आजको राशिफल

Abhiyanpost Abhiyanpost
|
बिहिबार, श्रावण १९, २०७९
|
|
५३ पटक हेरिएको
Shares
आजको राशिफल

सारांश

  • मेष (चु.
  • चे.
  • चो.

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

सामाजिक र धार्मिककाममा गर्नुहुने कामबाट तपाईलाई मानसम्मान मिल्नेछ । स्वास्थ्यमा सुधार हुनेछ, आफूभन्दा उच्चब्यक्तिबाट प्राप्त हुने सम्मानले तपाईको मनमा हर्ष छाउने छ । नयाँ काम गर्न मन लाग्नेछ । सामाजिक सेवाका काममा मन जानेछ । अर्थ आर्जन हुने काममा समय खर्च गर्नुहोला।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

आकस्मिक धनलाभ हुनेछ । व्यापार ब्यबसायबाट नसोचेको आर्थिकलाभ प्राप्त हुनेछ । शत्रुमाथि विजयप्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनाका साथै यात्राको अवसर प्राप्त हुनेछ । मनमा सकारात्मक सोच र खुसी हुने खबरले उत्साह थपिने छ । कसैलाई पनि दूवाच्य वचन नबोल्नुहोला ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

धनलाभ र नयाँ नयाँ खबरले तपाईको मनमा खुसियाली छाउने छ । घर परिवार र आफन्तसँग केही विषयमा विवाद हुनसक्छ । त्यसैले आजको दिन कम बोल्ने र अर्काका कुरा सुन्ने गर्दा राम्रो हुनेछ । राम्रो काम गर्न खोज्दा पनि अनावश्यक आरोप लाग्न सक्छ । सत्कार्यका लागि तपाईले गरेको कामअनुसारको फल प्राप्त हुनेछ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

कर्कट राशिका जातकहरुको लागि आजको दिन यात्रा गर्न लाग्नु भएको छ भने यात्रामा बाधा आउनसक्छ । तपाईले सोच र परिवारका कुरा नमिल्दा नकारात्मक सोच आउनसक्छ । अध्ययन अध्यापनमा मन लगाउनु होला । तपाईको सोच अनुसारका काम नहुँदा नकारात्मक धारणा आउनसक्छ । कसैसँग पनि विवाद नगर्नुहोला ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

सिंह राशिका जातकले विहीबारको विहान सूर्योदयको दर्शन गर्नुहोला । तपाईलाई अनावश्यक विवाद हुनसक्छ । आजको दिन भुलेर पनि कसैसँग विवाद नगर्नुहोला । पारिवारिक समस्याका कारण मनमा अनेक समस्या उत्पन्न हुनसक्छ । त्यसैले आजको दिन मौन रहेर आफ्नो नियमित कार्य गर्नुहोला । अध्ययनमा रुचि छ भने नयाँ पुस्तक अध्ययनको थालनी तपाईको लागि शुभ हुनसक्छ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

यात्रा गर्नुपर्ने हुनसक्छ । नयाँ मित्रमण्डलीसँगको भेटले कार्यगत उत्साह थपिने छ । आफन्त र मित्रजनबाट साथ र सहयोगको प्रस्ताव आउनसक्छ । आजको दिन नयाँ बस्त्र खरिद गरेर लगाउन राम्र्रो हुनेछ । स्त्रीजातिको साथ र सहयोग लिएर कुनै काम गर्नु थाल्नुभएको छ भने सोचअनुसारको प्रतिफल प्राप्त हुनेछ । चन्द्रमाको साथ पनि रहेको छ । आजको दिन गरेको काम शुभ हुनेछ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

तुला राशिमा जातका लागि मानसिक असन्तोष र तपाईले सोच अनुसारको काम नहुँदा चिन्ता थप हुनसक्छ । त्यसैले मनमा सकारात्मक सोच राखेर काम गर्न आवश्यक छ । व्यापार ब्यबसायमा हुनुहुन्छ भने आजको दिन तपाईलाई फाइदा हुन्छ । धैर्यको आवश्यकता हुन्छ । सकारात्मक सोच राखेर अघि बढ्नु होला ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

विहान सूर्योदयको दर्शन गरेर दिनको शुरुवात गर्नुहोला । मनमा प्रसन्नता र उत्साह बढ्ने छ । तपाईले कुनै नयाँ कामको शुरुवात समेत गर्न सक्नुहुनेछ । आज शुरुवात गरेको कामबाट सफलता प्राप्त हुनेछ । तपाईमाथि अनावश्यक आरोप लाग्नसक्छ त्यसैले आफ्नो नियमित काम गर्दा होसियारी, धैर्य आवश्यक छ । विहान सूर्योदयको दर्शन र कही अध्यात्मज्ञान श्रवण गर्नुहोला ।।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

सन्तान र स्त्रीजातिको साथ सहयोगले तपाईको कार्य प्रगति हुनेछ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । आजको दिन ब्यर्थमा समय खर्च र अनावश्यक आर्थिक भार थपिने छ । आजको दिन मित्रमण्डलीबाट असहयोग हुनसक्नेछ। साथ सहयोग कसैको नहुँदा पनि तपाईको मनमा उर्जाका लागि देवालय र शिवालयको दर्शन गर्नु जानुहोला ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

आजको दिन तपाईल सोचेअनुसारको काम हुने भएकाले नयाँ काम गर्नसक्नुहनेछ । आफूले गरिरहेको कामबाट मानसम्मान प्राप्त हुनसक्छ । आफ्नो कर्मयात्रामा हिँडीरहेकाहरुलाई नसोचेको सम्मान मिल्नसक्छ । धेरै खुसी र दुःखी नभइकन आफ्नो काम गरिरहनु होला । मनमा निकै हर्ष छाइरहने छ विहान सूर्यनारायणलाई जल दिएर दर्शन गर्नुभयो भने दिन सफल हुनेछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

मनमा अति प्रसन्नता छाउने छ । कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम र शत्रुमाथि विजयप्राप्ति हुनेछ । ब्यापार व्यबसायबाट बाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुभयो भने मानसम्मान मिलनेछ । सामाजिक काममा मन जानेछ । तपाईले गरेको कार्यको परिवारका सदस्य समेत खुसी हुनेछन् ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

विहीबारका दिन मीन राशिमा जातकले विहान सूर्योदयको दर्शन गरेर नजिक वा देवालयको दर्शन गर्नु उत्तम छ । अध्ययन अध्यापनको क्षेत्रका कार्य गर्ने जातकले आजको दिन विहान सूर्यस्तोत्र पाठ गर्दा सकारात्मक सोच बढ्नेछ । तपाईले गर्न खोजेको काममा पनि सफलता मिल्नेछ । यात्रा र धार्मिक कार्यमा लाग्नु भयो भने मनमा उत्साह भरिने छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नयाँ सरकार बनाउन देखिएका ६ वटा विकल्प
नयाँ सरकार बनाउन देखिएका ६ वटा विकल्प
बजेटमा व्यवस्था गरिएअनुसार मिर्गौला पीडितलाई मासिक रु पाँच हजार माग
रुखमा भोट माग्दै, संघीय समाजवादी, नयाँ शक्ति र माओवादी केन्द्रका उम्मेदवार !
रुखमा भोट माग्दै, संघीय समाजवादी, नयाँ शक्ति र माओवादी केन्द्रका उम्मेदवार !
जीतपछि गगनले भने- ‘ओलीजी, अहंकारको भारीले तपाइँलाई थिच्ला’
जीतपछि गगनले भने- ‘ओलीजी, अहंकारको भारीले तपाइँलाई थिच्ला’
निजी सवारी चल्न दिइने गरी लकडाउन खुकुलो बनाइदै
निजी सवारी चल्न दिइने गरी लकडाउन खुकुलो बनाइदै
गृहमन्त्री थापाले २१ दिनमा के के गरे? चर्चा कमाउने काममा व्यस्त!
गृहमन्त्री थापाले २१ दिनमा के के गरे? चर्चा कमाउने काममा व्यस्त!
नेकपाभित्रको रस्साकस्सी कायमै, ओलीले प्रचण्डलाई इश्वर पोखरेलसँग भिडाउँदै !
नेकपाभित्रको रस्साकस्सी कायमै, ओलीले प्रचण्डलाई इश्वर पोखरेलसँग भिडाउँदै !
अब नेवार जातिले मात्रै घर किन्न पाउने
अब नेवार जातिले मात्रै घर किन्न पाउने
शिक्षा व्यवहारमा लागू हुनुपर्छ : कानूनमन्त्री भण्डारी
शिक्षा व्यवहारमा लागू हुनुपर्छ : कानूनमन्त्री भण्डारी
मनसुन सक्रिय भएसँगै दाङको अमरपुरमा सबैभन्दा बढी १०७ मिलिमिटर वर्षा, बाढी र पहिरोको जोखिम
मनसुन सक्रिय भएसँगै दाङको अमरपुरमा सबैभन्दा बढी १०७ मिलिमिटर वर्षा, बाढी र पहिरोको जोखिम

तपाईंले छुटाउनुभयो कि?