खान नदिइ पिटिएकी बिमला १२ सयमा बेचिएको खुलासा

Abhiyanpost Abhiyanpost
|
सोमबार, श्रावण २३, २०७४
|
|
५५ पटक हेरिएको
Shares
खान नदिइ पिटिएकी बिमला १२ सयमा बेचिएको खुलासा

सारांश

  • काठमाडौ ।
  • पूर्वी नेपालको पाँचथरकी बिमला न्यौपानेले आफू १२ सय कुवेती दिनारमा बेचिएको खुलासा गृहमन्त्री जनाद्र्धन शर्मा समक्ष गरेकी छन् ।
  • ‘कुवेतमा मलाई एउटा घरमा राखियो,घरमालिकले मलाई १२ सय कुवेती दिनारमा किनेको भन्दै उनीहरुले भने अनुसारका काम गर्न बाध्य बनाए’ बिमलाले गृहमन्त्री शर्मा समक्ष भनिन, ‘त्यहाँ मलाई खान समेत नदिईकन कुटपिट गरियो ।

काठमाडौ । पूर्वी नेपालको पाँचथरकी बिमला न्यौपानेले आफू १२ सय कुवेती दिनारमा बेचिएको खुलासा गृहमन्त्री जनाद्र्धन शर्मा समक्ष गरेकी छन् । ‘कुवेतमा मलाई एउटा घरमा राखियो,घरमालिकले मलाई १२ सय कुवेती दिनारमा किनेको भन्दै उनीहरुले भने अनुसारका काम गर्न बाध्य बनाए’ बिमलाले गृहमन्त्री शर्मा समक्ष भनिन, ‘त्यहाँ मलाई खान समेत नदिईकन कुटपिट गरियो ।’

करीव एक साता अघि उद्धार गरी नेपाल ल्याइएकी बिमला आफ्ना श्रीमान नविन शर्मासँग सोमबार गृहमन्त्री शर्मालाई भेटन् मन्त्रालय पुगेकी थिइन । २०७३ चैतमा जोर्डन जानका लागि अन्तर्वार्ता दिन काठमाडौं आएकी न्यौपानेलाई दलालले दिल्ली हुँदै हुँदै कुवेत पुर्‍याएका थिए ।

आफुलाई सशस्त्र प्रहरीका पूर्व कर्मचारी बताउने भक्तबहादुर बिष्ट मार्फत कुवेत पुरयाइएको जानकारी गृहमन्त्री शर्मालाई गराइन । न्यौपानेले कुवेतमा दुःख पाएको खवर परिवारले पाएपछि उनका श्रीमान नविन शर्मा गृहमन्त्रालयको गुनासो कक्षमा पुगेका थिए ।

बिमलाका अनुसार भक्तवहादुरको समूहले कुवेतमा कार्यालय नै खोलेको छ । एउटा घरमा दुई महिना काम गरेपछि भागेर एजेन्टको कार्यालयमा जाँदा आफूलाई अपशब्द बोलेर त्यहाँका कर्मचारीले गाली गरी फेरी अर्को घरमा काम गर्न पठाएको बिमलाले बताइन ।

गृहमन्त्री शर्माले अबैधानिक बाटोबाट विमलालाई कुवेत लैजाने दलालको खोजी गरिने र कारवाहीको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । शर्मा गृहमन्त्री भए लगत्तै स्थापना गरिएको गुनासो व्यवस्थापन कक्षमा उजुरी परेपछि मन्त्री शर्माको निर्देशनमा बिमलाको उद्धार गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अष्ट्रेलियाको जङ्गलमा लागेको आगो अनियन्त्रित भएपछि सङ्कटकालको घोषणा
अष्ट्रेलियाको जङ्गलमा लागेको आगो अनियन्त्रित भएपछि सङ्कटकालको घोषणा
आज ४ हजार ४७ कोरोना संक्रमित थपिए
आज ४ हजार ४७ कोरोना संक्रमित थपिए
२८ हजार २९८ जनाको उम्मेदवारी दर्ता, विवरण आउने क्रम जारी
२८ हजार २९८ जनाको उम्मेदवारी दर्ता, विवरण आउने क्रम जारी
दमक गोल्डकप फुटबलको उपाधी नेपाल पुलिस क्लवलाई
दमक गोल्डकप फुटबलको उपाधी नेपाल पुलिस क्लवलाई
चाइना साउदर्नद्वारा एकै दिनमा तीन लाख यात्रुलाई सेवा
चाइना साउदर्नद्वारा एकै दिनमा तीन लाख यात्रुलाई सेवा
बन्यो ! सन्सारको कुनै पनि कुनाबाट मोबाईल रिचार्ज गर्न सकिने एप्स..
बन्यो ! सन्सारको कुनै पनि कुनाबाट मोबाईल रिचार्ज गर्न सकिने एप्स..
नेकपा स्थायी कमिटी : सरकार र नेतृत्वको आलोचना कम होला ?
नेकपा स्थायी कमिटी : सरकार र नेतृत्वको आलोचना कम होला ?
महेश बस्नेतका विकासे एजेण्डाहरुका  अगाडी टिक्ला त  “दमननाथको मुख होइन, कांग्रेसको रुख हेर्नुस्” ?
महेश बस्नेतका विकासे एजेण्डाहरुका अगाडी टिक्ला त “दमननाथको मुख होइन, कांग्रेसको रुख हेर्नुस्” ?
लुुटपाटका लागि यसरी गरिएको थियो नीराको हत्या, एक जना पक्राउ
लुुटपाटका लागि यसरी गरिएको थियो नीराको हत्या, एक जना पक्राउ
विजय ¥यालीमा ढुङ्गा प्रहार, ६ जना घाइते
विजय ¥यालीमा ढुङ्गा प्रहार, ६ जना घाइते

तपाईंले छुटाउनुभयो कि?