संविधान र राज्य विरोधी तत्वलाई नियन्त्रणमा लिन सरकार सफल : गृहमन्त्री थापा

Abhiyanpost Abhiyanpost
|
बुधबार, बैशाख ४, २०७६
|
|
५२ पटक हेरिएको
Shares
संविधान र राज्य विरोधी तत्वलाई नियन्त्रणमा लिन सरकार सफल : गृहमन्त्री थापा

सारांश

  • हेटौँडा।
  • गृहमन्त्री रामबहादुर थापाले संविधान र राज्य विरोधी तथा विखण्डनकारी तत्वलाई वर्तमान सरकारले नियन्त्रण गर्दै शान्ति सुरक्षाको कार्यलाई व्यवस्थित एवं प्रभावकारी बनाएको बताएका छन्।
  • गृहमन्त्रायद्वारा नं ३ प्रदेशस्तरीय शान्ति सुरक्षा गोष्ठीको बुधबार उद्घाटन कार्यक्रममा पत्रकारहरुसँग उनले विकास एवं समृृद्धिका लागि शान्ति सुरक्षा अत्यन्त आवश्यक रहेको र त्यसतर्फ सरकार प्रतिबद्ध रहेको बताए।
हेटौँडा। गृहमन्त्री रामबहादुर थापाले संविधान र राज्य विरोधी तथा विखण्डनकारी तत्वलाई वर्तमान सरकारले नियन्त्रण गर्दै शान्ति सुरक्षाको कार्यलाई व्यवस्थित एवं प्रभावकारी बनाएको बताएका छन्।
गृहमन्त्रायद्वारा नं ३ प्रदेशस्तरीय शान्ति सुरक्षा गोष्ठीको बुधबार उद्घाटन कार्यक्रममा पत्रकारहरुसँग उनले विकास एवं समृृद्धिका लागि शान्ति सुरक्षा अत्यन्त आवश्यक रहेको र त्यसतर्फ सरकार प्रतिबद्ध रहेको बताए। देशमा चोरी तस्करी, गुण्डागर्दी, हिंसा र अपराध, भ्रष्टचार, अनियमितता लगायतका गैरकानूनी काम नियन्त्रण गर्न सरकारले विशेष अभियान शुरु गरेको बताउँदै गृहमन्त्री थापाले त्यस कार्यमा सरकार सफल पनि हुँदै गएको र शान्ति सुरक्षामा सुधार आएको बताए।
हिंसाको बाटो अपनाएको नेत्रविक्रम चन्द नेतृत्वको समुहसँग वार्ता प्रक्रिया भइरहेको बताउँदै हिंसाको बाटो हिँड्ने कसैलाई नछोड्ने उल्लेख गरे। पत्रकारको जिज्ञासामा नयाँ प्रहरी ऐन नआएको अवस्थामा पुरानो ऐनको आधारमा सङ्घ, प्रदेश र स्थानीय तहले शान्ति सुरक्षाको कार्य गरिरहेको बताए।
गोष्ठीमा १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरीका प्रमुख, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, सशस्त्र प्रहरीका प्रमुख र नेपाली सेनाका उच्च पदस्थ पधाधिकारी लगायतका जिल्ला सुरक्षा निकायका प्रमुखको सहभागिता रहेको छ।
दुईदिने गोष्ठीमा शान्ति सुरक्षाका लागि जिल्ला र प्रदेशबाट समाधान गर्न सकिने समस्या र चुनौतीका लागि एकीकृत अवधारणा बनाउने उद्देश्य रहेको छ। गृहसचिव पे्रमकुमार राईको अध्यक्षतामा शुरु भएको सो कार्यक्रममा आर्थिक अपराध, सङ्घीयता, संविधान विरोधी र सुशासन कायम गर्ने र अपराध नियन्त्रण गर्ने विषयमा छलफल हुने बताइएको छ।  रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बोत्सवानामा सयौँ हात्तीहरु मृत अवस्थामा भेटिए
बोत्सवानामा सयौँ हात्तीहरु मृत अवस्थामा भेटिए
कम्बोडियाका प्रधानमन्त्रीलाई पुर्याएर फर्किएको कारगेड दुर्घटनामा
कम्बोडियाका प्रधानमन्त्रीलाई पुर्याएर फर्किएको कारगेड दुर्घटनामा
जम्मू–कश्मीर र लद्दाखलाई समेटेर पाकिस्तानले  नयाँ राजनैतिक नक्सा जारी गऱ्यो
जम्मू–कश्मीर र लद्दाखलाई समेटेर पाकिस्तानले नयाँ राजनैतिक नक्सा जारी गऱ्यो
‘टिम्बुरे हत्या काण्ड’को २६ वर्षपछि ठूलो र उस्तै ‘आरुबोटे हत्याकाण्ड’ विपुल अधिकारी
‘टिम्बुरे हत्या काण्ड’को २६ वर्षपछि ठूलो र उस्तै ‘आरुबोटे हत्याकाण्ड’ विपुल अधिकारी
कमल थापाले घण्ट बजाँउदै भने ‘नेपाललाई हिन्दु राष्ट्र बनाउछौँ’
कमल थापाले घण्ट बजाँउदै भने ‘नेपाललाई हिन्दु राष्ट्र बनाउछौँ’
विश्वकप फुटबल २०१८: ओली–देउवा फ्रान्सकाे पक्ष,  प्रचण्ड–रामचन्द्र कुन टिमकाे पक्ष ?
विश्वकप फुटबल २०१८: ओली–देउवा फ्रान्सकाे पक्ष, प्रचण्ड–रामचन्द्र कुन टिमकाे पक्ष ?
Pin Up 306 casino giriş qeydiyyat, bonuslar, yukle Бухгалтерские услуги в Моск LEONG JIN SPECIAL STEEL THAILAND CO ,LT
बालाजुबाट १० किलो सुन सहित एक जना पक्राउ
बालाजुबाट १० किलो सुन सहित एक जना पक्राउ
हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज आज मनाइँदै
हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज आज मनाइँदै
कटारी नगरपालिका का तत्कालीन लेखा अधिकृत रबिनचन्द्र ढकालविरुद्ध ७ करोडको भ्रष्टाचार मुद्दा
कटारी नगरपालिका का तत्कालीन लेखा अधिकृत रबिनचन्द्र ढकालविरुद्ध ७ करोडको भ्रष्टाचार मुद्दा

तपाईंले छुटाउनुभयो कि?