कोरोना सङ्क्रमण ह्वात्तै बढ्यो, आज एकै दिन ६९ जनामा सङ्क्रमण

Abhiyanpost Abhiyanpost
|
सोमबार, चैत्र १३, २०७९
|
|
४२ पटक हेरिएको
Shares
कोरोना सङ्क्रमण ह्वात्तै बढ्यो, आज एकै दिन ६९ जनामा सङ्क्रमण

सारांश

  • काठमाडौं ।
  • नेपालमा कोरोना भाइरसको सङ्क्रमण आज ह्वात्तै बढेको छ ।
  • स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयाका अनुसार आज एक हजार दुई सय ६६ जनामा गरिएको परीक्षणमा ६९ जनामा सङ्क्रमण देखिएको छ ।

काठमाडौं । नेपालमा कोरोना भाइरसको सङ्क्रमण आज ह्वात्तै बढेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयाका अनुसार आज एक हजार दुई सय ६६ जनामा गरिएको परीक्षणमा ६९ जनामा सङ्क्रमण देखिएको छ । यसअघि चैत १२ गते १६ जना र चैत ९ गते १७ जनामा देखिएको सङ्क्रमण देखिएको थियो ।

सङ्क्रमित बढेसँगै सक्रिय सङ्क्रमित पनि बढेको पाइएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले भारतमा सङ्क्रमण बढिरहेको र खुला सिमानाका कारणले नेपाल सङ्क्रमण भित्रिएको बताए ।

“भारतमा सङ्क्रमण बढिरहेको छ । ती सङ्क्रमित खुला सिमानाका कारण नेपालमा भित्रिँदा यहाँ सङ्क्रमण बढेको हो”, उनले भने, “हामीले सीमा नाकामा कडाइ गर्न निर्देशन दिइसकेका छौँ ।”

उनका अनुसार अहिले सबभन्दा बढी सङ्क्रमित नेपाल भारतको कैलालीको धनगढीस्थित त्रिनगर नाकाबाट प्रवेश गरिरहेका छन् । उहाँले सबैलाई स्वास्थ्यको मापदण्ड र खोप लगाउन आग्रह गरे । भारतको उत्तरप्रदेश सङ्क्रमण बढिरहेको छ । मन्त्रालयले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि अतिरिक्त मात्रा (बुस्टर डोज) सबैलाई लगाउन निर्देशन दिएको छ । अहिले उपत्यकासहित सबै ठाउँमा बुस्टर डोज लगाउने अभियान सञ्चालनसमेत भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुशील प्याकुरेलले गरे दक्षिण कोरियाको राजदूत पद अस्वीकार
सुशील प्याकुरेलले गरे दक्षिण कोरियाको राजदूत पद अस्वीकार
१७ लाखको चेक बोकेर वडा सचिव गायव !
१७ लाखको चेक बोकेर वडा सचिव गायव !
मधेसलाई उपेक्षा गरियो : महन्थ ठाकुर
मधेसलाई उपेक्षा गरियो : महन्थ ठाकुर
विश्वकपमा संधै लोकप्रिय चर्चित जर्सी हरू
विश्वकपमा संधै लोकप्रिय चर्चित जर्सी हरू
पाँच एआइजीलाई दज्र्यानी चिह्न प्रदान
पाँच एआइजीलाई दज्र्यानी चिह्न प्रदान
गुणस्तरीय शिक्षाका लागि साझा प्रयत्न आवश्यक : राष्ट्रपति
गुणस्तरीय शिक्षाका लागि साझा प्रयत्न आवश्यक : राष्ट्रपति
मंसिरभित्रै प्रदेश र केन्द्रिय संसदको निर्वाचन एकै चरणमा गर्नुपर्छ र त्यही अनुसार तयारी भैरहेको छ : डा. महत
मंसिरभित्रै प्रदेश र केन्द्रिय संसदको निर्वाचन एकै चरणमा गर्नुपर्छ र त्यही अनुसार तयारी भैरहेको छ : डा. महत
अाफ्नै श्रीमानकी अर्की श्रीमती पत्ता लगाउने यि महिला, जस्ले यसरी पत्ता लगाइन
अाफ्नै श्रीमानकी अर्की श्रीमती पत्ता लगाउने यि महिला, जस्ले यसरी पत्ता लगाइन
एनसेल टावरको ब्याट्री चोरि गर्ने चारजना पक्राउ
एनसेल टावरको ब्याट्री चोरि गर्ने चारजना पक्राउ
निरंकुश राजा ज्ञानेन्द्र फाल्यौं, अब टोले राजा महाराजा जन्मिएका छन्: महासचिव विष्ट
निरंकुश राजा ज्ञानेन्द्र फाल्यौं, अब टोले राजा महाराजा जन्मिएका छन्: महासचिव विष्ट

तपाईंले छुटाउनुभयो कि?