उपराष्ट्रपति यादवद्वारा आभार प्रकट

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, चैत्र १०, २०७९
|
|
६४ पटक हेरिएको
Shares
उपराष्ट्रपति यादवद्वारा आभार प्रकट

सारांश

  • काठमाडौँ ।
  • उपराष्ट्रपति रामसहायप्रसाद यादवले उपराष्ट्रपतिको निर्वाचनमा आफूलाई मतदान गर्ने सम्पूर्ण मतदातामा आभार प्रकट गरेका छन् ।
  • आज प्रेस विज्ञप्ति जारी गर्दै उनले निर्वाचनमा आफ्नो पक्षमा मतदान गर्ने गठबन्धन आबद्ध राजनीतिक दलका नेता, सङ्घीय संसद्का सदस्य र प्रदेशसभाका सदस्यप्रति आभार व्यक्त गरेका हुन् ।

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले उपराष्ट्रपतिको निर्वाचनमा आफूलाई मतदान गर्ने सम्पूर्ण मतदातामा आभार प्रकट गरेका छन् ।

आज प्रेस विज्ञप्ति जारी गर्दै उनले निर्वाचनमा आफ्नो पक्षमा मतदान गर्ने गठबन्धन आबद्ध राजनीतिक दलका नेता, सङ्घीय संसद्का सदस्य र प्रदेशसभाका सदस्यप्रति आभार व्यक्त गरेका हुन् । उनले आफूलाई बाराबाट प्रतिनिधिसभा सदस्य विजयी गराउने मतदाता र सहयोगी मित्रमा धन्यवाद ज्ञापन गरेका हुन् ।

उपराष्ट्रपति यादवले राजनीतिक परिवर्तनका शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । “सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र, धर्मनिरपेक्षता, नागरिक स्वतन्त्रता र मौलिक अधिकारका साथै अग्रगामी परिवर्तनको लक्ष्यप्राप्तिका लागि तथा शोषण, उत्पीडन, विभेद र असमानताका विरुद्ध भएको जनआन्दोलन, जनसङ्घर्ष, सशस्त्र सङ्घर्ष, ऐतिहासिक मधेस जनविद्रोहलगायतका जनआन्दोलनमा जीवन उत्सर्ग गर्नुहुने शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्दछु”, उनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यही चैत ३ गते सम्पन्न निर्वाचनमा यादव उपराष्ट्रपतिमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाटो नहुँदा अर्कै प्रदेशबाट पालिका पुग्छन् त्रिवेणीवासी, ‘लाइफलाइन’मा संघको ‘आलटाल’
बाटो नहुँदा अर्कै प्रदेशबाट पालिका पुग्छन् त्रिवेणीवासी, ‘लाइफलाइन’मा संघको ‘आलटाल’
दिपक दिपाले ‘छ माया छपक्कै’ चलचित्र बनाउने
दिपक दिपाले ‘छ माया छपक्कै’ चलचित्र बनाउने
पाल्पाली व्यवसाय धरापमा
पाल्पाली व्यवसाय धरापमा
पिएसजी फाइनलमा: रेनलाई ३-२ गोल अन्तरले हरायो
पिएसजी फाइनलमा: रेनलाई ३-२ गोल अन्तरले हरायो
बालुवाटार बैठकका दृश्यः सोफा फालेर कुसी, नेतालाई बाँडियो कोरोना जन्तर
बालुवाटार बैठकका दृश्यः सोफा फालेर कुसी, नेतालाई बाँडियो कोरोना जन्तर
एमाले माओवादीको एकता लम्बिनुका कारण यस्ता छन्…
एमाले माओवादीको एकता लम्बिनुका कारण यस्ता छन्…
रोजगारीका लागि जापान पठाउने भनी रकम लिई ठगी गर्ने कन्सल्टेन्सीका संचालक पक्राउ
रोजगारीका लागि जापान पठाउने भनी रकम लिई ठगी गर्ने कन्सल्टेन्सीका संचालक पक्राउ
बाबुरामको प्रश्न : यस्तो सरकार किन चाहियो ?
बाबुरामको प्रश्न : यस्तो सरकार किन चाहियो ?
सुन्दरीको खेती : प्रतियोगीकै गोजीबाट आयोजकलाई आम्दानी, प्रायोजक नै निर्णायक
सुन्दरीको खेती : प्रतियोगीकै गोजीबाट आयोजकलाई आम्दानी, प्रायोजक नै निर्णायक
काँग्रेसले उम्मेदवारको नाम टुंगो लगायो (सुचिसहित)
काँग्रेसले उम्मेदवारको नाम टुंगो लगायो (सुचिसहित)

तपाईंले छुटाउनुभयो कि?