयोजनाले जनाएको छ ।

निर्माण आयोजनामा मुआब्जाका विषयसमेत समस्यामा रूपमा रहँदै आएको छ । आयोजनाले भने मुआब्जा वितरणदेखि क्षतिपूर्तिका सम्पूर्ण कार्य अहिले अन्तिम चरणमा पुगेको जनाएको छ । आयोजनाले फ्लाइओभरका लागि मात्र ८० प्रतिशत मुआब्जा वितरण गरिसकेको र बाँकी २० प्रतिशत मुआब्जा रकम यही आर्थिक वर्षभित्र बाँड्ने योजना रहेको जनाएको छ ।

सुरुङ आयोजनाको निर्माणअन्तर्गत काठमाडौंतिर ओभरपास निर्माण सकिएको र बलम्बुमा फ्लाइओभर निर्माणको तयारी थालिएको आयोजनाको भनाइ छ ।

आयोजनाले हालसम्म मुख्य सुरुङ खन्ने काम ५६ प्रतिशत पूरा भएको जनाएको छ । मुख्य सुरुङ र सहायक सुरुङ (इभाकुएसन) गरी ३ हजार ७२ मिटर सुरुङ खन्ने काम पूरा भएको छ ।

काठमाडौंतर्फ मुख्य सुरुङ ७ सय १८ मिटर र सहायक सुरुङ ८ सय ७६ मिटर पूरा भएको आयोजनाले जनाएको छ । यस्तै, धादिङतर्फ ६ सय ५९ मिटर मुख्य र ६ सय ३१ मिटर इभाकुएसन टनेल खन्ने काम सकिएको छ । धादिङतर्फ १ सय २६ मिटर अडिट टनेल पूरा भएको छ भने ६२ मिटर क्रस प्यासेज पनि निर्माण भएको छ । इभाकुएसनको कुल लम्बाइ २ हजार ५ सय ५७ मिटर र मुख्य सुरुङ २ हजार ६ सय ८८ मिटर रहेको छ ।

४२ महिनामा सम्पन्न गर्नेगरी सो आयोजना २०७६ कात्तिकमा निर्माण सुरु भएको थियो । जापानी निर्माण संस्था हाजमा आङ्दो कर्पोरेसनबीच २०७६ असोजमा सम्झौता भई निर्माण भइरहेको छ । कोभिडलगायतका कारण आयोजनाको म्याद थप गरिएको छ ।

नागढुंगा सुरुङमार्ग जापान सरकारको सहयोगमा जापानी निर्माण कम्पनीद्वारा निर्माण भइरहेको राष्ट्रिय प्राथमिकताको आयोजना हो ।

नागढुंगा–नौबिसे सुरुङमार्ग लागि जापानी सहयोग नियोगले १६ अर्ब रुपैयाँ सहुलियत ऋण सहयोग दिएको छ । सो ऋण ४० वर्षमा तिरिसक्नुपर्नेछ भने ब्याज शून्य दशमलव शून्य १ प्रतिशत रहेको छ । २२ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजना ६ अर्ब रुपैयाँ नेपाल सरकारले आन्तरिक स्रोतबाट बेहोर्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धनगढीमा फेला परेको बम निष्क्रिय
धनगढीमा फेला परेको बम निष्क्रिय
कांग्रेस भेलामा नेतृत्व परिवर्तनको गुञ्जन
कांग्रेस भेलामा नेतृत्व परिवर्तनको गुञ्जन
खोटाङमा आगजनी, पाँच लाख बराबरको क्षति
खोटाङमा आगजनी, पाँच लाख बराबरको क्षति
बाँध भत्किँदा ज्यान गुमाउनेको सङ्ख्या १५७ पुग्यो
बाँध भत्किँदा ज्यान गुमाउनेको सङ्ख्या १५७ पुग्यो
यसवर्ष भाइटीकाको साइत ११ बजेर ५५ मिनेटमा
यसवर्ष भाइटीकाको साइत ११ बजेर ५५ मिनेटमा
चलखेलै चलखेल,आयल निगम जग्गा खरिद प्रकरणः कागज मिलाएर घोटाला….
चलखेलै चलखेल,आयल निगम जग्गा खरिद प्रकरणः कागज मिलाएर घोटाला….
दोस्रो चरणको चुनावमा पनि एमाले पहिलो, कांग्रेस दोस्रो र माओवादी तेस्रो ? (सूचिसहित)
दोस्रो चरणको चुनावमा पनि एमाले पहिलो, कांग्रेस दोस्रो र माओवादी तेस्रो ? (सूचिसहित)
नेकपाकाे सरकार भएका बेला लाेकतन्त्र, प्रेस स्वतन्त्रता, मानवअधिकार हनन् हुने कुरा कल्पनासम्म हुँदैन: प्रधानमन्त्रि अाेली
नेकपाकाे सरकार भएका बेला लाेकतन्त्र, प्रेस स्वतन्त्रता, मानवअधिकार हनन् हुने कुरा कल्पनासम्म हुँदैन: प्रधानमन्त्रि अाेली
केभने बामदेव गौतमले हरे पछि-विज्ञप्ति सहित !
निर्मला पन्तका विषयमा गृहमन्त्रीको अर्को अभिव्यक्ति
निर्मला पन्तका विषयमा गृहमन्त्रीको अर्को अभिव्यक्ति

तपाईंले छुटाउनुभयो कि?