एशियन कप छनोट नेपाल र यमन भिड्ने

Abhiyanpost Abhiyanpost
|
सोमबार, चैत्र १२, २०७४
|
|
६२ पटक हेरिएको
Shares
एशियन कप छनोट नेपाल र यमन भिड्ने

सारांश

  • काठमाडौँ, १२ चैत,  एएफसी एशियन कप छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाली राष्ट्रिय फुटबल टोलीले भोलि प्रतिद्वन्द्वी यमनको टोलीसंग सामना गर्ने भएको छ ।
  • कतारको दोहास्थित सुहइम बिन स्टेडियममा हुने यमनविरुद्धको दोस्रो लिगमा नेपालले विजय लक्ष्यका साथ यमनको सामना गर्नेछ ।
  • समूह ‘एफ’मा रहेको नेपाल भने यसअघि नै समूह चरणबाट बाहिरिइसकेको छ ।

काठमाडौँ, १२ चैत,  एएफसी एशियन कप छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाली राष्ट्रिय फुटबल टोलीले भोलि प्रतिद्वन्द्वी यमनको टोलीसंग सामना गर्ने भएको छ ।

कतारको दोहास्थित सुहइम बिन स्टेडियममा हुने यमनविरुद्धको दोस्रो लिगमा नेपालले विजय लक्ष्यका साथ यमनको सामना गर्नेछ । समूह ‘एफ’मा रहेको नेपाल भने यसअघि नै समूह चरणबाट बाहिरिइसकेको छ । नेपालको लागि उक्त खेल प्रतिष्ठाका लागिमात्र हुनेछ ।

यसअघि काठमाडौँमा भएको पहिलो यमनविरुद्धको लिगमा नेपालले गोलरहित बराबरी खेलेको थियो । छनोट चरणमा पाँच खेल खेलेको नेपालले दुई खेलमा बराबरी र बाँकी खेलमा पराजित भएको थियो ।

नेपालकै समूहमा रहेको फिलिपिन्स ९ अंकका साथ शीर्ष स्थानमा छ भने यमन सात अंकसहित दोस्रो तथा समान सातअंक नै जोडेको ताजकिस्तान गोलअन्तरका आधारमा तेस्रो स्थानमा छ । दुई अंक मात्र जोडेको नेपाल अंक तालिकाको पुछारमा छ ।

नेपाली टोलीमा गोलकिपर बिकेश कुथु, किरण चेम्जोङ र एलन न्यौपाने, डिफेण्डरमा अनन्त तामाङ, विराज महर्जन, रजिन धिमाल, आदित्य चौधरी, दिनेश राजवंशी र देवेन्द्र तामाङ छन् ।

त्यसैगरी मिडफिल्डरमा सुजल श्रेष्ठ, अञ्जन विष्ट, रोहित चन्द, विशाल राई, सुनिल वल, हेमन गुरुङ र हेमन्त थापामगर तथा स्ट्राइकरमा विमल घर्ती मगर, सुमन लामा, नवयुग श्रेष्ठ र जर्ज प्रिन्स कार्की छन् ।

टोलीको मुख्य प्रशिक्षकमा ग्योतुकु कोजी, प्रशिक्षकमा राजुकाजी शाक्य र गोलकिपर प्रशिक्षकमा उज्ज्वल मानन्धर छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सपथ लगत्तै भारतीय प्रधानमन्त्री देशबाहिर कहाँ जालान् ?
सपथ लगत्तै भारतीय प्रधानमन्त्री देशबाहिर कहाँ जालान् ?
ओलीले भने,  बाँधहरुको सम्वन्धमा सरकारले गम्भीरतापूर्वक भारत सरकारसँग कुरा गर्नुपर्छ ।
ओलीले भने, बाँधहरुको सम्वन्धमा सरकारले गम्भीरतापूर्वक भारत सरकारसँग कुरा गर्नुपर्छ ।
लुकाएर राखिएका प्रचण्डका यी तस्विरहरु हेर्नुहोस्
लुकाएर राखिएका प्रचण्डका यी तस्विरहरु हेर्नुहोस्
शिखर बैठकका लागि उत्तर कोरियाली नेता किम सिंगापुरमा, ट्रम्प पनि आजै पुग्ने
शिखर बैठकका लागि उत्तर कोरियाली नेता किम सिंगापुरमा, ट्रम्प पनि आजै पुग्ने
देउवाको निरंकुशता र ओलीको अधिनायकवादविरुद्ध लड्छौं: केसी
देउवाको निरंकुशता र ओलीको अधिनायकवादविरुद्ध लड्छौं: केसी
सुतिरहेको बेला घरको छानो खस्दा एक बालिकाको मृत्यु
आइजिपी खनाल हटाउने हल्ला कसले चलायो ?
आइजिपी खनाल हटाउने हल्ला कसले चलायो ?
छठ पर्व सुरु ,नहाय–खाय विधि गरिँदै
छठ पर्व सुरु ,नहाय–खाय विधि गरिँदै
राष्ट्रपति द्वारा क्रिकेट खेलाडी सम्मानित, सरकारले खेलाडीकाे जीवन निर्वाहको सुनिश्चितता प्रदान गर्न राष्ट्रपतिकाे अाग्रह !
राष्ट्रपति द्वारा क्रिकेट खेलाडी सम्मानित, सरकारले खेलाडीकाे जीवन निर्वाहको सुनिश्चितता प्रदान गर्न राष्ट्रपतिकाे अाग्रह !
वडा कार्यालय भवन शिलान्यास
वडा कार्यालय भवन शिलान्यास

तपाईंले छुटाउनुभयो कि?