सार्कलाई अघि बढाउन प्रयत्न भइरहेको छ– सचिव भरतराज पौडेल

Abhiyanpost Abhiyanpost
|
आइतबार, पौष २४, २०७९
|
|
५७ पटक हेरिएको
Shares
सार्कलाई अघि बढाउन प्रयत्न भइरहेको छ– सचिव भरतराज पौडेल

सारांश

  • काठमाडाैं ।
  • परराष्ट्र मन्त्रालयले संसदीय समितिलाई दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) लाई अघि बढाउने प्रयत्न भइरहेको जानकारी दिएको छ ।
  • राष्ट्रिय सभा, राष्ट्रिय सरोकार समितिको आजको बैठकमा समिति सदस्यले सार्कका बारेमा राख्नुभएको जिज्ञासामा परराष्ट्रमन्त्रालयका सचिव भरतराज पौडेलले नतिजा नदेखिए पनि सार्कलाई अघि बढाउन प्रयास भइरहेको जानकारी दिनुभयो ।

काठमाडाैं । परराष्ट्र मन्त्रालयले संसदीय समितिलाई दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) लाई अघि बढाउने प्रयत्न भइरहेको जानकारी दिएको छ । राष्ट्रिय सभा, राष्ट्रिय सरोकार समितिको आजको बैठकमा समिति सदस्यले सार्कका बारेमा राख्नुभएको जिज्ञासामा परराष्ट्रमन्त्रालयका सचिव भरतराज पौडेलले नतिजा नदेखिए पनि सार्कलाई अघि बढाउन प्रयास भइरहेको जानकारी दिनुभयो ।

उहाँले बहुपक्षीय र क्षेत्रीय केही पक्षमध्ये सार्क स्थापनाको बडापत्रको परिभाषा तयार गर्दैखेरि आधारभूत सिद्धान्तका रूपमा कुनै पनि विषयमा सबैको सहमति नभएसम्म अघि बढ्न सक्दैन भन्ने प्रावधानले प्रभाव पारेको बताउनुभयो ।

नेपाल अध्यक्ष राष्ट्र भए पनि आठ वटा सदस्य राष्ट्रमध्ये एउटा मात्र भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘नतिजा नदेखिएकाले त्यो जिज्ञासा उठ्नु स्वाभाविक रहेको छ ।’

सन् १९८४ मा स्थापना भएको सार्कका सदस्य राष्ट्रमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, माल्दिभ्स्, भूटान, श्रीलंका र कान्छो सदस्यका रूपमा अफगानिस्तान रहेका छन् ।

दक्षिण एशियाली क्षेत्रमा गरिबी निवारण गर्ने प्रमुख उद्देश्यका साथ स्थापना भएको सार्क पछिल्ला वर्षमा प्रभावकारी हुन नसकेको गुनासो उठ्दै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नुवाकोट क्षेत्र २ प्रदेश (क) मा विकासप्रेमी नेता रामप्रसाद ढुंगानाको उम्मेदवारी किन ?
नुवाकोट क्षेत्र २ प्रदेश (क) मा विकासप्रेमी नेता रामप्रसाद ढुंगानाको उम्मेदवारी किन ?
सन्नी लियोनविरूद्ध छोरीको विषयमा मुद्दा दर्ता, जेल सजाय हुनसक्ने !
सन्नी लियोनविरूद्ध छोरीको विषयमा मुद्दा दर्ता, जेल सजाय हुनसक्ने !
निजी क्षेत्रको लगानी उत्पादनमा केन्द्रित हुन जरुरी : अर्थमन्त्री महत
निजी क्षेत्रको लगानी उत्पादनमा केन्द्रित हुन जरुरी : अर्थमन्त्री महत
सेक्युरिटी प्रेस अन्योलमा, पासपोर्ट छाप्‍न टेन्डर
सेक्युरिटी प्रेस अन्योलमा, पासपोर्ट छाप्‍न टेन्डर
पत्रकारलाइ विपद् व्यवस्थापन तालीम
पत्रकारलाइ विपद् व्यवस्थापन तालीम
किन भेटेनन् माेदीले प्रचण्ड र देउवा लाई ?
आफूसँग भएको पैसा निकाल्नोस्, लगानी गर्नोस् : प्रधानमन्त्री
आफूसँग भएको पैसा निकाल्नोस्, लगानी गर्नोस् : प्रधानमन्त्री
नेपाल बंगलादेश बैंकमा रोजगारीको अवसर (सुचनासहित)
नेपाल बंगलादेश बैंकमा रोजगारीको अवसर (सुचनासहित)
भोट दिने बेला भीमसेनदास प्रधान र झक्कु सुवेदीको जम्काभेट
भोट दिने बेला भीमसेनदास प्रधान र झक्कु सुवेदीको जम्काभेट
यसरी मिल्यो भागबण्डा : आजै मन्त्रीमण्डल विस्तार गर्ने देउवाको तयारी

तपाईंले छुटाउनुभयो कि?