वडा कार्यालय भवन शिलान्यास

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, मंसिर १४, २०७५
|
|
६० पटक हेरिएको
Shares
वडा कार्यालय भवन शिलान्यास

सारांश

  • चितवन, १४ मंसिर , भरतपुर महानगरपालिका ं १३ न वडा कार्यालयको निर्माण गरिने भएको छ ।
  • महानगर प्रमुख रेनु दाहालले बिहीबार भवन शिलन्यास गर्दै आफूहरू योजनावद्ध र दिगो विकासका योजनासहित अगाडि बढिरहेको बताउनुभयो ।
  • महानगरको आन्तरिक स्रोत, र साधनका साथै शहरी विकास मन्त्रालय र अन्य सरकारी निकायसँगको समन्वयमा चक्रपथ निर्माण भइरहेको उहाँले जानकारी दिनुभयो ।

चितवन, १४ मंसिर , भरतपुर महानगरपालिका ं १३ न वडा कार्यालयको निर्माण गरिने भएको छ ।

महानगर प्रमुख रेनु दाहालले बिहीबार भवन शिलन्यास गर्दै आफूहरू योजनावद्ध र दिगो विकासका योजनासहित अगाडि बढिरहेको बताउनुभयो । महानगरको आन्तरिक स्रोत, र साधनका साथै शहरी विकास मन्त्रालय र अन्य सरकारी निकायसँगको समन्वयमा चक्रपथ निर्माण भइरहेको उहाँले जानकारी दिनुभयो । नेकपा अध्यक्ष तथा एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर महानगरपालिकाको विकासमा रचनात्मक सहयोग गर्नुभएको नगर प्रमुख दाहालको भनाइ थियो । कार्यालय भवन निर्माण गर्न स्थानीय प्रेमनाथ कोइराला र पद्मावती कोइरालाले प्रदान गर्नुभएको दुई कठ्ठा जग्गामा रू ७० लाखको लागतमा दुई हजार स्क्वायर फिटको पक्की भवन बन्ने भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?