विश्वकपमा संधै लोकप्रिय चर्चित जर्सी हरू

Abhiyanpost Abhiyanpost
|
आइतबार, जेठ २७, २०७५
|
|
४८ पटक हेरिएको
Shares
विश्वकपमा संधै लोकप्रिय चर्चित जर्सी हरू

सारांश

  • १.
  • पश्चिम जमर्नी, १९९० १९९० को दशकले विभिन्न खाले प्याटर्नहरु फुटबलको जर्सीमा राख्न थालियो ।
  • सबै देशका जर्सी मिसाएमा हेर्दा मेक्सिकन गोलरक्षक जर्ज क्याम्पोसको जस्तै देखिन सक्छ ।

१. पश्चिम जमर्नी, १९९०


१९९० को दशकले विभिन्न खाले प्याटर्नहरु फुटबलको जर्सीमा राख्न थालियो । सबै देशका जर्सी मिसाएमा हेर्दा मेक्सिकन गोलरक्षक जर्ज क्याम्पोसको जस्तै देखिन सक्छ ।सन् १९९० को पश्चिम जमर्नीको इटाली विश्वकपको होम जर्सी यस्ता जर्सीको पहिलो अवधारणा हो जसमा जमर्नीको झण्डालाई अमूर्त रुपमा जर्सीको अगाडिको भागमा राखिएको थियो । चम्किलो डिजाइनहरु, विभिन्न रंगहरु मिसिएको
त्यस्तै त्यस जर्सीको डिजाइनमा जर्मनीको १९७४ को विश्वकपको विजयलाई जनाउँछ र तल एकैचोटी तल झरेको धर्काले उनीहरु १९७८ मा दोस्रो राउण्डबाट बाहिरिएको संकेत गर्छ, त्यसपछि थोरै बढेको धर्काले सन् १९८२ को फाइनलको हार र त्यसपछिको स्थिर तेर्सो धर्साले सन् १९८६ को फाइनल हारेको संकेत गर्छ ।त्यसपछि फेरि माथि गएको धर्काले १९९० को विश्वकप जित्ने भविष्यवाणी गरेको थियो । पश्चिम जर्मनीले जर्सीमा गरेको भविष्यवाणी जस्तै १९९० को विश्वकप उपाधी पनि उचालेरै छोड्यो त्यसैले पनि यो जर्सीलाई अहिलेसम्मकै चर्चित विश्वकप जर्सी मानिन्छ ।

२.ब्राजिल, १९७०


जब ब्राजिलले मेक्सिकोमा तेस्रो विश्वकप उचाल्यो त्यतिखेर ब्राजिलको पहेँलो र हरियो जर्सीहरु दुई दशकभन्दा कम उमेरका थिए । यसै विश्वकप पछि नै ब्राजिलको पहेँलो होम जर्सी नचिन्ने कोही पनि फुटबलप्रेमी भएनन् ।अहिलेसम्मकै उत्कृष्ट मानिने उक्त ब्राजिली टिममा पेले, जर्जिन्हो, टोस्टाओ र रिभेलिनोले सबैलाई बढारिदिए र फाइनलमा इटाली माथि ४–१ को जित दर्ता गरे ।ब्राजिलले यसअघि सन् १९६२ र १९५८ मा पनि विश्वकप जितेको थियो तर यो विश्वकपको वर्ष रंगिन टिभी भर्खर आएको थियो र टेलिभिजन हेर्ने दर्शक पनि बढेका थिए त्यसले पनि ब्राजिलको पहेँलो जर्सीलाई कहिल्यै पनि नर्बिसने बनाइदियो।

३. नेदरल्याण्ड, १९७४


नेदरल्याण्डलाई सन् ३० ताकाको विश्वकपपछि कसैले पनि विश्वकपमा देखेका थिएनन् । तर जब धेरै समयपछि नेदरल्याण्ड सन् १९७४ को विश्वकपमा छानियो, उसले त्यतिखेर पूरा फुटबल र सुन्तला रंगको होम जर्सीको साथमा धमाका मच्चायो ।
यो टिमको शैलीले फुटबललाई एउटा नयाँ कालखण्डमा लैजान सफल भयो । त्यस्तै जर्सीको सरल डिजाइनलाई पनि सबैले मन पराए । यो जर्सीमा नौ आउटफिल्ड खेलाडीको लागि एक राष्ट्रिय चिन्हसहित एडिडासको तीन धर्का राखिएको थियो तर बाँकी एक खेलाडीको लागि भने अर्कै डिजाइनको जर्सी बनाइएको थियो ।

४. इंग्ल्याण्ड, १९८२


इंग्ल्याण्डको टिमले १९८२ को विश्वकपमा थ्री लायन्स होम जर्सी लगाएर खेल्दा राम्रो नतिजा नआए पनि यसलाई इंग्ल्याण्डको अहिलेसम्मकै उत्कृष्ट जर्सी मानिन्छ । इंग्ल्याण्डको जर्सीमा धेरै थोक राखिएका हुँदैनन्।

५. पेरु, १९७०


सन् १९३६ देखि पेरुले बाँया काँधबाट सुरु दाँया कम्मरसम्म आउने रातो धर्के जर्सी लगाउन थालेको हो र त्यसमध्ये पनि सन् १९७० को पेरुको होम जर्सी सबैभन्दा राम्रो थियो ।छड्के धर्का भएको जर्सी संधै लोकप्रिय हन्छ तर यसलाई एक देशले मात्रै आफ्नो पहिचानको रुपमा लिएको छ ।

६. क्रोयसिया, १९९८


क्रोयसियालाई उनीहरुको नौलो चेक जर्सीबाट छुट्याउन सकिँदैन । त्यसमा पनि १९९८ को फ्रान्स विश्वकपमा १० क्रोयसियाको टिमले लगाएको जस्तो राम्रो जर्सी अर्को हुँदैन होला ।त्यतिखेर डाभोर सुकेर क्रोयसियाका उच्च गोलकर्ता थिए र उनीहरुले पहिलोपटक लोट्टोको जर्सी लगाएका थिए । रातो सेतो चेकले दुई तिहाइ भाग ढाकेको आकर्षक होम जर्सी उनीहरुले किन परिवर्तन गरे भन्ने पनि धेरैलाई लाग्न सक्छ ।

७.संयुक्त राज्य अमेरिका, १९९४


१९९४ को विश्वकपको सबैभन्दा चर्चित दृश्यको रुपमा अमेरिकी डिफेन्डर एलेक्सी लालास कोलम्बियाविरुद्ध जित हात पारेपछि निलो ताराअंकित जर्सीमा खुसीले उफ्रिएको दृश्यलाई लिइन्छ ।अमेरिकाको निलो अवे जर्सीमा छरिएका ताराहरु सुन्दरताको नमुना थिए । यो जर्सी यति धेरै राम्रो थियो कि त्यसको तुलनामा धर्काभएको होम जर्सी फिक्का देखिएको थियो ।

८.अर्जेन्टिना, १९७८


अर्जेन्टिना सन् १९७८ को विश्वकपमा लगाएको होम जर्सी साँच्चै नै आकर्षक थियो । उनीहरुले घरेलु मैदानमा यो जर्सी लगाएर विश्वकप उचालेकाले मात्रै होइन । विशेष कुरा, यो जर्सीमा खेलाडीहरुको नम्बर उनीहरुको वर्णानुक्रम अनुसार दिइएको थियो ।

अर्जेन्टिना नराम्रो जर्सी लगायर विश्वकप खेल्न जाँदैन टिमले सन् १९९८, देखि २०१४ मा लगाएका जर्सीको डिजाइनहरु उत्कृष्ट नै हुन्छन। उनीहरुले सन् १९७८ को विश्वकपमा लगाएको होम जर्सी साँच्चै नै आकर्षक थियो । उनीहरुले घरेलु मैदानमा यो जर्सी लगाएर विश्वकप उचालेकाले मात्रै होइन । विशेष कुरा यो जर्सीमा खेलाडीहरुको नम्बर उनीहरुको वर्णानुक्रम रहे अनुसार दिइएको थियो ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Katrina Kaif’s this latest black and white pic will take your breathe away!
Katrina Kaif’s this latest black and white pic will take your breathe away!
प्रधानमन्त्रीको चीन भ्रमण मंसिर १७ देखि
प्रधानमन्त्रीको चीन भ्रमण मंसिर १७ देखि
पाकिस्तानी पूर्व प्रधानमन्त्री नवाज शरिफ र उनकी छोरीलाई जेलमा यस्तो सुविधा
पाकिस्तानी पूर्व प्रधानमन्त्री नवाज शरिफ र उनकी छोरीलाई जेलमा यस्तो सुविधा
काठमाडौँमा ‘शून्य’ बनेको माओवादीले कसरी गर्दैछ संगठन पुनरुत्थानको तयारी ? संगठनको मोडालिटी परम्परागत भयो, अब बदल्नुपर्छ : प्रदेश अध्यक्ष
काठमाडौँमा ‘शून्य’ बनेको माओवादीले कसरी गर्दैछ संगठन पुनरुत्थानको तयारी ? संगठनको मोडालिटी परम्परागत भयो, अब बदल्नुपर्छ : प्रदेश अध्यक्ष
Health minister promises sufficient supplies of medicines to all provinces
Health minister promises sufficient supplies of medicines to all provinces
सुदूरपश्चिम प्रदेशमा छैनन्, लैङ्गिकमैत्री शौचालय
सुदूरपश्चिम प्रदेशमा छैनन्, लैङ्गिकमैत्री शौचालय
यसकारण खारेज हुन सक्छन नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी फोरम पनि !
पैसाको विकल्प के ?
पैसाको विकल्प के ?
देशभरीका  जिल्ला शिक्षा अधिकारी परिवर्तन, को कहाँ परे( नामावलि सहित)
देशभरीका जिल्ला शिक्षा अधिकारी परिवर्तन, को कहाँ परे( नामावलि सहित)
नेकपा स्थायी समिति :मन माझियो कि झन् भाँचियो ?
नेकपा स्थायी समिति :मन माझियो कि झन् भाँचियो ?

तपाईंले छुटाउनुभयो कि?