इच्छाकामनामा दादुरा विरुद्धको विशेष खोप अभियान सुरु

Abhiyanpost Abhiyanpost
|
आइतबार, जेठ ७, २०८०
|
|
५८ पटक हेरिएको
Shares
इच्छाकामनामा दादुरा विरुद्धको विशेष खोप अभियान सुरु

सारांश

  • चितवन ।
  • चितवन जिल्लाको इच्छाकामना गाउँपालिकामा आजदेखि दादुरा रोग विरुद्धको विशेष खोप सुरु गरिएको छ ।
  • गाउँपालिकामा दादुरा सङ्क्रमित भेटिएसँगै तीन दिनका लागि खोप अभियान सुरु गरिएको हो ।

चितवन । चितवन जिल्लाको इच्छाकामना गाउँपालिकामा आजदेखि दादुरा रोग विरुद्धको विशेष खोप सुरु गरिएको छ ।

गाउँपालिकामा दादुरा सङ्क्रमित भेटिएसँगै तीन दिनका लागि खोप अभियान सुरु गरिएको हो । इच्छाकामना गाउँपालिका वडा नम्बर ५ र ६ मा अभियान सञ्चालन गर्न लागिएको हो ।

स्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी राम केसीका अनुसार ती वडामा रहेका छ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई खोप दिन लागिएको हो । विशेष खोप अभियानमा दुई हजार दुई सय ७० बालबालिका सहभागी हुने उनले जानकारी दिए । उनका अनुसार १३ वटा केन्द्रबाट खोप दिन लागिएको हो ।

गाउँपालिकाको वडा नम्बर ५ र ६ मा चैत महिनाको अन्तिम साता दादुरा रोग देखापरेको थियो । पूर्ण खोप नलगाएका बालबालिकामा यो रोग देखिएको उनले बताए । दादुरा निकै छिटो सर्ने सरुवा रोग हो । यो रोग सामन्यतया पाँच वर्ष मुनिका बालबालिकालाई धेरै लाग्ने गरेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

मिजल्ड भाइरसका कारण सर्ने यो रोगले छिट्टै महामारीको रुप पनि लिन सक्ने उनले बताए । दादुरा रोग लाग्दा निमोनिया, झाडापखाला, जलवियोजन र कुपोषणको कारणले बिरामीको मृत्युसमेत हुन सक्ने कार्यालयले जनाएको छ ।

यो भाइरस मानिसबाट मानिसमा मात्र सर्दछ । यो भाइरस सङ्क्रमण भएको व्यक्तिको नाक तथा घाँटीमा रही वृद्धि हुने र श्वास नली एवं अरु भित्री अङ्गमा सङ्क्रमण गर्दछ । दादुरा रोग सङ्क्रमण भएका व्यक्तिले खोक्दा, हाछिउ गर्दा निस्कने छिटा एक व्यक्तिबाट अर्को व्यक्तिमा हावाको माध्यमबाट सर्दछ ।

ज्वरो आउनु र शरीरमा राता बिमिरा देखा पर्नु दादुरा रोगका प्रमुख लक्षण हुन् । यसको साथै रुघाखोकी, नाकबाट पानी बग्ने, खोकी लाग्ने, आँखा रातो हुने, आँखा पाक्ने जस्ता लक्ष्यण पनि देखिन सक्ने उनले बताए ।

रोगीको सम्पर्कमा आएको १०/१२ दिन पछि मात्र दादुराको लक्षण देखापर्ने गर्दछ । सङ्क्रमित व्यक्तिलाई चार दिन अगाडिदेखि र डाबर देखापरेको चार दिन पछि सम्म अर्को व्यक्तिमा सर्न सक्दछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरी अपडेट- कांग्रेसले लियो अग्रता, दोस्रोमा फोरम, राजपाको अग्रता खुम्चियो
सप्तरी अपडेट- कांग्रेसले लियो अग्रता, दोस्रोमा फोरम, राजपाको अग्रता खुम्चियो
विश्वकप फुटबल: दुवै एशियाली राष्ट्रलाई पाखा लगाउँदै क्रोएसिया र ब्राजिल क्‍वाटरफाइनलमा
विश्वकप फुटबल: दुवै एशियाली राष्ट्रलाई पाखा लगाउँदै क्रोएसिया र ब्राजिल क्‍वाटरफाइनलमा
प्रधानन्यायधीशमा सिफारिस राणाको सुनुवाई प्रक्रिया सुरु
प्रधानन्यायधीशमा सिफारिस राणाको सुनुवाई प्रक्रिया सुरु
साना उद्यमीलाई पूँजीको अभाव हँदैन स् अर्थमन्त्री
साना उद्यमीलाई पूँजीको अभाव हँदैन स् अर्थमन्त्री
विश्वकप क्रिकेट छनोटमा नेपाल जिम्बावेसँग आठ विकेटले पराजित
विश्वकप क्रिकेट छनोटमा नेपाल जिम्बावेसँग आठ विकेटले पराजित
सरकारको मर्यादाक्रम प्रति निर्वाचन आयोगको ध्यानाकर्षण
सरकारको मर्यादाक्रम प्रति निर्वाचन आयोगको ध्यानाकर्षण
मन्त्री अधिकारीसति ७ जनाकै शब श्रद्धाञ्जलीका लागि अपरान्ह ३ बजेदेखि टुँडिखेलमा राखिने
मन्त्री अधिकारीसति ७ जनाकै शब श्रद्धाञ्जलीका लागि अपरान्ह ३ बजेदेखि टुँडिखेलमा राखिने
बामदेव गौतमले फेरि बाँकेबाट सांसद ताक्दै
आजको राशिफल
आजको राशिफल
संखुवासभा बस दुर्घटनामा मृत्यु भएका १४ जनाकै सनाखत
संखुवासभा बस दुर्घटनामा मृत्यु भएका १४ जनाकै सनाखत

तपाईंले छुटाउनुभयो कि?