युएसए आइडीका प्रशासक पावर नेपालमा

Abhiyanpost Abhiyanpost
|
मंगलबार, माघ २४, २०७९
|
|
६१ पटक हेरिएको
Shares
युएसए आइडीका प्रशासक पावर नेपालमा

सारांश

  • काठमाडौं ।
  • अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसआइडी) की प्रशासक समान्था पावर दुईदिने नेपाल भ्रमणका लागि यहाँ आइपुगेका छन् ।
  • आफ्नो भ्रमणका क्रममा उनले नागरिक समाजका संस्थाहरू र सरकारी अधिकारीहरूसँग भेट गर्ने यहाँस्थित अमेरिकी राजदूतावासले जनाएको छ ।

काठमाडौं । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसआइडी) की प्रशासक समान्था पावर दुईदिने नेपाल भ्रमणका लागि यहाँ आइपुगेका छन् ।

आफ्नो भ्रमणका क्रममा उनले नागरिक समाजका संस्थाहरू र सरकारी अधिकारीहरूसँग भेट गर्ने यहाँस्थित अमेरिकी राजदूतावासले जनाएको छ । प्रशासक पावरले युएसआइडीले लोकतान्त्रिक र समृद्ध नेपाललाई सहयोग गर्न स्थानीय समुदायहरूसँग साझेदारी गरिएका सम्बन्धमा नजिकबाट नियाल्नुहुने बताइएको छ ।

प्रशासक पावरले नेपाल सरकार र जनतासँग संयुक्त राज्य अमेरिकाको ७५ वर्षभन्दा लामो साझेदारीलाई जोड दिँदै नेपालसँगको संलग्नता थप बढाउने युएसआइडीको प्रतिबद्धतालाई उजागर गर्ने । उनले भ्रमणका क्रममा युएसएआइडीको नेपालमा थप सहयोग वृद्धिका लागि प्रतिबद्धता जाहेर गर्नेछन् । साथै नेपालको प्रजातान्त्रिक अभ्यास, सङ्घीयता, सामाजिक समावेशिता, नागरिक समाज र प्रेस स्वतन्त्रतालगायत विषयमा नयाँ कार्यक्रम घोषणा गरिने युएसएआइडीको विज्ञप्तिमा उल्लेख छ ।

नेपालको विकासमा युएसएआइडीले निर्वाह गरेकोे भूमिका र उच्चस्तरीय भ्रमणले नेपाल अमेरिका सम्बन्धमा थप उचाइ हासिल गर्ने अपेक्षा गरिएको छ । नेपालको आर्थिक सामाजिक शैक्षिक विकासमा विगत छ दशकभन्दा बढी समयदेखि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको युएसएआइडीको मुख्य अधिकारीको नेपाल भ्रमण विशेष महत्व हुने अपेक्षा गरिएको छ ।

   को हुन् प्रशासक पावर 

समान्था पावरले युएसएआइडीकी १९औँ प्रशासकका रूपमा सन् २०२१ को मे ३ तारिखमा पदभार ग्रहण गर्नुभएको हो । उहाँले विश्वको अग्रणी अन्तर्राष्ट्रिय विकास निकाय र यसअन्तर्गत विश्वभर रहेका १० हजारभन्दा धेरै कर्मचारीको नेतृत्व गर्दै आएका छन् ।
पावर सन् २०१३ देखि २०१७ सम्म संयुक्त राष्ट्र सङ्घका लागि २८औँ अमेरिकी स्थायी प्रतिनिधिका रूपमा सेवारत थिए । सो समयमा उनले इबोला महामारीविरुद्ध लड्न, पेरिस जलवायु सम्झौता अनुमोदन गर्न र आइएसआइएसको वित्तीय सञ्जाल कमजोर पार्ने नयाँ अन्तर्राष्ट्रिय कानुन विकास गर्न देशहरूलाई एकजुट गरेका थिए ।

प्रशासक पावर सन् २००९ देखि २०१३ सम्म अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्की कर्मचारी भई राष्ट्रपतिका विशेष सहायकका रूपमा र बहुपक्षीय मामिला तथा मानव अधिकारसम्बन्धी वरिष्ठ निर्देशकका रूपमा पनि कार्यरत थिए ।

उनले आफ्नो पेसागत जीवनको सुरुआत बोस्नियामा एक युद्ध संवाददाताका रूपमा गरेका थिए । कोसोभो, रुवान्डा, सुडान र जिम्बाब्वेलगायत स्थानबाट रिपोर्टिङ गरेकी पावर विभिन्न पुस्तककी लेखिका तथा सम्पादक हुनाका साथै गैरआख्यान विधामा सन् २००३ को पुलित्जर पुरस्कारको विजेता पनि छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाहिर निस्कदाँ मास्क नलगाए पक्राउ
बाहिर निस्कदाँ मास्क नलगाए पक्राउ
आचारसंहिता हास्यव्यङ्ग्यको पुलिन्दा होइन: प्रधानसेनापति
आचारसंहिता हास्यव्यङ्ग्यको पुलिन्दा होइन: प्रधानसेनापति
संविधानको सफल कार्यान्वयनमा नेताहरू चुक्दा प्रसाईंहरू धावा बोल्दैछन् : नैनसिंह महर
संविधानको सफल कार्यान्वयनमा नेताहरू चुक्दा प्रसाईंहरू धावा बोल्दैछन् : नैनसिंह महर
नेम्वाङको पार्थिव शरीर पार्टी कार्यालय राखिने
नेम्वाङको पार्थिव शरीर पार्टी कार्यालय राखिने
एमाले संसदीय दलको बैठक अघि रणनीति तय गर्न माधव समूहको सांसदहरुको बैठक
एमाले संसदीय दलको बैठक अघि रणनीति तय गर्न माधव समूहको सांसदहरुको बैठक
पानी जहाज कार्यालयको उद्घाटन, केही समयपछि टिकट पाइने प्रधानमन्त्रीको भनाइ
पानी जहाज कार्यालयको उद्घाटन, केही समयपछि टिकट पाइने प्रधानमन्त्रीको भनाइ
एमाले र माओवादीमा मन्त्री छान्ने झमेला, को को छन् त लाइनमा
एमाले र माओवादीमा मन्त्री छान्ने झमेला, को को छन् त लाइनमा
सुमो जिप खस्दा जिपमा सवार एकजनाको घटनास्थलमा नै मृत्यु…
सुमो जिप खस्दा जिपमा सवार एकजनाको घटनास्थलमा नै मृत्यु…
राेचक समाचार : बिहेको जन्ती नाँच्दा भाँचियो पुल, बेहुलाले पाए तीन लाख क्षतिपूर्ति
राेचक समाचार : बिहेको जन्ती नाँच्दा भाँचियो पुल, बेहुलाले पाए तीन लाख क्षतिपूर्ति
कास्कीमा १९ उम्मेदवारको जमानत जफत
कास्कीमा १९ उम्मेदवारको जमानत जफत

तपाईंले छुटाउनुभयो कि?