कसरी छानिए कांग्रेसबाट श्रेष्ठ, कार्की र मन्सुर मन्त्रीमा

Abhiyanpost Abhiyanpost
|
बिहिबार, जेठ २५, २०७४
|
|
५३ पटक हेरिएको
Shares
कसरी छानिए कांग्रेसबाट श्रेष्ठ, कार्की र मन्सुर मन्त्रीमा

सारांश

  • नेपाली काग्रेस पार्टीमा उपसभापतिका दाबेदार थिए गोपालमान श्रेष्ठ ।
  • सभापति देउवाले भने विमलेन्द्र निधिलाई उपसभापति बनाउन खोजेका थिए ।
  • निधिलाई पार्टीको जिम्मेवारी दिन सहज हुने बुझाइमा देउवाले श्रेष्ठलाई उपप्रधानमन्त्री बनाएका हुन् ।

नेपाली काग्रेस पार्टीमा उपसभापतिका दाबेदार थिए गोपालमान श्रेष्ठ । सभापति देउवाले भने विमलेन्द्र निधिलाई उपसभापति बनाउन खोजेका थिए । निधिलाई पार्टीको जिम्मेवारी दिन सहज हुने बुझाइमा देउवाले श्रेष्ठलाई उपप्रधानमन्त्री बनाएका हुन् ।

तर, श्रेष्ठले भौतिक पूर्वाधार तथा यातायाता मन्त्रालयको जिम्मेवारी मागे पनि देउवाले उनलाई शपथको केहीअघि मात्र शिक्षा मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरेका थिए । आजको नयाँ पत्रिकामा खबर छ । कांग्रेसभित्र अर्थमन्त्रीमा नेता महेश आचार्यको पनि चर्चा थियो । पौडेल पक्षले मानेमा आचार्यलाई सञ्चारमन्त्री बनाउने तयारी देउवाको रहेको स्रोतको भनाइ छ । देउवाले राजनीतिशास्त्रमा स्नातकोत्तर ज्ञानेन्द्रबहादुर कार्कीलाई अर्थमन्त्री बनाएका छन् ।

उनी पार्टी महामन्त्रीको दाबेदार थिए । उनले अर्थमन्त्रीभन्दा महामन्त्री नै बनाउन अन्तिमसम्म पनि देउवालाई दबाब दिएको स्रोतको भनाइ छ । पूर्णबहादुर खड्कालाई महामन्त्री बनाउन सहजताका लागि देउवाले कार्कीलाई सरकारमा लगेको कांग्रेस नेताहरूको दाबी छ ।

श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुर १३औँ महाधिवेशनमा देउवाको पक्षमा लागेका थिए । मुस्लिम समुदाय र तराईबाट प्रतिनिधित्व गर्ने उनलाई मन्त्री बनाउँदा विवाद नहुने र क्षेत्रीय सन्तुलन पनि हुने विश्वास देउवाको छ । खाडी मुलुकमा लाखौँ नेपाली रोजगारीमा गएकाले मुस्लिम नेता नै मन्त्री बन्दा कामदारको हितमा काम गर्न सहज हुने बुझाइ पनि देउवाको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एनसेलले ल्यायो भ्यालेन्टाइन प्याक, यस्तो छ सुविधा
एनसेलले ल्यायो भ्यालेन्टाइन प्याक, यस्तो छ सुविधा
धुर्मुसले गरे अर्को मनछुने काम : ६ महिनादेखि थलिएकी रत्नेदेवीलाई अस्पताल पुर्याए
धुर्मुसले गरे अर्को मनछुने काम : ६ महिनादेखि थलिएकी रत्नेदेवीलाई अस्पताल पुर्याए
बाढी पहिरो अपडेटः मृत्यु हुनेको संख्या ६९ पुग्यो, ३८ घाइते, ३१ बेपत्ता
बाढी पहिरो अपडेटः मृत्यु हुनेको संख्या ६९ पुग्यो, ३८ घाइते, ३१ बेपत्ता
युरोकपमा छानिए २० वटा देश, कुन कुन देश छानिए त ?
युरोकपमा छानिए २० वटा देश, कुन कुन देश छानिए त ?
Advantages Of Mobile Casino Games To Players
शिक्षा ऐन नवौं संशोधनको प्रमाणीकरण रोक्न नेता ओलीलाई ज्ञापन
शिक्षा ऐन नवौं संशोधनको प्रमाणीकरण रोक्न नेता ओलीलाई ज्ञापन
३३ किलो सुन काण्डका अभियुक्तलाई छाड्न आदेश दिने पाँच न्यायाधीश कारवाहीमा तानीए
३३ किलो सुन काण्डका अभियुक्तलाई छाड्न आदेश दिने पाँच न्यायाधीश कारवाहीमा तानीए
संसदको भूमिका प्रभावकारी बन्न सरकार पनि उत्तरदायी हुनुपर्छः सभामुख घिमिरे
संसदको भूमिका प्रभावकारी बन्न सरकार पनि उत्तरदायी हुनुपर्छः सभामुख घिमिरे
अभिनेता बरुण धवनले गरे यस्ताे खुलासा
अभिनेता बरुण धवनले गरे यस्ताे खुलासा
राजमार्ग सुधार आयोजनाका लागि ऋण स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
राजमार्ग सुधार आयोजनाका लागि ऋण स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय

तपाईंले छुटाउनुभयो कि?