भ्रष्टाचारविरुद्ध कलम चलाउन मन्त्री गिरीकाे आग्रह

Abhiyanpost Abhiyanpost
|
आइतबार, माघ २२, २०७९
|
|
५६ पटक हेरिएको
Shares
भ्रष्टाचारविरुद्ध कलम चलाउन मन्त्री गिरीकाे आग्रह

सारांश

  • चितवन ।
  • स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले पत्रकारलाई भ्रष्टाचारविरुद्ध कलम चलाउन आग्रह गरेका छन् ।
  • प्रेस चौतारी नेपालको २५औँं स्थापना दिवसको अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले भने,“तपाईंहरुको कलम भ्रष्टाचार विरुद्धमा बम र बाढी हुन सक्ने गरी चलाउनुहोस् ।

चितवन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले पत्रकारलाई भ्रष्टाचारविरुद्ध कलम चलाउन आग्रह गरेका छन् । प्रेस चौतारी नेपालको २५औँं स्थापना दिवसको अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले भने,“तपाईंहरुको कलम भ्रष्टाचार विरुद्धमा बम र बाढी हुन सक्ने गरी चलाउनुहोस् ।”

अहिले मुलुकको एउटै मुद्दा आर्थिक समृद्धिको भएको भन्दै उनले आर्थिक समृद्धिको बाटोमा लिएर जाने र गरिबीको अन्त्य गर्ने जिम्मेवारी आएको बताए । देशलाई समृद्धिको बाटोमा हिँडाउन र गरिबी अन्त्यको बाधक बनेको भ्रष्टाचारको पर्खाल हटाउन जरुरी रहेको बताए ।

“भ्रष्टाचारको पर्खाल तोड्ने, मुलुकलाई सुशासन दिने बाटोमा अघि बढाएर लिएर जानुपर्ने छ”, उनले भने, “विकास र समृद्धिका निम्ती उत्पादनका क्षेत्रमा विकास गरेर अघि बढ्नुपर्ने समय आएको छ ।” देशमा राजनीतिक रुपमा धेरै ठूला परिवर्तन भएको भन्दै मन्त्री गिरीले परिवर्तनअनुसार पत्रकारका कलम चल्नुपर्ने बताए ।

परिवर्तनको पक्षमा हिम्मत र आँट गरेर कलम चलाउन पत्रकारलाई आग्रह गर्दै उहाँले पत्रकारले आफ्नो समाचारप्रति जवाफदेही हुँदै समाजलाई सुधारको बाटोमा लैजानुपर्ने बताए । सरकारले गरेका काममा नियमित खबरदारी गर्दै सही बाटोमा हिँडाउने जिम्मेवारी पत्रकारमा रहेको उनको भनाइ छ । नेपालको पत्रकारिता क्षेत्रले छोटो समयमा धेरै प्रगति गरेको भन्दै यसलाई बचाइ राख्न पत्रकारलाई आग्रह गरे ।

सो अबसरमा डा.सारदा–तिलचन्द्र भट्टराई पत्रकारिता पुरस्कार २०७९ बाट अग्रज पत्रकार विष्णु छिमेकीलाई पुरस्कृत गरिएको थियो । पुरस्कारको रकम रू २० हजार छिमेकीले प्रेस चौतारीको भवन निर्माणका लागि शाखा अध्यक्ष पण्डितलाई सोही कार्यक्रममा हस्तान्तरण गरे ।

(https://veroinn.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

को हुन् सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त भएका शाह ?
को हुन् सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त भएका शाह ?
पर्यटकलाई मोहित बनाउने शिरीषको राताम्य फूल
पर्यटकलाई मोहित बनाउने शिरीषको राताम्य फूल
गोविन्द केसीको अनशनलाई निहुँ बनाएर ‘धमिलो पानीमा माछा मार्न खोजियो:  पुष्पकमल दाहाल प्रचण्ड
गोविन्द केसीको अनशनलाई निहुँ बनाएर ‘धमिलो पानीमा माछा मार्न खोजियो: पुष्पकमल दाहाल प्रचण्ड
काँग्रेसबाट मन्त्री बनेकाहरुलाई जिम्मेवारी तोकियो, कसलाई कुन मन्त्रालय हेर्नुहोस
काँग्रेसबाट मन्त्री बनेकाहरुलाई जिम्मेवारी तोकियो, कसलाई कुन मन्त्रालय हेर्नुहोस
काठमाडौँमा दिउँसो मालवाहक सवारी चलाउन रोक
काठमाडौँमा दिउँसो मालवाहक सवारी चलाउन रोक
संदीपले ४ विकेट लिएपनि नेपाल बंगलादेशसँग पराजित
संदीपले ४ विकेट लिएपनि नेपाल बंगलादेशसँग पराजित
बिजुलीको पोलमा माेटरसाइकल ठोक्किदा एकको ज्यान गयाे
बिजुलीको पोलमा माेटरसाइकल ठोक्किदा एकको ज्यान गयाे
दसैंलाई ६० करोडका खसीबोका ल्याइँदै
दसैंलाई ६० करोडका खसीबोका ल्याइँदै
नेतृत्व चयनमा खुला प्रतिस्पर्धा ‘विज्ञापन बोर्डको रिक्त अध्यक्ष पदका लागि सञ्चार मन्त्रालयको सूचना’
नेतृत्व चयनमा खुला प्रतिस्पर्धा ‘विज्ञापन बोर्डको रिक्त अध्यक्ष पदका लागि सञ्चार मन्त्रालयको सूचना’
स्वदेशी उत्पादन वृद्धि गरी आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु अत्यावश्यकः राष्ट्रपति
स्वदेशी उत्पादन वृद्धि गरी आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु अत्यावश्यकः राष्ट्रपति

तपाईंले छुटाउनुभयो कि?