चैते वर्षाले महोत्तरीमा राहत

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, चैत्र ३, २०७९
|
|
४७ पटक हेरिएको
Shares
चैते वर्षाले महोत्तरीमा राहत

सारांश

  • महोत्तरी।
  • पूरै हिउँद पानी नपरी बित्दा मध्य फागुनदेखि नै बढेको गर्मीले असहज भएको मधेसको जनजीवनलाई आज बिहान अल्पवर्षा भए पनि राहत भएको छ ।
  • महोत्तरीसहितका मधेसका धेरैजसो ठाउँमा आज बिहान सामान्य बदलीबीच भएको अल्पवर्षाले चढ्दो गर्मीबाट राहत पाएको सर्वसाधारणले बताएका छन् ।

महोत्तरी। पूरै हिउँद पानी नपरी बित्दा मध्य फागुनदेखि नै बढेको गर्मीले असहज भएको मधेसको जनजीवनलाई आज बिहान अल्पवर्षा भए पनि राहत भएको छ । महोत्तरीसहितका मधेसका धेरैजसो ठाउँमा आज बिहान सामान्य बदलीबीच भएको अल्पवर्षाले चढ्दो गर्मीबाट राहत पाएको सर्वसाधारणले बताएका छन् ।

“रुखिएको जग्गामा चिस्यान हुनेगरी त पानी परेन, तर चिसो बताससँगै एकछिन परेको पानीले अत्यधिक बढेको गर्मीबाट राहत मिलेको छ”, भङ्गाहा नगरपालिका–५ सीतापुरका ९२ वर्षीय मानबहादुर भुजेलले भने, “रुख बिरुवाका पातमात्रै भिजाए पनि अहिलेको वर्षा अमृतसरह बनेको छ ।” यसपालि पूरै हिउँद पानी नपरी बितेका बेला लाग्दो चैतमै आज बिहान सिमसिमे पानी परेको हो ।

आजको वर्षाले वैशाखी तरकारीका बेला (लहरा) पात भिजाएको, फलफूलका बोट (आँप, लिची) का मज्जर (मञ्जरी, फूल) र पातमा लागेका किरा, धब्बा पखालेको किसानले बताएका छन् । “मुख्य त आँपमा मधुवा (मज्जरमा लाग्ने एक प्रकारको रोग) लाग्ने डर रहेकाबेला पानीले हाँगा, पात, मज्जरका धब्बा, माकुराको जालो पखाली दिएको छ”, बर्दिबास–५ ढुङ्ग्रे बस्तीका किसान दलबहादुर थापा मगरले भने, “यसले मधुवाको प्रकोप हुन दिँदैन भन्ने आश छ ।”

जग्गामा चिस्यान हुनेगरी वर्षाको आशमा रहेका यहाँका किसानले सुक्खा भएको जग्गा खनजोत गर्न भने अझै पर्खनुपर्ने भएको छ । चिस्यान हुनेगरी पानी पर्नासाथ महोत्तरीको उत्तरीक्षेत्रका किसान बर्खे मकै, कोदो लगाउन र बर्खे धानको धुले ब्याड राख्न मिल्ने ताक (समय) को पर्खाइमा छन् ।

“सबै ठिक हुनेगरी हिसाब गरेर कहाँ प्रकृति चल्दो रहेछ र रु”, भङ्गाहा–४ पलार बस्तीका ८० वर्षीय वृद्ध किसान चौठी सर्दार बाँतरले भने,“मुख्य कुरा प्रचण्ड गर्मीले काममा निस्कन सकिएको थिएन, हल्का वर्षाले यसमा राहत दियो ।” अन्य बालीमा परेको अनुकूलतालाई उपयोग गर्दै चित्त बुझाउन पर्ने बाँतरले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पदाधिकारी मनोनयन विधानसम्मत छैन, कति काम गर्छन् हेरौँला : डा. शेखर कोइराला
पदाधिकारी मनोनयन विधानसम्मत छैन, कति काम गर्छन् हेरौँला : डा. शेखर कोइराला
तपाईँको बच्चाले हातगोडा दुख्यो भन्छ ? क्याल्सियम अभाव हुनसक्छ
तपाईँको बच्चाले हातगोडा दुख्यो भन्छ ? क्याल्सियम अभाव हुनसक्छ
युएनडिपीको गाडी दुर्घटना, चालकको मृत्यू र ५ घाइते
युएनडिपीको गाडी दुर्घटना, चालकको मृत्यू र ५ घाइते
कोरोनाबाट हङकङमा पनि एकको मृत्यु, चीनमा मृत्यु हुनेको संख्या ४२५ पुग्यो
कोरोनाबाट हङकङमा पनि एकको मृत्यु, चीनमा मृत्यु हुनेको संख्या ४२५ पुग्यो
बिना योग्यता प्रमुख बनेका लोकमान अख्तियारबाट बर्खास्त !!!
बिना योग्यता प्रमुख बनेका लोकमान अख्तियारबाट बर्खास्त !!!
वडाबाटै राहदानी र राष्ट्रिय परिचयपत्रको सेवा
वडाबाटै राहदानी र राष्ट्रिय परिचयपत्रको सेवा
नोबेल शान्ति पुरस्कार’: प्रचण्ड कि पूर्वराजा ज्ञानेन्द्रलाई ?
नोबेल शान्ति पुरस्कार’: प्रचण्ड कि पूर्वराजा ज्ञानेन्द्रलाई ?
माग पूरा भइसकेको अवस्थामा कांग्रेसले संसद चल्न दिन्छ की दिँदैन ?
माग पूरा भइसकेको अवस्थामा कांग्रेसले संसद चल्न दिन्छ की दिँदैन ?
काठमाडाँ उपत्यकामा शनिवार थपिए ११७७ कोरोना संक्रमित
काठमाडाँ उपत्यकामा शनिवार थपिए ११७७ कोरोना संक्रमित
बैशाख २९ गते सोमबारको राशिफल यस्तो छ
बैशाख २९ गते सोमबारको राशिफल यस्तो छ

तपाईंले छुटाउनुभयो कि?