लुम्बिनी प्रदेशसभा : बजेटमाथि छलफल हुन सकेन

Abhiyanpost Abhiyanpost
|
आइतबार, आषाढ १७, २०८०
|
|
५२ पटक हेरिएको
Shares
लुम्बिनी प्रदेशसभा : बजेटमाथि छलफल हुन सकेन

सारांश

  • लुम्बिनी ।
  • सरकार र प्रमुख प्रतिपक्षबीच बजेटका विषयमा सहमति जुट्न नसक्दा आर्थिक वर्ष २०८०/८१ का लागि लुम्बिनी प्रदेश सरकारले प्रदेशसभामा प्रस्तुत गरेको बजेटमाथि छलफल हुन सकेको छैन ।
  • प्रमुख प्रतिपिक्षी दल नेकपा (एमाले)लगायत सत्ता पक्षकै केही सदस्यको असन्तुष्टि र विपक्षीको विरोधका कारण आजसम्म पनि बजेटमाथि छलफल हुन नसकेको हो ।

लुम्बिनी । सरकार र प्रमुख प्रतिपक्षबीच बजेटका विषयमा सहमति जुट्न नसक्दा आर्थिक वर्ष २०८०/८१ का लागि लुम्बिनी प्रदेश सरकारले प्रदेशसभामा प्रस्तुत गरेको बजेटमाथि छलफल हुन सकेको छैन ।

प्रमुख प्रतिपिक्षी दल नेकपा (एमाले)लगायत सत्ता पक्षकै केही सदस्यको असन्तुष्टि र विपक्षीको विरोधका कारण आजसम्म पनि बजेटमाथि छलफल हुन नसकेको हो । आजको प्रदेशसभामा पनि प्रमुख विपक्षी दल एमालेका सदस्यहरूको विरोधका कारण बजेटमाथि छलफल अगाडि बढ्न नसकेपछि सोमबारसम्मका लागि स्थगित गरिएको हो । बैठकको सुरुआतमै एमालेका प्रदेशसभा सदस्यहरूले नाराबाजी सुरु गरेका थिए ।

प्रमुख प्रतिपक्ष दलले बजेट संशोधनका बारेमा सरकारले लिखित जवाफ नदिँदासम्म बैठक चल्न नदिने अडान लिएको छ । विपक्षी दलका प्रदेश सदस्यहरूले उभिएर विरोध जनाएका थिए । विरोधका बीचमा अर्थमन्त्री धनबहादुर मास्कीले प्रदेशसभामा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सैद्धान्तिक छलफलको प्रस्ताव पेस गर्नुभयो । तर मन्त्री मास्की बोल्दै गर्दा प्रमुख प्रतिपक्ष दलका सांसदहरुले वेल घेराउ गरेका थिए ।

प्रमुख प्रतिपक्ष दलको अवरोधका कारण आजको प्रदेशसभा बैठक स्थगित गरी सभामुख तुलाराम घर्तीले अर्को बैठक सोमबार दिउँसो १ बजे बस्नेगरी स्थगित गरिएको जानकारी दिए ।

एमालेले बजेटमा भएका गलत विषय सच्याउने लिखित माग गरेको प्रमुख सचेतक तुलसी चौधरीले बताइन् । क्रमागत योजनालाई निरन्तरता, खारेज भएका सात निर्देशनालय यथावत् राख्ने, मुख्यमन्त्री कार्यालयमा विनाशीर्षक राखिएको रु दुई अर्ब रकम सबै निर्वाचन क्षेत्रमा रु ५० लाखका दरले विनियोजन गर्नुपर्ने बजेट आउनुपर्ने एमालेको मुख्य माग रहेको उनको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बोलेरो र बस दुर्घटना हुँदा चारको मृत्यु
बोलेरो र बस दुर्घटना हुँदा चारको मृत्यु
एमालेको नेपाल पक्ष राजीनामाबाट किन पछि हट्यो ?
एमालेको नेपाल पक्ष राजीनामाबाट किन पछि हट्यो ?
सिरहामा महिलाको शंकास्पद मृत्यु, परिवारबाटै कुटपिट गरी हत्या गरेको आरोप
सिरहामा महिलाको शंकास्पद मृत्यु, परिवारबाटै कुटपिट गरी हत्या गरेको आरोप
लोकतन्त्र र प्रेसको जीवन्तता अनन्त छ– मन्त्री बाँस्कोटा
लोकतन्त्र र प्रेसको जीवन्तता अनन्त छ– मन्त्री बाँस्कोटा
‘केही व्यापारिक घरानालाई सहयोग पुग्ने गरी करको व्यवस्था किन ?’
‘केही व्यापारिक घरानालाई सहयोग पुग्ने गरी करको व्यवस्था किन ?’
सवारी दुर्घटनामा तीन जनाको मृत्यु
सवारी दुर्घटनामा तीन जनाको मृत्यु
पुर्बमन्त्री महेश बस्नेतलाई जिताउने भन्दै प्याब्सन उपाध्यक्ष दिपिका थापा एमाले प्रवेश;
पुर्बमन्त्री महेश बस्नेतलाई जिताउने भन्दै प्याब्सन उपाध्यक्ष दिपिका थापा एमाले प्रवेश;
यी हुन् अपराधको जलप लगाएर माननीय बनेका सांसद,ज्युदै जलाएर मार्ने देखी अर्काकी श्रीमती उडाउने सम्म
यी हुन् अपराधको जलप लगाएर माननीय बनेका सांसद,ज्युदै जलाएर मार्ने देखी अर्काकी श्रीमती उडाउने सम्म
अन्नबाली छाडेर कागतीखेती शुरु
अन्नबाली छाडेर कागतीखेती शुरु
प्रधानमन्त्रीले संसद बैठकमा प्रयोग गरेको असंसदीय शब्द रेकर्डबाट हटाउन निर्देशन
प्रधानमन्त्रीले संसद बैठकमा प्रयोग गरेको असंसदीय शब्द रेकर्डबाट हटाउन निर्देशन

तपाईंले छुटाउनुभयो कि?