तपाईँको बच्चाले हातगोडा दुख्यो भन्छ ? क्याल्सियम अभाव हुनसक्छ

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, बैशाख २७, २०७६
|
|
७१ पटक हेरिएको
Shares
तपाईँको बच्चाले हातगोडा दुख्यो भन्छ ? क्याल्सियम अभाव हुनसक्छ

सारांश

  • शारीरिक विकासका क्रममा कहिलेकाहीँ बच्चाको हातगोडा दुख्ने समस्या आउन सक्छ ।
  • यस्तो समस्यालाई मेडिकलमा ‘ग्रोइङ पेन’ (बढ्दो उमेरको समस्या) भनिन्छ ।
  • बच्चामा किन यस खालको समस्या देखिन्छ त रुबच्चामा आवश्यक क्याल्सियमको कमीले यस्तो समस्या निम्तिने वरिष्ठ हाडजोर्नी विशेषज्ञ प्रा।

शारीरिक विकासका क्रममा कहिलेकाहीँ बच्चाको हातगोडा दुख्ने समस्या आउन सक्छ । यस्तो समस्यालाई मेडिकलमा ‘ग्रोइङ पेन’ (बढ्दो उमेरको समस्या) भनिन्छ । बच्चामा किन यस खालको समस्या देखिन्छ त रुबच्चामा आवश्यक क्याल्सियमको कमीले यस्तो समस्या निम्तिने वरिष्ठ हाडजोर्नी विशेषज्ञ प्रा।डा। गणेश गुरुङले बताए । ‘बच्चा बढ्दै जाँदा उनीहरूलाई आवश्यक क्याल्सियमको कमीले जोर्नी तथा हड्डी दुख्ने हुन्छ,’ उनले भने, ‘चुलबुले तथा खेल्ने बच्चाहरूलाई क्याल्सियम बढी चाहिन्छ ।’

बच्चा उमेरअनुसार बढ्न क्याल्सियम अपरिहार्य छ । क्याल्सियम कम हुन नदिन खानपानमा विशेष ख्याल पु¥याउनुपर्छ । हरेक दिन सामान्य मालिस गर्दा पनि बच्चाको दुखाइमा धेरै राहत मिल्छ । कतिपय बच्चामा जोर्नी दुखाइका कारण बाथरोग पनि हुनसक्छ । कतिपय बालबालिकामा बाथको समस्या भने पछि गएर आफैँ ठीक हुन्छ । तर, कतिपयको भने पछिसम्म औषधि सेवन गर्नुपर्ने हुनसक्ने बताउँछन् डा। गुरुङ ।

बच्चाको ढाड दुखाइमा भने विशेष ध्यान दिनैपर्छ । ‘प्याथोलोजिकल’ समस्या नभई बच्चाहरूमा ढाडको समस्या हत्तपत्त नदेखिने गुरुङको भनाइ छ । ‘कुनै वेला बच्चाहरूको ढाडको हड्डी स्लिप भइदिन्छ भने कुनैको जन्मिँदै हड्डीमा ‘डिफेक्ट’ हुनसक्छ,’ उनले भने, ‘जन्मिँदै देखिएको समस्या ट्युमन पनि हुनसक्छ, विशेषज्ञको सल्लाह लिनुपर्छ ।’ बढ्दै गरेको बच्चामा हड्डी तथा जोर्नीमा समस्या देखिने खास कारण भने क्याल्सियमको कमी नै हो ।

क्याल्सियम के मा पाइन्छ ?

डेरी उत्पादन दूध, दही, चिजमा क्याल्सियम सबैभन्दा राम्रो पाइन्छ । सुन्तलाको जुस, चकलेट मिल्क, चाइनिज बन्दागोभी, चिप्ले भिन्डी, ब्रोकाउली, बदाम, माछालगायतमा पनि क्याल्सियमको मात्रा धेरै हुन्छ ।

बच्चाको उमेरअनुसार यस्ता खानामा जोड दिनुपर्छ । उमेरअनुसार बच्चालाई प्रतिदिन यति मात्रामा क्याल्सियम चाहिन्छ :

कति बर्षको बच्चालाई कति क्याल्सियम :

०–६ महिना प्रतिदिन – २०० मिलिग्राम
६–१२ महिना प्रतिदिन – २६० मिलिग्राम
१–३ वर्ष प्रतिदिन – ७०० मिलिग्राम
४–८ वर्ष प्रतिदिन – १,००० मिलिग्राम
९–१३ वर्ष प्रतिदिन – १,३०० मिलिग्राम

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लालबाबु पंण्डितको बिषयको यस्तो रहस्य, कमैलाइ मात्र थाहा होला हेर्नुहोस
लालबाबु पंण्डितको बिषयको यस्तो रहस्य, कमैलाइ मात्र थाहा होला हेर्नुहोस
सोलुमा चुनावी रौनक, फेसबुकदेखि घरदैलोसम्म प्रचारप्रसार
सोलुमा चुनावी रौनक, फेसबुकदेखि घरदैलोसम्म प्रचारप्रसार
सलमान खानले आफ्नो ममी सँग गरेको डान्स सोशल मिडियामा भाइरल हुँदै
सलमान खानले आफ्नो ममी सँग गरेको डान्स सोशल मिडियामा भाइरल हुँदै
जनयुद्धका घाइतेको स्वास्थ्य उपचारको व्यवस्था मिलाउन सरकारलाई प्रचण्डको आग्रह
जनयुद्धका घाइतेको स्वास्थ्य उपचारको व्यवस्था मिलाउन सरकारलाई प्रचण्डको आग्रह
मेरो उम्मेद्वारी विकास, परिवर्तन र दिगो पूर्वाधारका लागी हो : रजनी थापा (मेयर उम्मेदवार, टोखा)
मेरो उम्मेद्वारी विकास, परिवर्तन र दिगो पूर्वाधारका लागी हो : रजनी थापा (मेयर उम्मेदवार, टोखा)
आज १३२५ कोरोना संक्रमित थपिए, कुल संक्रमितको सख्या ६४ हजार १ सय २२
आज १३२५ कोरोना संक्रमित थपिए, कुल संक्रमितको सख्या ६४ हजार १ सय २२
पोर्चुगलमा नेपाली पाठशाला स् कखरा सिक्दै नेपाली बालबालिका
पोर्चुगलमा नेपाली पाठशाला स् कखरा सिक्दै नेपाली बालबालिका
कैलाली र कञ्चनपुरमा भीषण हावाहुरी, दुईको मृत्यु, सय जना घाइते
कैलाली र कञ्चनपुरमा भीषण हावाहुरी, दुईको मृत्यु, सय जना घाइते
एसीड अाक्रमणमा परेकाहरू !
एसीड अाक्रमणमा परेकाहरू !
Preventing Data Leakages

तपाईंले छुटाउनुभयो कि?