पाँच वर्षमा पनि पूरा भएन रङ्गशाला

Abhiyanpost Abhiyanpost
|
बिहिबार, बैशाख २१, २०८०
|
|
६२ पटक हेरिएको
Shares
पाँच वर्षमा पनि पूरा भएन रङ्गशाला

सारांश

  • चौतारा ।
  • सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा निर्माण गर्न लागिएको मिनी रङ्गशाला पाँच वर्ष पुग्दा पनि पूरा हु नसकेको छैन ।
  • विसं २०७६ मा निर्माण थालिएको मिनी रङ्गशाला निर्माण व्यवसायीले ढिलासुस्ती गर्दा पूर्णता: पाउन नसकेको हो ।

चौतारा । सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा निर्माण गर्न लागिएको मिनी रङ्गशाला पाँच वर्ष पुग्दा पनि पूरा हु नसकेको छैन ।

विसं २०७६ मा निर्माण थालिएको मिनी रङ्गशाला निर्माण व्यवसायीले ढिलासुस्ती गर्दा पूर्णता: पाउन नसकेको हो ।

रङ्गशाला निर्माण भए सिन्धुपाल्चोक मात्रै नभएर आसपासका जिल्लाको फुटबल प्रतियोगिता गर्न आउँदा आम्दानीको स्रोतमा समेत वृद्धि हुने उद्देश्यले ४१ करोड ६२ लाखमा गिरी कन्स्ट्रक्सनलाई तीन वर्षमा सम्पन्न गर्ने गरी निर्माणको ठेक्का दिएको हो । सिन्धुपाल्चोकको गौरवको आयोजना पाँच वर्ष पुगी सक्दासमेत ५० प्रतिशतभन्दा माथि पुग्न सकेको छैन ।

सिपिआरमा उल्लेख गरिएअनुसार रङ्गशालामा छ हजार दर्शक अटाउन मिल्ने प्यारा पिट निर्माण हुनेछ । रङ्गशालाभित्र करिब पाँच सय सवारी साधन पार्किङ गर्न सकिने गरी निर्माण हुँदै छ ।

निर्माण व्यवसायीले निर्माण सामग्री छरपस्ट पारेका छन् । जिल्ला फुटबल सङ्घका अध्यक्ष अमृतमान श्रेष्ठका अनुसार रङ्गशाला नहुँदा छ वर्षसम्म जिल्लामा खेलकुदका गतिविधि ठप्प छन् । उनका अनुसार निर्माण सामग्री थुपारिएको कारण खेलमैदान प्रयोगमा ल्याउन सकिएको छैन ।

‘ठेकदारले निर्माणमा ढिलासुस्ती गरिरहेको छ । कसैले यसमा चासो दिएको देखिएन’, श्रेष्ठले बताए । निर्माण व्यवसायीको ढिलासुस्तीपछि चौताराका युवाले आफैँले खर्च गरेर मैदानलाई समाएका छन् ।

केही न केही खेलकुदका गतिविधि गर्न पर्यो भनेर हामीले आफैँले खर्च जुटाएर मैदान समाएका हौँ’, लायन्स क्लबका अध्यक्ष सन्देश श्रेष्ठले भने । चौतारा साँगाचोकगढी नगरपालिका–५ टुँडिखेलमा रङ्गशाला निर्माण गर्न लागिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरोना सङ्क्रमण ह्वात्तै बढ्यो, आज एकै दिन ६९ जनामा सङ्क्रमण
कोरोना सङ्क्रमण ह्वात्तै बढ्यो, आज एकै दिन ६९ जनामा सङ्क्रमण
भन्सार विभागका महानिर्देशक चार महिनामै अर्थ मन्त्रालय फिर्ता
भन्सार विभागका महानिर्देशक चार महिनामै अर्थ मन्त्रालय फिर्ता
सिन्धुलीमा कार दुर्घटना : चार भारतीय नागरिकको मृत्यु
सिन्धुलीमा कार दुर्घटना : चार भारतीय नागरिकको मृत्यु
प्रधानमन्त्रीविरुद्ध अपशब्द बोल्दै नाराबाजी गर्ने ३ जना कारागार चलान
प्रधानमन्त्रीविरुद्ध अपशब्द बोल्दै नाराबाजी गर्ने ३ जना कारागार चलान
आत्मसमर्पण गरे २० प्रतिशत कैद मिनाहा
आत्मसमर्पण गरे २० प्रतिशत कैद मिनाहा
गठ्ठाघर दुर्घटना: छानबिन गर्न प्रहरी र प्रशासनद्वारा अलग-अलग समिति गठन
गठ्ठाघर दुर्घटना: छानबिन गर्न प्रहरी र प्रशासनद्वारा अलग-अलग समिति गठन
अध्यागमनको ‘सर्भर डाउन’ हुँदा प्रभावित बनेको अन्तर्राष्ट्रिय उडान नियमित
अध्यागमनको ‘सर्भर डाउन’ हुँदा प्रभावित बनेको अन्तर्राष्ट्रिय उडान नियमित
एकीकृत समाजवादीको जम्बो केन्द्रीय कमिटी बन्दै
एकीकृत समाजवादीको जम्बो केन्द्रीय कमिटी बन्दै
एमाले स्थायी कमिटी बैठक स्थगित
एमाले स्थायी कमिटी बैठक स्थगित
आमा सल्लाझैं सुसाइरहिन्- बलात्कारपछि हत्या गरिएकी १० वर्षे छोरीको शव अस्पतालमै
आमा सल्लाझैं सुसाइरहिन्- बलात्कारपछि हत्या गरिएकी १० वर्षे छोरीको शव अस्पतालमै

तपाईंले छुटाउनुभयो कि?